जेन– जी आन्दोलन प्रभाव : सुनौलो भविष्य सहकारीका पीडकलाई राहत

जेन– जी आन्दोलन प्रभाव : सुनौलो भविष्य सहकारीका पीडकलाई राहत

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ २६ गते बिहिबार ०७:५१

त्यसो त उक्त मुद्दाको अनुसन्धान क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिरासत कक्ष खली गर्नु पर्ने अवस्था आएका कारणले प्रहरी कष्टडीमा रहेका अन्य सबैलाई पनि छाड्नु पर्ने भएको हुँदा उनीहरू (सहकारीका आरोपिहरू)ले पनि त्यही सुविधा पाएका हुन् प्रहरी भनाइ छ । संगठीत अपराध र सम्पत्ती शुद्धिकरण उक्त सहकारीका आरोपिलाई कालिका सहकारीको भन्दा थप मुद्दा हो । सम्पत्ती शुद्धिकरणमा कालिका मुख्य पीडकहरुले सुविधा पाएका थिए ।

मुद्दा सहकारी अपचलन(ठगी), संगठीत अपराध र सम्पत्ती शुद्धिकरणमा चलाउने तयारी

बेसीशहर– जेन– जी आन्दोलनको प्रभाव लमजुङमा समेत परेको छ । सो आन्दोलनको तेस्रो दिन आज जिल्लाको सदरमुकाम यहाँ केन्द्रीय कार्यालय रहेको सुनौलो भविष्य सहकारी ठगी मुद्दाका आरोपिहरूलाई प्ररहरी कष्टडीबाट रिहा हुने मौका मिलेसँगै भदौ २५ गते राहतको स्थिति उत्पन्न भएको हो ।
जेन– जी आन्दोलनबाट सिर्जित विसम परिस्थितिका कारणले गर्दा उनीहरूलाई धरौटीसहित आज हाजिरी जमानतमा छाडिएसँगै केही दिनका लागि राहत मिलेको हो ।
त्यसो त उक्त मुद्दाको अनुसन्धान क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उत्पन्न विषम परिस्थितिका कारणले मात्र पक्राउ गरेका चार जनालाई धरौटी र हाजिरी जवानतमा छाड्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनु भयो । उहाँका अनुसार हिरासत कक्षा खली गर्नु पर्ने अवस्था आएका कारणले प्रहरी कष्टडीमा रहेका अन्य सबैलाई पनि छाड्नु पर्ने भएको हुँदा उनीहरू(सुनौलो भविष्य सहकारीका आरोपिहरू)ले पनि त्यही सुविधा पाएका हुन् ।
उहाँले भन्नुभयो, ‘आज विहानसम्म जिल्ला प्रहरी कार्यालयका थुनुवा कक्षमा सबै मुद्दाका १४ जना थिए । तीमध्ये लागु औषध मुद्दाका आरोपि तीन जनाको हकमा आजै जिल्ला अदालतमा मुदा पेश भएको छ, अन्य सबैलाई धरौटी र हाजिरी जमानीमा छाडिएको हो ।’
त्यसरी छुट पाउनेमा प्रहरीकोमा आत्मसमर्पण गर्न पुगेका सो संस्थाका पूर्वअध्यक्ष एवम् पूर्वव्यवस्थापक पदम राउत, उपाध्यक्ष अरुणकान्त घिमिरे छन् । घिमिरेलाई प्रहरीले काठमाडौं विमानस्थलबाट पक्राउ गरी ल्याएको हो । अन्य दुई जना जेष्ठ नागरिक हुनुका साथै रोगी समेत भएको हुँदा उनीहरूलाई त्यसै पनि उपचारका लागि छाड्ने तयारी थियो प्रनाउ बोहराले जानकारी दिनुभयो ।
अब यो मुद्दा के कसरी अघि बढ्छ होला ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘अनुसन्धान त जारी नै छ नि !’ मुद्दा संगठित अपराध हो ? भन्ने अर्को जिज्ञासामा उहाँले भन्नुभयो, ‘हो, सहकारी कसुर ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरण सबै आकर्षित भएको हुँदा त्यसै अनुसार अनुसन्धान अघि बढेको छ ।’
प्रहरी कष्टडीबाट आज छुट्नेहरूमा पाँच जना कर्तव्य ज्यान मुद्दाका र अन्य चोरी मुद्दाका भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसो त उक्त मुद्दाको अनुसन्धान क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिरासत कक्ष खली गर्नु पर्ने अवस्था आएका कारणले प्रहरी कष्टडीमा रहेका अन्य सबैलाई पनि छाड्नु पर्ने भएको हुँदा उनीहरू ९सहकारीका आरोपिहरू०ले पनि त्यही सुविधा पाएका हुन् प्रहरी भनाइ छ । संगठीत अपराध र सम्पत्ती शुद्धिकरण उक्त सहकारीका आरोपिलाई कालिका सहकारीको भन्दा थप मुद्दा हो । सम्पत्ती शुद्धिकरणमा कालिका मुख्य पीडकहरुले सुविधा पाएका थिए ।
स्मरणीय छ, सो मुद्दामा ५० जनका विरुद्धमा पक्राउ पुर्जी जारी गरिएको छ । तीमध्ये एक जना बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवप्रसाद जोशी बाहेक अन्य सबै नेपाली काँग्रेस सम्बद्ध व्यक्तिहरू रहेको स्रोतले बताएको छ । हिजो छुट्नेमा काँग्रेस उपसभापति श्रीकान्त घिमिरेका छोरा अरुणकान्त छन् भने अर्का उपसभापति आनन्द घिमिरेका विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी हुने अन्यमा सुन्दबरजा नगरपालिका– ८ का वडाध्यक्ष विजेन्द्र थापा, सोही वडामा रहेको भक्ति नमूना माविका शिक्षक थकित यात्री, जो लेखक संघको जिल्ला अध्यक्ष समेत हुन आदि रहेको जानकारीमा आएको छ ।
लमजुङमा एकल पार्टी पक्कड भएका सहकारीहरूमा ठगी धन्दा मौलाउने गरेको सारोकारवालाहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति २०८२ भाद्र २६, बिहीबार ०७:५१ गते
हजुरको प्रतिक्रिया