सोह्र श्राद्ध आजदेखि प्रारम्भ

सोह्र श्राद्ध आजदेखि प्रारम्भ

एजेन्सी

@antaranganews

२०८२ भदौ २३ गते सोमबार ०७:३९

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।

कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ ।

लमजुङ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज भदौ २३ गतेदेखि विधिवत् आरम्भ हुँदैछ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाकारी दिएको छ ।
प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद्को भनाइ छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादशैँ सुरु हुन्छ । बडादशैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रही आएको छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।
चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।
सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको छ । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने परम्परा छन् ।
सोह्रश्राद्धको महत्व :
सोह्रश्राद्ध हिन्दू धर्ममा एक महत्वपूर्ण धार्मिक अनुष्ठान हो । यस वर्षको सोह्रश्राद्ध भदौ २३ गतेदेखि सुरु हुँदैछ । १६ दिनको अवधिमा पर्ने तिथिअनुसार पितृको पूजा गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो भाद्र महिनाको पूर्णिमादेखि आश्विन महिनाको अमावस्यासम्म, ग्रेगोरियन पात्रोअनुसार सेप्टेम्बर–अक्टोबर महिनामा पर्छ ।
यस अवधिमा पितृहरूको आत्माको शान्ति, मोक्ष र परिवारको कल्याणका लागि श्राद्ध, तर्पण, पिण्डदान आदि कर्महरू गरिन्छ । त्यसैले यसलाई पितृ पक्ष पनि भनिन्छ ।
पितृ को हुन् ?
पितृहरू हाम्रा पूर्वजहरू हुन्, जसले हामीलाई जीवन, संस्कार र परम्परा दिएका छन् । हिन्दू दर्शनमा, मृत्युपश्चात् आत्मा देह त्यागेर पितृलोकमा गमन गर्छन् । ती आत्माहरूलाई पितृ भनिन्छ । पितृहरूलाई श्रद्धापूर्वक सम्झनु, सम्मान गर्नु र उनीहरूको आत्माको शान्तिका लागि कर्म गर्नु सन्तानको कर्तव्य मानिन्छ ।
सोह्रश्राद्धमै पितृहरूको श्राद्ध किन ?
पितृ पक्षमा पितृहरूले पृथ्वीतलमा आगमन गर्ने विश्वास गरिन्छ । यस अवधिमा उनीहरूले आफ्ना सन्तानबाट तर्पण, पिण्डदान, श्राद्ध आदि कर्महरूको अपेक्षा गर्छन् । पितृहरूको आत्मा सन्तुष्ट भएमा परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ भन्ने धारणा छ । असन्तुष्ट पितृहरूले परिवारमा विपत्ति, रोग र कष्ट ल्याउन सक्छन् भन्ने विश्वासले पनि यस अवधिमा श्राद्धकर्मको महत्व बढेको हो ।
श्राद्ध गर्नुका कारणहरू :
१. पितृ ऋणबाट मुक्ति :
हिन्दू धर्ममा तीन प्रकारका ऋणहरूको चर्चा छ— देव ऋण, ऋषि ऋण र पितृ ऋण । पितृ ऋणबाट मुक्त हुनका लागि श्राद्धकर्म आवश्यक मानिन्छ ।
मनुस्मृतिमा पितृ ऋणको बारेमा उल्लेख छ :
‘ऋणानि त्रिण्यपाकुर्वन् प्रजया एव तु पण्डितः ।
देवेभ्यो मनुष्येभ्यः पितृभ्यश्च प्रशान्तये ।।’ अर्थात् बुद्धिमान व्यक्ति आफ्नो सन्तानद्वारा देव, ऋषि र पितृ ऋणबाट मुक्त हुन्छ ।
२. आत्माको शान्ति र मोक्ष :
श्राद्धकर्मले पितृहरूको आत्मालाई शान्ति प्रदान गरी मोक्षको मार्ग प्रशस्त गर्छ ।
३. पारिवारिक सुख र समृद्धि :
पितृहरूको आशीर्वादले परिवारमा आरोग्य, ऐश्वर्य र सुख प्राप्त हुन्छ ।
४. धार्मिक परम्पराको निर्वाह :
श्राद्धकर्मले धार्मिक परम्परा र संस्कारको संरक्षण गर्छ ।
सोह्र श्राद्ध रोकिए विकल्प :
कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ ।
यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु शास्त्रीय ग्रन्थमा उल्लेख छ ।
आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ ।
त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको छ । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ ।
सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको धर्मशास्त्रविद्हरूले बताएका छन् ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
पितृ पक्ष समापनसँगै बडादशैँ सुरु :
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादशैँ सुरु हुन्छ । वडादबैँ मनाउनु अघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृ तृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

प्रकाशित मिति २०८२ भाद्र २३, सोमबार ०७:३९ गते
हजुरको प्रतिक्रिया