
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले विपद् व्यवस्थापनका लागि सरकारलाई २२ बुँदे सुझाव दिएको छ । दलको भर्चुअल बैठकको आधारमा सरकारलाई सुझाव जेठ १९ गते दिइएको हो ।
रास्वपाले राष्ट्रिय स्तरमा जलवायु अनुकूलन र विपद् प्रतिकार्य गुरू योजना ९२०८२–२०९२० तयार गरी, सबै क्षेत्रीय र स्थानीय योजना त्यससँग मिलान गर्ने व्यवस्था गर्न आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले बताउनु भयो ।
संघीय र प्रदेश सरकारबीच राष्ट्रिय आपतकालीन समन्वय प्रणाली लागू गर्ने, ताकि सूचनाको प्रवाह र निर्णयमा ढिलाइ नहोस् भन्नेमा चनाखो हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल, नागरिक समाज, मिडिया र निजी क्षेत्रबीच समन्वय स्थापित हुने मञ्च गठन गर्ने, ताकि संकटका बेला सबै संयन्त्र एकताबद्ध रूपमा काम गर्न सकुन् ।’
रास्वपाले सबै ७७ जिल्लामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ९डिआरआरएम०स्थापना गरी स्थानीय स्तरमै प्रारम्भिक चेतावनी, राहत, पुनर्निर्माण र जनसहभागिता प्रणाली एकीकृत गर्न सुझाव दिएको छ । प्रत्येक तहमा विपद जोखिमको अवस्था हेरी राष्ट्रिय आपतकारी राहत तथा पुनःस्थापना कोष स्थापना गरी तुरुन्त प्रयोग गर्न सकिने कोष सुनिश्चित गर्न रास्वपाको आग्रह छ ।
राष्ट्रिय विपद् प्रतिक्रिया नीतिलाई अद्यावधिक गरी जलवायु अनुकूलन र पुनःस्थापना कार्यक्रमलाई केन्द्रमा राख्नसमेत आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति २०८२ आश्विन २०, सोमबार १९:४६ गते