स्थानीय

सरकारको भरोसायुक्त उपस्थितिको निर्माण गरी विदा भयो हरिजङ नेतृत्वको प्रदेश अस्पतालको सञ्चालक समिति

सरकारको भरोसायुक्त उपस्थितिको निर्माण गरी विदा भयो हरिजङ नेतृत्वको प्रदेश अस्पतालको सञ्चालक समिति

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ २० गते शुक्रबार ०९:५०

२०५८ सालदेखि एच.डि.सि.एस. (मानव विकास तथा सामुदायिक संस्था) ले सञ्चालन गरेको जिल्ला अस्पताल लमजुङ तीन बर्ष अघि २०७९ भदौ १९ गते गण्डकी प्रदेश सरकारले आफ्नो मातहातमा ल्याई सञ्चालनका लागि हरिजङ्ग तामाङलाई अध्यक्ष पदको जिम्मेवारी दिएको थियो ।

गत आवमा अस्पतालले १ लाख १३ हजार ८ सय ३७ जनाको उपचार गरी सेवा प्रदान गरेको रहेछ । सो संख्या अघिल्लो आवको तुलनामा २५ प्रतिशतले बृद्धि भएको बताइएको थियो ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम स्थित प्रदेश अस्पतालको व्यवस्थापन समिति सरकारको भरोसायुक्त उपस्थितिको निर्माण गरी विदा भएको छ । प्रदेश अस्पतालको सञ्चालन समितिले आफ्नो तीन वर्षे कार्यकाल सकिएसँगै आफ्नो कार्यकालमा भए गरेका प्रगति, देखेका सपना र गर्न नसकेका कार्यको खुलासा गरेको हो । समितिले भदौ १९ गते पत्रकार सम्मेलन गर्दै त्यस्तो जानकराी दिएको हो ।
२०५८ सालदेखि एच.डि.सि.एस. (मानव विकास तथा सामुदायिक संस्था) ले सञ्चालन गरेको जिल्ला अस्पताल लमजुङ तीन बर्ष अघि २०७९ भदौ १९ गते गण्डकी प्रदेश सरकारले आफ्नो मातहातमा ल्याई सञ्चालन गर्दै आएको हो । त्यसको सञ्चालनका लागि हरिजङ्ग तामाङलाई अध्यक्ष पदको जिम्मेवारी दिएको थियो ।
गण्डकी प्रदेश सरकारले आफ्नो माताहातमा लिई सञ्चालन गरेपछि सुरुका दिनमा स्थानीय तथा अस्पतालमा कार्यरत कर्मचारीहरूले बिरोध तथा आन्दोलन गरेको भए पनि समिति र अस्पतालमा आएको टिमले आफ्नो कार्यकुशलताले अस्पतालको स्तर बृद्धि गरी विशेषज्ञ सेवा दिन समेत यो अवधिमा सफल भएको अध्यक्ष हरिजङ तामाङले बताउनु भयो । उहाँका अनुसार हाम्रो हातमा पद हस्तान्तरण हुँदै गर्दा स्थानीयमा पनि अस्पतालको सेवा खस्कन्छ र खत्तम हुन्छ भन्ने सोच थियो तर त्यसका विपरित आफूहरू आउँदोको दिनको तुलनामा धेरै काम गर्न सकेको र अझै केही योजना अधुरा रहेका छन् ।
उहाँले भन्नुभयो, ‘मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) २०५८ सालदेखि अस्पतालको व्यवस्थापन र सञ्चालन गर्दै आएको, राजनीतिक दलहरू, नागरिक समाज र स्थानीय समुदायहरूमा प्रदेश सरकारले मातहात सञ्चालन र व्यवस्थापन गर्दा व्यवस्थापनमा कमी हुने चिन्त, मानव विकास तथा सामुदायिक सेवा एचडिसिएसद्वारा प्रदेश सरकार विरुद्ध एचडिसिएसलाई गरिएको सम्झौता भंग विरुद्ध जिल्ला अदालत लमजुङमा मुद्धा दिएको स्थिति थियो ।’
त्यस्तै, स्थानीय पालिकाहरूले एचडिसिएसले भन्दा कम सेवा र स्थानीय कर्मचारीहरूलाई राजनीतिक आधारमा रोगजारीबाट बञ्चित गराउने शंका गर्दै असहयोग गर्नु, HDCS अर्न्तरगतका कर्मचारीहरूले स्थानीय राजनीतिकदलहरू, जिल्ला प्रशासन र प्रदेश सरकारलाई रोजगारीको लागि ज्ञापन पत्र बुझाउनु र कर्मचारीहरूले बन्द गरिरहनु । अस्पतालमा औषधी नहुनु, Equipment विग्रेको, X-ray, OT को सामग्रीहरू ल्यावको सुविधा नहुनु जस्तो चुनौतीपूर्ण अवस्था थियो तामाङले स्मरण गर्नु भयो ।
