रास्वपाको प्राइमरी इलेक्सन : करिब ५८ प्रतिशत मात्र मत खस्यो

रास्वपाको प्राइमरी इलेक्सन : करिब ५८ प्रतिशत मात्र मत खस्यो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ १३ गते शुक्रबार ०९:५८

गत आम चुनावमा रुपन्देही– ३ मा रास्वपाले समानुपातिकतर्फ १४ हजार १५४ मत पाएको थियो । प्रत्यक्षतर्फ रास्वपाका जितबहादुर गुप्ता तेलीले मात्र ५ हजार ७९६ मत प्राप्त गर्नु भएको थियो ।

इलेक्सनको नतिजा र अन्य मूल्याङ्कनका आधारमा, रास्वपाले १५ गते उम्मेदवार घोषणा गर्नेछ ।

बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही– ३ को उपनिर्वाचनका लागि उम्मेदवार छान्न प्राइमरी इलेक्सन सम्पन्न गरेको छ । करिब ५८ प्रतिशत मात्र मत खसेको अनलाइन भोटिङ हिजो बिहानदेखि सुरु भएर आज भदौ १३ गते साँझ ७ बजेसम्म चलेको थियो, जसमा १५६७ मत खसेको थियो ।
सो निर्वाचनको नतिजा र अन्य मूल्याङ्कनका आधारमा, रास्वपाले १५ गते उम्मेदवार घोषणा गर्ने कार्यक्रम छ । सो निर्वाचन क्षेत्रमा रास्वपाका साधारण सदस्य र तहगत समिति गरी २ हजार ७ सय १६ मतदाता थिए ।
प्रतिनिधि सभा अन्तर्गत रुपन्देही– ३ मा आउँदो कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्न रास्वपाले ९ जना आकांक्षी बीच प्राइमरी इलेक्सन गरेको रास्वपाका सहमहामन्त्री एवम् लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले बताउनु भयो । उहाँका अनुसार रुपन्देही क्षेत्र नम्बर ३ मा पार्टी साधारण सदस्य र तहगत समिति गरी २ हजार ७ सय १६ मतदाता मध्ये अनलाइन भोटिङमा १ हजार ५ सय ६७ मत खसेको छ । उहाँले भन्नुभयो, ‘केन्द्रीय समितिबामट मत हाल्न पाउने व्यवस्था अनुसार ६२ मतमध्ये २७ मत खसेको थियो ।’
सो मत दानमा ५७.६९ प्रतिशत मत खसेको थियो । तर रास्वपाका सहमहामन्त्री एवम् लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचायले मतदानमा उल्लेख्य सहभागिता भएको दावी गर्नु भएको छ ।
प्राइमरी इलेक्सनमा पार्टीको एपमार्फत अनलाइन भोटिङको व्यवस्था गरिएको थियो ।
प्राइमरी इलेक्सनमा पार्टीले ‘नन अफ द एबोभ’ (माथिका मध्ये कोही पनि हुँदैन) भन्ने विकल्पमा भोट दिन सकिने व्यवस्थासमेत गरेको प्रदेश उपसभापति शालिकराम घिमिरेले बताउनु भयो । उहाँका अनुसार ९ वटै आकाङ्क्क्षीको तुलनामा ‘नन अफ द एबोभ’मा बढी मत खसेको खण्डमा उम्मेदवारको अर्को सूची तयार गरिने छ ।
पार्टीले साउन ७ गतेदेखि २१ गतेसम्म उम्मेदवार बन्न आवेदन माग गरेको थियो । यस क्रममा ९ जना छनोट भएका थिए । पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, डा. लेखजंग थापा, मधु अर्याल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र सुलभ खरेलले आवेदन दिनु भएको छ ।
प्राइमरी इलेक्सनमा मतदाताको तह अनुसार मतभार :
रास्वपाको प्राइमरी इलेक्सनमा निर्वाचन क्षेत्रका पार्टी सदस्य, तहगत समितिका सदस्य र केन्द्रीय समिति सदस्यले मतदान गर्न पाउनेछन् ।
जस अनुसार सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतभार ८०, क्षेत्र भित्रका मतदाता रहेका पार्टीका तहगत समिति सदस्यको मतभार १० अङ्क र केन्द्रीय समिति सदस्यको मतभार १० रहने रास्वपाका सहमहामन्त्री एवम् लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले जानकारी दिनुभयो ।
गत आम चुनावमा रुपन्देही– ३ मा रास्वपाले समानुपातिकतर्फ १४ हजार १५४ मत पाएको थियो । प्रत्यक्षतर्फ रास्वपाका जितबहादुर गुप्ता तेलीले मात्र ५ हजार ७९६ मत प्राप्त गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ भाद्र १३, शुक्रबार २१:५८ गते
हजुरको प्रतिक्रिया