लमजुङ कालिका मन्दिरमा पहिलोपटक फूलपाति बढाईका साथ भित्र्याइयो : कार्यक्रमको फोटो फिचर

लमजुङ कालिका मन्दिरमा पहिलोपटक फूलपाति बढाईका साथ भित्र्याइयो : कार्यक्रमको फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज १५ गते बुधबार ०७:३५

सो कार्यक्रममा प्रजिअ पोखरेलका अतिरिक्त नेपाली सेनाको लमजुङ स्थित चण्डीप्रसाद गणका गणपति एवम् प्रमुख सेनानी विक्रमदेव थापा, नेपाल प्रहरीका प्रमुख रेमश बोहरा, सशस्त्र प्रहरीका प्रमुख शेखर दवाडीको नायकत्वमा आआफ्नो सम्मान गारतको टोली फूलपाति बढाईमा सहभागी भएको थियो ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलको संयोजनमा तीनवटै सुरक्षा निकायको सहभागितामा फूलपाति बढाईका साथ सो कार्य गरिएको हो ।

गाउँशहर(लमजुङ)– लमजुङ कालिका मन्दिरमा पहिलोपटक फूलपाति बढाईका साथ भित्र्याउने काम भएको छ । लमजुङ कालिका भगवती मन्दिरमा बडादशैं २०८२ को पावन अवसरमा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलेको पहलमा तीनवटै सुरक्षा निकायको सहभागितामा असोज १३ गते फूलपाति भित्र्याउने काम भएको हो । लमजुङ कालिका तत्कालीन शाह वंशको उदयसँगै निर्मित दरबार र तत्कालीन स्थितिमा शाह राजाहरूले आफ्नो कुलदेवीका रुपमा स्थापना गरी पुज्दै आएकी देवी हुन् । फूलपातीका दिन तीन तहकै सुरक्षा निकायले आ–आफ्नो फूलडोलीका साथ सम्मान गारतका साथ बढाई गरी फूलपाती भित्याउने काम भएको हो । कार्यक्रममा चण्डी प्रसाद गणका पुरोहित जम माधव गौतम र लमजुङ कालिका मन्दिरका मूल पुरोहित सोमराज बरालले चण्डीका साथै कालिका मन्दिरमा पुजाआजा गर्नु भएको थियो । प्रस्तुत छ : त्यस कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८२ आश्विन १५, बुधबार १९:३५ गते
हजुरको प्रतिक्रिया