उद्देश्य मा प्रकाश पार्दै अध्यक्ष तामाङले भन्नुभयो,संविधान प्रदत्त मौलिक हकलाई कार्यान्वयन र स्वास्थ्य सेवालाई गुणस्तरीय सेवा प्रदान गर्नु, आधुनिक र बहुआयमिक अस्पताल भवनको निर्माण, विशिष्टकृत विशेषज्ञहरू र आधुनिक प्रविधिको उपकरणबाट उपचार गर्नु, अस्पताललाई डिजिटलीकरण गर्नु, शुद्ध खानेपानी, बोरिङ्ग पानी, सूचना सञ्चारमैत्री, बालमैत्री, अपाङ्गमैत्री अस्पतालको रुपमा विकास गर्नु रहेको थियो ।’  त्यस्तै सुविधा सम्पन्न आवास, पर्किङ, बगैंचा, एकेडेमिक वा टिचिङ साइडको रुपमा विकास गर्नु, शव वहान, ए ग्रेडको एम्बुलेन्स र पुस्तकालयका साथ टेलिमिडिसिन स्थापना गर्नु । मस्टर प्लान गर्ने । ( भौतिक, सामाजिक तथा आर्थिक र क्लिनिकल रोजगारी सिर्जना गर्ने । प्रदेश सरकार र स्थानीय सरकारद्वारा सञ्चालन र व्यवस्थापनमा रहेको अस्पतालहरूसँग समन्वय गरि जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने । स्थानीय जनताहरूमा अपनत्वको बृद्धि गराउनुका साथै सर्वसुलभ रुपमा सेवा प्रदान गर्ने उद्देश्य रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
प्रदेश अस्पताल सुरुवाती दिनमा राजनीतिक, सामाजिक र केही बुद्धिजीवीहरू र स्थानीय कर्मचारीहरूको धेरै विरोध र अवरोधको वीचमा पनि प्रदेश अस्पतालले दिनहँु दिन गर्दैै गएको गुणस्तर सेवा, विभिन्न सेवाहरूको विस्तार, पारदर्शिता, शुसाशन, विशेषज्ञाद्वारा सेवा र अन्य नयाँ नयाँ प्रविधिद्वारा दुरदराज र गरिब, असहाय, जेष्ट नागरिक साथै लाक्षित वर्गलाई २४ घण्टै सेवा प्रवाह गरी विरामीहरूको प्रत्यक्ष अवलोकन र सवैको सल्लाह सुझावबाट हाल अस्पताल सेकेन्डरी लेवलको पनि उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालको अवस्था र तीन वर्षको तुलना गर्दा आर्थिक, भौतिक, विशेषज्ञको सेवा, आधुनिक प्रविधिद्वारा सेवा विस्तार र हालको परिणामले अस्पताल व्यवस्थापन समिति सफल भएको महशुस गरिएको तामाङले उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेश सरकारले अस्पताल आफ्नो मातहात सञ्चालन र व्यवस्थापन गर्दा स्थानीय जनतालाई एचडिसिएसको तुलनामा सेवाहरू कटौती हुने र सरकारी अस्पताल भनेपछि लथालिङ्ग हुन्छ भन्ने सोच र चिन्तनलाई अन्यथा मान्न सकिँदैन तर शिक्षित व्यक्तित्व, बौद्धिक, सामाजिक व्यक्तित्वका साथै राजनीतिक दलहरू नै सरकारले सञ्चालन गर्ने कार्यको विरुद्धमा उभिनु दया लाग्दो अवस्था हो । राजनीतिक दल तथा राजनीतिकर्मीहरुरूले स्वास्थ्य र शिक्षा क्षेत्रका विषयमा सुदूर भविष्यको रोडम्याप कोर्न सक्नुपर्छ तर अस्पताल जस्तो सम्वेदनशील क्षेत्र र मौलिक हकको कार्यान्वयन गर्नु भन्दा एउटा संस्थालाई सदा वा सदैव सञ्चालन गर्न दिनुपर्छ भन्ने सोचको अर्थ आफूसँग कुनै योजना र योग्यता नभएको प्रमाणित गर्नु हो । जुन कुरा लमजुङ अस्पताल प्रदेश सरकारले लिँदा यसको विरुद्धमा विज्ञप्ति निकालेर प्रष्ट देखाउने काम गरियो । जब हामीले अहोरात्र खटेर, विभिन्न निकायहरूसंगको समन्वय गरेर अस्पतालको सेवा सुविधा सहित स्तरबृद्धि गरेपछि सबैको ध्यानाकर्षण भएको कुरा सर्व विदितै छ । त्यसकारण आँट, तिब्र इच्छाशक्ति र इमानदारपूर्वक पहल भए जस्तोसुकै असम्भव कार्य पनि सम्भव हुन्छ भन्ने प्रमाणित भएको छ । जुन कुरा हाल सम्मको अस्पतालको आर्थिक अवस्था, सेवाग्राहीहरूमा बृद्धि, विशेषज्ञहरू र अन्य नयाँ नयाँ सामग्रीहरूद्वारा सेवा सञ्चालनबाट पुष्टि गर्न सकिन्छ उहाँले भन्नुभयो । उहाँले आफ्नो कार्यकालमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्नु भएको छ ।
सो अवसरमा प्रदेश अस्पताल लमजुङले आव २०८/८२ मा गण्डकी प्रदेशमै सबैभन्दा धेरै बढी सेवाग्राहीलाई सेवा दिन सफल भएको जनाएको हो ।
गत आवमा अस्पतालले १ लाख १३ हजार ८ सय ३७ जनाको उपचार गरी सेवा प्रदान गरेको रहेछ । सो संख्या अघिल्लो आवको तुलनामा २५ प्रतिशतले बृद्धि भएको बताइएको थियो ।
अस्पताल व्यवस्थापन समितिका सदस्य दिपक बरालले स्वागत मन्तव्य राख्नु भएको उक्त पत्रकार सम्मेलनमा अस्पताल प्रमुख मेसु शिशिर देवकोटा, अस्पताल व्यवस्थापन समितिका सदस्य मोहनबहादुर थापा लगायत पत्रकारहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन समितिका सदस्य एवम् पत्रकार बासुदेव थापाले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ भाद्र २०, शुक्रबार २१:५० गते
हजुरको प्रतिक्रिया