प्रदेश अस्पतालको लापरवाहीले दुई महिने शिशुको ज्यान गएको भन्दै पीडितपक्षद्वारा सख्त कारवाहीको माग

प्रदेश अस्पतालको लापरवाहीले दुई महिने शिशुको ज्यान गएको भन्दै पीडितपक्षद्वारा सख्त कारवाहीको माग

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ २२ गते आईतबार ०८:०७

बिरामी रिफर गर्दा अस्पताललाई प्रहरीले घेरा हाल्नु पर्छ ? मृतककी काकी विष्णुमाया तामाङले भन्नुभयो, ‘दुईजना डाक्टर, नर्सलाई बिरामीसँगै पठाउने र अस्पताल पु¥याएपछि हामीलाई विरामी नानीसँगै भित्र जान किन दिइएन ? त्यसैले अस्पतालको लापरवाहीले हाम्रो नानी मारेको हो ।

मृतक शिशुका बावु शक्तिमान तामाङ वैदेशिक रोजगारीमा दुवईमा रहेको र भोलिसम्म यहाँ आइपुग्ने बताइएको छ । शक्तिमान नआउँदासम्म भने स्थिति अन्योलपूर्ण देखिन्छ ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहर स्थित प्रदेश अस्पतालको लापरवाहीले दुई महिने शिशुको मृत्यु भएको भन्दै पीडितपक्षद्वारा लापरवाही गर्ने नर्सलाई कारवाहीको माग गरेका छन् । उत्तरी क्षेत्रमा रहेको मर्स्याङदी गाउँपालिका– ८ को भुस्मेकी दुई महिनाकी शिशु सिया तामाङको उपचारका क्रममा लापरवाही भई नवजात शिशुको निधन भएको भन्ने दावी पीडित पक्षले पत्रकार सम्मेलन गरी भदौ २२ गते जानकारी दिएका हुन् ।
हिजो विहान दुई पटक पातलो दिसा गरेपछि बच्चालाई गाउँदेखि अटोबाट अस्पताल जाँच्न ल्याएको हो । घरमा पनि ज्वरो नाप्दा थिएन र इमर्जेन्सीमा जाँच गर्दा पनि ज्वरो छैन, सबै नर्मल छ, ओपिटीमा जानु भनिएको थियो शिशुकी आमा इन्द्रकाशी तामाङले बताउनु भयो । उहाँका अनुसार केही समय पछि रगत जाँच गर्न भनियो, रगत झिक्ने क्रममा नानीको सजिलै रगत आएन, कुइनोको भित्री भाग नेर नर्सले निचोरेर रगत निकाले, त्यसलगत्तै बच्चा निलो भयो, रुन पनि सकेन । उहाँले भन्नुभयो, ‘त्यसपछि १० नंबर कोठामा लग्दा इमेर्जेन्सीमा लग्न भनियो, त्यहाँ पुर्याएँ, मलाई बाहिर जान भनियो मेरो बच्चासँग म बस्न नपाउने ? भन्दा पनि ‘तपाई बाहिर जानु हामीलाई काम गर्न दिनु’ भनेर निकाले ।’ बाहिर निस्कदै गर्दा म आत्तिएकी थिएँ मैले, ‘मेरो नानीलाई मारे’ भन्ने ।
त्यतिबेलासम्म त ‘अस्पताल हाता भरी प्रहरीले आएर अस्पताल घेरा हालिसकेका रहेछन् मृतककी काकी विष्णुमाया तामाङले बताउनु भयो । उहाँका अनुसार उनीहरूले एम्बुलेन्स पनि बोलाइसकेका रहेछन्, हामीलाई एम्बुलेन्समा बस्न भनियो । उहाँले भन्नुभयो, ‘डुम्रे पुगेपछि ड्राइभरलाई सोध्दा बल्ल पोखरा गण्डकी अस्पताल लग्ने हो भनियो । हाम्रो साथमा डाक्टर र नर्स पनि एक जनासँगै गएका थिए ।’
