भोर्लेटारमा ४५ औं रनिङ शिल्ड फुटबल प्रतियोगिता, उपाधि बुद्ध शान्ति पोखरालाई

भोर्लेटारमा ४५ औं रनिङ शिल्ड फुटबल प्रतियोगिता, उपाधि बुद्ध शान्ति पोखरालाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ १६ गते सोमबार ०९:२२

दोस्रो हाफमा भने बौद्ध शान्ती रामघाट पोखराले लगातार २ गोल गर्न सफल भयो र च्याम्पियन बन्यो । अर्को टिमले कुनै गोल गर्न सकेन । उक्त पहिलो उपाधीसँगै सो टिमले पुरस्कार स्वरुप २ लाख रुपैयाँ, ट्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी, उपबिजेता टिम ग्रीन भ्याली क्लबले एक लाख, ट्फी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । 

ईशानेश्वर खेल मैदानलाई सरकारको पहलमा स्तरोन्नती गर्नु पर्ने कवाड हललाई स्थानन्तरण गरेर र भुकम्पले चर्किएको भवनलाई हटाएर ११ साइड फूटबल खेल मैदान बनाउन पर्नेमा जोड दिइएको थियो ।

भोर्लेटार(लमजुङ)– ४५ औं हरितालिका तिजको अवसरमा संयुक्त भोर्लेटार क्लबको आयोजनामा भएको प्रथम ९ ए साइड रनिङ शिल्ड फूटबल प्रतियोगिताको समापन गरिएको छ । सो प्रतियोगिताको उपाधि बौद्ध शान्ती क्लब, पोखराले भदौ १५ गते हासिल गरेको हो ।
मध्यनेपाल नगरपालिका मेयर रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा रहेको समापन समारोहमा उहाँले विजेता खेलाडीहरू र टिमलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नु थियो ।
सो प्रतियोगिताको फाइनल खेल बौद्ध शान्ती क्लब रामघाट पोखरा र ग्रीन भ्याली क्लब रानीपानीका बीचमा भएको थियो । समापन कार्यक्रमको प्रमुख अतिथि पाण्डेले रेफ्रीहरूलाई बल हस्तातन्तरण गर्नु भएसँगै सुरु भएको खेल अत्यन्त प्रतिस्पर्धात्मक रह्यो । खेलको पहिलो हाफमा दुवै पक्षबाट कुनै पनि गोल हुन सकेन । तर दोस्रो हाफमा भने बौद्ध शान्ती रामघाट पोखराले लगातार २ गोल गर्न सफल भयो र च्याम्पियन बन्यो । अर्को टिमले कुनै गोल गर्न सकेन । उक्त पहिलो उपाधीसँगै सो टिमले पुरस्कार स्वरुप २ लाख रुपैयाँ, ट्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी, उपबिजेता टिम ग्रीन भ्याली क्लबले एक लाख, ट्फी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
सो प्रतियोगितामा उत्कृष्ट खेलाडी ग्रीन भ्याली क्लबका जितेश गुरुङ, सर्वाधिक गोलकर्तामा बौद्ध शान्ती क्लब रामघाटका खेलाडी सुरज चौधरी तथा सोही रामघाट पोखराका खेलाडी राज गुरुङले उत्कृष्ट गोल रक्षकको रुपमा पुरस्कृत हुनु भयो । उहाँहरूले जनही पाँच हजार रुपैयाँ, ट्फी, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भएको थियो ।
बिजेता तथा उपबिजेता टिमहरू र खेलाडीहरूलाई बधाई दिदै प्रमुख अतिथि मेयर पाण्डेले उत्कृष्ट खेल प्रदर्शन गरेकोमा र सौहार्दपूर्ण वातावरणमा खेल सम्पन्न गर्न सकेकोमा आयोजक संयुक्त भोर्लेटार क्ल्बलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले सेवेन ए साइड खेल हुने मैदानमा ९ ए साइड फूटबल राष्ट्यि र अन्तराष्ट्यि खेलाडीहरूको सहभागिता गराएर भोर्लेटारलाई गण्डकी प्रदेशको मात्र नभै देश तथा विदेशमा चिनाउन अहम भुमिका खेलेकोमा समेत बधाई दिनु भयो । उहाँले हरेक समयमा नगरपालिकाले आर्थिक तथा भौतिक नैतिक जुनसुकै सहयोग गर्न परे पनि गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
वडा नं ६ का वडा अध्यक्ष विष्णुभक्त पौडेलले बिजेता टिम, खेलाडीहरू तथा आयोजकहरूलाई बधाई दिदै तीज फूटबल भव्यताका साथ सम्पन्न भएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले ईशानेश्वर खेल मैदानलाई सरकारको पहलमा स्तरोन्नती गर्नु पर्ने कवाड हललाई स्थानन्तरण गरेर र भुकम्पले चर्किएको भवनलाई हटाएर ११ साइड फूटबल खेल मैदान बनाउन पर्नेमा जोड दिनु भएको थियो ।
भदौ १० गते देखि शुरु भएको प्रतियोगितामा देश तथा विदेशका खेलाडीहरूको सहभागिता रहेको थियो । हरितालिका तीजको अवसरमा खेलाईने फुटबल प्रतियोगिता ४५ औँ संस्करण हो भने ९ ए साइड खेल भने पहिलो भएको आयोजकको भनाइ छ ।
कार्यक्रमको सभापतित्व गर्नु भएको संयुक्त भोर्लेटार क्लबका अध्यक्ष विश्वलाल श्रेष्ठले आर्थिक नैतिक भौतिक एवम् हरेक रुपमा सहयोग गर्नु हुने क्लब, संघ सस्था, उद्योगी व्यापारी, शिक्षक विद्यार्थी, प्रहरी प्रशासन, पत्रकार एवम् देश तथा विदेशदेखि प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबै– सबैमा हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो ।
उहाँले यस बर्षमा भए गरेका कमी कमजोरीहरूलाई आउँदा बर्षमा सुर्ने, यो खेल मैदानलाई स्तरोन्नति गर्दै खेल खेलाडीसंगै तीजको यस खेललाई ऐतिहासिक रुपमा सम्पन्न गर्ने बताउनु भयो । उहाँले ९ ए साईड बाट ११ साईडमा बदल्नु पर्नेमा ध्यानाकर्षण गराउदै स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गर्दै विशेष पहल गरिदिन आग्रह गर्नु भएको थियो ।
भोर्लेटारमा फुटबलको इतिहास ४४ वर्ष पुरोनो छ । तिनतका धुलपुरे युवा क्लबले थालनी गरेको सो खेल विभिन्न क्बल हुँदै आजका दिनमा आउदा संयुक्त भोर्लेटार क्लबले सञ्चालन गरेको हो ।
प्रकाशित मिति २०८२ भाद्र १६, सोमबार ०९:२२ गते
हजुरको प्रतिक्रिया