भोर्लेटारमा जारी ९ ए साईड फुटबल प्रतियोगिताको सेमी फाइनल आज

भोर्लेटारमा जारी ९ ए साईड फुटबल प्रतियोगिताको सेमी फाइनल आज

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ १४ गते शनिवार ०८:०१

सेमी फाइनलको सो प्रतियोगिता बौद्ध शान्ती क्लब रामघाट, पोखरा र बाँग्रे फुटबल क्बल तथा योङ्ग ब्वाइज फुटबल क्लब देवदह, रुपन्देही र ग्रिन भ्याली युवा क्लब मध्यनेपाल– ६ का बीच दिउँसो १ बजेबाट सुरु हुने भएको छ ।

सेमी फाइनलमा प्रवेश गरेका दुवै टिम क्वाटर फाइनल खेलमा भारी गोल अन्तरले आफ्ना प्रतिस्पर्धीहरूलाई हराउन सफल भएका थिए ।

भोर्लेटार(लमजुङ)– मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार हरितालिका तिजको अवसरमा प्रथम ९ ए साइड फूटबल प्रतियोगिताको पाँचौं दिन आन सेमी फाईनल खेल हुने भएको छ । संयुक्त भोर्लेटार क्लबको आयोजनामा मध्यनेपाल नगरपालिका– ६ को ईशानेश्वर क्याम्पस, भोर्लेटारको खेल मैदानमा सञ्चालन उक्त प्रतियोगिताको सेमी फाईनल खेल भदौ १४ गते हुने भएको हो ।
सेमी फाइनलको सो प्रतियोगिता बौद्ध शान्ती क्लब रामघाट, पोखरा र बाँग्रे फुटबल क्बलका बीच हुने भएको छ । हिजो भएको क्वाटर फाइनल खेलमा बौद्ध शान्ती क्लब रामघाट सुन्दरबजार फुटबल क्लबलाई ११– २ गोलको भारी अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको हो । सो खेलमा बौद्ध शान्ती रामघाट पोखराका खेलाडी सुरज चौधरी म्यान अफ द म्याच प्राप्त गर्न सफल भएका थिए ।
यसैगरी, अर्को सेमी फाइनल खेल योङ्ग ब्वाइज फुटबल क्लब देवदह, रुपन्देही र ग्रिन भ्याली युवा क्लब मध्यनेपाल– ६ का बीच हुने भएको छ । हिजो भएको क्वाटर फाइनल खेलमा योङ्ग वाईज देवदह र सङ्गम क्लब पोखरालाई बीचमा भएको थियो । सो खेलमा पनि ९– १ को भारी गोल अन्तरले देवदहको टिम सेमी फाइनलमा प्रवेश गरेको हो । सो खेलमा योङ्ग वाईज देवदहका खेलाडी सन्तबहादुर गुरुङले म्यान अफ द म्याच घोेषित भएका छन् ।
उक्त प्रतियोगिताको पहिलो हुने टिमलाई पुरस्कार स्वरुप दुई लाख, ट्रफी मेडल र प्रमाण पत्र रहेको आयोजक क्लबका अध्यक्ष विश्वलाल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार दोस्रो पुरस्कार एक लाख, ट्रफी मेडल र प्रमण पत्र रहेको छ । यसैगरी, सवार्धिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडीलाई प्रतिव्यक्ति ५÷५ हजार ट्रफी र प्रमाण पत्र पुरस्कार रहेको उहाँको भनाइ छ ।
हरितालिका तीजको अवसरमा प्रथम ९ ए साईड फूटबल प्रतियोगिता चलिरहदा आयोजक संयुक्त भोर्लेटार क्लबका सदस्यहरू सपना गुरुङ, पुजा नेपाली, दीक्षा ठकुरी, सरिता क्षेत्रीहरूले दर्शक तथा खेलाडीहरूलाई सामुहिक नृत्य गरेर मनोरन्जन दिनु भएको सो प्रतियोगिताका खेल संयोजक मेघबहादुर गुरुङले जानकारी दिनु भएको छ ।
भोर्लेटारबाट सुरज गुरुङको सहयोगमा ।

प्रकाशित मिति २०८२ भाद्र १४, शनिबार ०८:०१ गते
हजुरको प्रतिक्रिया