पोखरामा अस्पतालमा पुगेपछि हामीलाई उपचार कक्ष भित्र जान दिइएन । डाक्टर र नर्समात्र गए, त्यसको १० मिनेटमा बच्ची छैन भनियो विष्णुमाया तामाङले जानकारी दिनु भयो । उहाँका अनुसार बिरामी रिफर गर्दा अस्पताललाई प्रहरीले घेरा हाल्नु पर्छ ? उहाँले थप भन्नुभयो, ‘दुईजना डाक्टर, नर्सलाई बिरामीसँगै पठाउने र अस्पताल पु¥याएपछि हामीलाई विरामी नानीसँगै भित्र जान किन दिइएन ? त्यसैले अस्पतालको लापरवाहीले हाम्रो नानी मारेको हो ।’ यो अस्पतालमा मरेको होइन भन्ने देखाउनका लागि मात्र पोखरा पठाउने काम भएको हो, बच्चीलाई बाटोमा पनि अक्सिजन लगाउने र बेलाबेलामा पेट थिच्ने गर्दै पोखरा पु¥याइएको विष्णुमायाको भनाइ छ । अक्सिजन नलगाएको भए नानी यही गइसकेको था’हुन्थ्यो ।
‘पोखरामा मेरो नानी छैन भने पछि मैले उसको मुख खोलेर हेर्दा मुखबाट रगत वगिरहेको थियो’ मृतक शिशुकी आमा इन्द्रकाशी तामाङले भन्नुभयो । उहाँका अनुसार मेरो नानी पानीमा डुबेको, रुखमा झुण्डिएको हैन किन पोष्ट मार्टम गर्नु पर्यो ? त्यो नगर्ने, हाम्रो नानी यही मरेको हो भन्ने स्विकार गर्ने, नानीलाई न्याय दिने र दोषीलाई सख्त कारवाही गर्नु पर्छ भन्ने हाम्रो माग रहेको छ ।
आइतबार बिहानैदेखि अस्पताल प्रशासन र जिल्ला प्रशासन कार्यालयले पीडितपक्षसँग वार्ताको प्रयास ग¥यो । अस्पताल प्रशासनले स्थितिलाई सामान्य बनाउन पहल गरिरह्यो । तर पीडित परिवारले सम्बन्धित कर्मचारी(नर्स) लाई कारबाही हुनुपर्छ भन्ने अडान लिएका छन् । वार्तामा मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, सोही वडानं– ८ का अध्यक्ष धनसिंह तामाङ समेत उपस्थित हुनुहुन्थ्यो ।
सो छलफलबाट डा. कुलदीप खत्री सापकोटाको संयोजककत्वमा विरामीको पक्ष समेत एक जना सदस्य रहने गरी सात सदस्यीय घट्नाको छानविन समिति गठन गरी सात दिन भित्र प्रतिवेदन पेश गर्ने निर्णय भएको मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार पीडित परिवार नर्सप्रति बढी आक्रोशित देखियो, निलम्बनको कुरा पनि आएको थियो, त्यो त हामीले गर्ने कुरा भएन, कानुनमा के छ । उहाँले भन्नुभयो, ‘यो संवेदनशील विषयमा यसै हो भन्न सक्ने अवस्था रहेन, छानविन समितिको प्रतिवेदन पर्खने भन्ने छ, त्यो प्रतिवेदन सात दिनमा आउँछ ।’
यसबारेमा प्रदेश अस्पतालका प्रमुख मेसु डा शिशिर देवकोटासँग सम्पर्क गर्दा अस्पताल प्रशासनले बीचमा बसेर काम गर्ने हो, प्रारम्भिक चरणमा बुझ्दा लापरवाही देखिएको छैन उहाँले भन्नुभयो । छानविन समितिको प्रतिवेदनले के भन्छ, वालविशेषज्ञ सहितको छानविन समिति गठन गरेको छ, कर्मचारीको दोष देखिएमा थप हानी नहोस् भनेर उनलाई हटाउने काम हुन्छ । पीडित पक्षलाई पनि हानी नहोस् भन्नेमा हामी होसियार छौं उहाँले भन्नुभयो ।
मृतक शिशुका बावु शक्तिमान तामाङ वैदेशिक रोजगारीमा दुवईमा रहेको र भोलिसम्म यहाँ आइपुग्ने बताइएको छ । शक्तिमान नआउँदासम्म भने स्थिति अन्योलपूर्ण देखिन्छ ।

प्रकाशित मिति २०८२ भाद्र २२, आईतवार २०:०७ गते
हजुरको प्रतिक्रिया