रास्वपा जिल्ला र्याट विभागका उपप्रमुख घिमिरेद्वारा चौथो पटक रक्तदान

रास्वपा जिल्ला र्याट विभागका उपप्रमुख घिमिरेद्वारा चौथो पटक रक्तदान

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ २८ गते शनिवार ०९:००

लमजुङको जिल्ला सदरमुकाम बेसीशहर स्थित जिल्ला अस्पताल स्तर बृद्धि भएर गण्डकी प्रदेश मातहत प्रदेश अस्पताल बनेको छ तर आजका दिनसम्म ‘ब्लड बैंक’ भने छैन ।

४५ वर्षीया सुजादेवी थापाका लागि घिमिरेले रक्तदान गर्नु भएको अस्पताल स्रोतले जनाएको छ ।

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङको र्याट विभागका उपप्रमुख बेदबहादुर घिमिरेले चौथो पटक रक्तादान गर्नु भएको छ । उहाँले यहाँ स्थित प्रदेश अस्पताल, लमजुङमा पुगेर भदौ २७ गते रक्तदान गर्नु भएको हो ।
बेसीशहर नगरपालिका– ८ को तल्लो पाखा गाउँ निवासी ४५ वर्षीया सुजादेवी थापाका लागि उहाँले रक्तदान गर्नु भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका अनुसार थापालाई अधिक रक्तस्राव भएका कारणले गर्दा रगत दिनु पर्ने स्थिति उत्पन्न भएको हो ।
सुजादेवी थापा करिब डेढ महिनादेखि विरामी हुनु भएको रहेछ तर उहाँले अलिक सिरियस हुन थालेपछि मात्र जानकारी दिनु भएको उहाँकी छोरी शर्मिला थापाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रसुति बिग्रेर, रगत धेरै बगेका कारण आमालाई उपचारका लागि यहाँ ल्याएको हो र त्यसका लागि रगत चाहिएको हो ।’
रक्तदाता बेसीशहर नगरपालिका– १०, बाँझाखेत निवासी, रास्वपाको जिल्ला र्याट विभागका उपप्रमुख हुनुहुन्छ । उहाँका अनुसार इमर्जेन्सी रगत चाहियो भनेर खबर गयो र आएको हुँ । उहाँले भन्नुभयो, ‘मैले रगत दान गरेको यो चौथो पटक हो ।’ सो अवसरमा रास्वपाको बेसीशहर नगरपालिका– ९ का वडा सभापति भागवत सिंह अर्याल पनि उपस्थित हुनुहुन्थ्यो ।
स्मरणीय छ, लमजुङको जिल्ला सदरमुकाम बेसीशहर स्थित जिल्ला अस्पताल स्तर बृद्धि भएर गण्डकी प्रदेश मातहत प्रदेश अस्पताल बनेको छ तर आजका दिनसम्म ‘ब्लड बैंक’ भने छैन ।

प्रकाशित मिति २०८२ भाद्र २८, शनिबार ०९:०० गते
हजुरको प्रतिक्रिया