प्रधानमन्त्री कार्कीले यस वर्ष विजयादशमीको टीका आफूसँगै सर्वसाधारणलाई पनि नलगाउने

प्रधानमन्त्री कार्कीले यस वर्ष विजयादशमीको टीका आफूसँगै सर्वसाधारणलाई पनि नलगाउने

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज १३ गते सोमबार ०५:३१

प्रधानमन्त्रीको स्वकीय सचिवालयद्वारा जारी पत्रमा यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि लगाइदिने कार्यक्रम नरहेको जनाएको हो ।

सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने र देशमा सुशासन कायम राख्ने प्रतिबद्धता पनि दोहोर्याएको छ ।

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादशैँको विजयादशमीमा व्यक्तिगत रूपमा टीका–जमरा नलगाउने घोषणा गर्नु भएको छ । बडादशैँको पावन अवसरमा असोज १३ गते जारी शुभकामना सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयद्वारा जारी पत्रमा यसबारे जानकारी दिइएको छ । यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि लगाइदिने कार्यक्रम नरहेको जनाएको हो । प्रधानमन्त्री कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको दोहोर्याउनु भएको छ । उहाँले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता जनाउनु भएको हो । उहाँेले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको समेत सो सन्देशमा उल्लेख गर्नु भएको छ ।
उक्त सन्देशमा भनिएको छ, ‘यस वर्षको बडादसैं, देशभरका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका लागि सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै, यस पर्व पारिवारिक मिलन र सामाजिक सद्भाव बढाउने अवसर होस् भन्ने उद्देश्यले हामीले प्रधानमन्त्रीज्यूले टीका–जमरा नलगाउने निर्णय गर्नुभएको जानकारी गराउँछौं । सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने र देशमा सुशासन कायम राख्ने प्रतिबद्धता पनि दोहोर्याएको छ ।’
प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउने संसारभर छरिएर रहेका नेपाली भाषीहरूमा सुखशान्तिको कामना गर्नु भएको छ ।

प्रकाशित मिति २०८२ आश्विन १३, सोमबार १७:३१ गते
हजुरको प्रतिक्रिया