चर्चामा नेतृ सुशीला श्रेष्ठ भन्नुहुन्छ : ‘म रास्वपा छाड्दिनँ, मन्त्री पनि बन्दिनँ’

चर्चामा नेतृ सुशीला श्रेष्ठ भन्नुहुन्छ : ‘म रास्वपा छाड्दिनँ, मन्त्री पनि बन्दिनँ’

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ भदौ २८ गते शनिवार ०३:४४

उहाँले भन्नुभयो, ‘यो विद्रोहले पुस्तान्तरण त परै जाओस् नेतृत्व हस्तान्तरणसमेत गर्न नमान्ने नेपालको परम्परागत राजनीतिक दल, सोच र चिन्तनधारालाई यसले जरैदेखि हल्लाइदिएको छ । यो विद्रोहले नयाँ पुराना सबै दललाई रूपान्तरणको दर्बिलो सन्देश दिएको छ ।’

सुमनाले देशले प्रथम महिला प्रधानमन्त्री पाएको खुसी पनि व्यक्त गर्नु भएको छ ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठ फेरि चर्चामा हुनुहुन्छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोहमा सहभागी हुन गएपछि सुमना अब रास्वपा छाडेर अन्तरिम सरकारमा मन्त्री नियुक्त हुन्छिन् कि भन्ने धेरैको आंकलनले पनि उहाँलाई चर्चामा ल्याएको थियो । तर उहाँले पार्टी छाडेर अन्तरिम सरकारमा मन्त्री हुन नजाने भदौ २८ गते खुलासा गर्नु भएसँगै धमिलो पानीमा माछा मार्न पल्केको र रास्वपा छिन्नभिन्न भएको देख्न चाहने तत्वलाई चाहना फेरि एक पटक मृगतृष्णामा परिणत भएको छ ।
त्यसो त नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा भाग लिने एक मात्र सांसद हुनुहुन्छ । शपथग्रहण सकिएपछि उनले सामूहिक फोटो खिचाउने क्रममा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई अंकमाल गरिरहेको दृश्यले धेरैको ध्यान खिचेको थियो ।
सुमनाले देशले प्रथम महिला प्रधानमन्त्री पाएको खुसी पनि व्यक्त गर्दै भन्नु भएको छ, ‘म पार्टी छाड्ने मनस्थितिमा छैन,बरू अहिले सबै पार्टी पुनर्गठन गर्नुपर्ने बेला हो, म अहिले मन्त्री पनि बन्दिनँ ।’
शपथ समारोहमा भएको बारेमा राखिएको जिज्ञासामा उहाँले भन्नुभयो, ‘हिजो त मेरो ठूलो सपनाको दिन थियो, म जहिले पनि सोचिरहन्थेँ– यो देशले महिला प्रधानमन्त्री पाउँछ कि पाउँदैन होला ? समाजले स्विकार्छ कि स्विकार्दैन होला ? हिजो देशले महिला प्रधानमन्त्री पायो, यसर्थ सबैभन्दा बढी खुसी म नै भएँ, त्यही उत्सवको साझेदारीका लागि पनि म त्यहाँ सहभागी हुन गएको हुँ ।’
जेन–जी विद्रोह सामान्य राजनीतिक घटना नभएको उहाँको तर्क छ । यो विद्रोहले नयाँ पुराना सबै दललाई रूपान्तरणको सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो विद्रोह कुनै पार्टीले गरेको विद्रोह होइन, यो त पुस्ताले नै गरेको विद्रोह हो, भविष्यले नै गरेको विद्रोह पनि हो । अतः यो सफल हुनैपर्छ । यसलाई सफल बनाउनै पर्छ, त्यसर्थ म अहिले मन्त्री बन्दिनँ ।’
त्यसो त उहाँले रास्वपा लगायतका सबै राजनीतिक दलहरूको पुनर्गठनको आवश्यकतामा जोड दिनु भएको थियो । उहाँले थप भन्नुभयो, ‘सबै पार्टी पुनर्गठन गर्नुपर्छ, राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि सुधारका लागि आवाज उठाउँदै आएको हो, अब प्रयास गर्ने नै हो, राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिँदै गर्दा पार्टीहरूको कार्यशैली र सञ्चालनको तौरतरिका भएन, तत्काल परिवर्तन गर्नुपर्छ नै भन्ने हो । हामी सबै नेपाली हो, यो पार्टी, त्यो पार्टी भने ता पनि राजनीति सेवा हो, राजनीतिकर्मीहरूले त केवल सहजीकरण गर्ने हो, प्रयास जारी नै छ, ।’
खुला किताब जस्तै उहाँले भन्नुभयो, ‘आफ्नै पार्टी रास्वपाको कार्यशैलीप्रति आफू बेखुस रहेको, रास्वपाले सुधारका काम गरेको भए ५१ जनाको हताहती हुने गरी भएको विद्रोहलाई एक हिसाबले रोक्न सकिने आफूलाई लागिरहेको छ ।’
उहाँले थप भन्नुभयो, ‘कहिलेकाहीँ म दुःखी पनि हुन्छु, ५१ जना मानिसको मृत्यु भएको छ, त्यो कतै न कतै हामीले रोक्न सक्थ्यौं कि ! हामीले यी असन्तुष्टिका आवाज समेट्दै गएको भए यो विद्रोह रोक्न सकिन्थ्यो कि भनेर दुःख पनि लाग्छ, त्यसैले विद्रोहका क्रममा भएका हताहती, जलेका भौतिक संरचना, जताततै छाएको त्रास र भयको वातावरणको केही न केही जिम्मेवारी रास्वपाले पनि लिनुपर्छ भन्ने मलाई लाग्छ ।’
इतिहासको कटुसत्य घटनाको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘राणाकालदेखिको परिवर्तनमा परिवर्तनकारीहरूले सम्झौता गर्नुपरेको छ, सम्झौतामा टुंगिएको छ, यस्तो परिवर्तन भइसकेपछि नयाँलाई काम गर्न दिनुपर्छ, उनीहरूलाई नै अवसर दिनुपर्छ, हाम्रो हरेक पटकको परिवर्तनमा जसको विरूद्ध विद्रोह हुन्छ, त्यहीँ उनीहरूसँग बसेर, पुरानो र नयाँबीच कुनै भिन्नता नै नदेखिने काम भयो ।’
उहाँले भन्नुभएको छ, ‘विद्रोहपछि युवाले नै नेतृत्व लिनुपर्छ, युवाले नेतृत्व गरेको मन्त्रालयको म सचिवालयमा बस्न तयार छु ।’
उहाँे पुनः जोड दिदै भन्नुभयो, ‘यो विद्रोहले पुस्तान्तरण त परै जाओस् नेतृत्व हस्तान्तरणसमेत गर्न नमान्ने नेपालको परम्परागत राजनीतिक दल, सोच र चिन्तनधारालाई यसले जरैदेखि हल्लाइदिएको छ । यो विद्रोहले नयाँ पुराना सबै दललाई रूपान्तरणको दर्बिलो सन्देश दिएको छ ।’

प्रकाशित मिति २०८२ भाद्र २८, शनिबार १५:४४ गते
हजुरको प्रतिक्रिया