राष्ट्रिय उपभोक्ता मञ्च जिल्ला कार्यसमिति लमजुङ पुनर्गठन

राष्ट्रिय उपभोक्ता मञ्च जिल्ला कार्यसमिति लमजुङ पुनर्गठन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असोज २९ गते बुधबार ०७:००

मञ्चको केन्द्रीय समितिले जिल्ला प्रशासन कार्यालयमा पठाएको पत्रमा ‘पुनर्गठित जिल्ला कार्य समितिलाई मान्यता प्रदान गरी पूर्ववत रूपमा यस मन्चलाई त्यहाँबाट आवश्यक नीति निर्देशन दिन हुन र उपभोक्ता हितको कार्यमा सक्रिय सहभागी गराउनको लागि हार्दिक अनुरोध गर्दछौं ।’ भनिएको छ ।

मञ्चको जिल्ला अध्यक्ष यसअघि डम्बर अधिकारी हुनुहुन्थ्यो । उहाँको निधन भएपछि लामो सयमसम्म सो समिति नेतृत्व बिहीन थियो ।

बेसीशहर– राष्ट्रिय उपभोक्ता मञ्च जिल्ला कार्यसमिति लमजुङ पुनर्गठन गरिएको छ । मञ्चको अध्यक्षमा वरिष्ठ पत्रकार नवराज पहाडी चयन हुनु भएको छ । राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय कार्यालय काठमाडौंले जिल्ला प्रशासन कार्यालय, लमजुङलाई एक पत्रमार्फत सो जानकारी दिएसँग समिति असोज २९ गते पुनर्गठन भएको खुलासा भएको हो ।
मञ्चको जिल्ला अध्यक्ष यसअघि डम्बर अधिकारी हुनुहुन्थ्यो । उहाँको निधन भएपछि लामो सयमसम्म सो समिति नेतृत्व बिहीन थियो । मञ्चको केन्द्रले जिल्ला प्रशासन कार्यालयमा पठाएको पत्रमा भनिएको छ, ‘उपभोक्ताको हकहित संरक्षणको लागि स्थापना भई देशभर शाखा सन्जाल विस्तार गरी उपभोक्ताको हक अधिकारको रक्षा गर्ने, उपभोक्ता सचेतना जगाउने र उपभोक्ताको हितमा राज्यले गर्ने प्रत्येक कार्यमा सहकार्य, सहयोग र सहजीकरण गर्दै आएको राष्ट्रिय उपभोक्ता मन्च लमजुङ जिल्ला कार्य समितिका अध्यक्ष डम्बरबहादुर अधिकारीको गत वर्ष असामयिक निधन भई रिक्त रहन गएको अध्यक्ष पदमा लमजुङमा रहेका यस मन्चका पदाधिकारी, सदस्यहरू तथा शुभेच्छुकहरूले मन्चका पदाधिकारी नवराज पहाडीको अध्यक्षतामा संलग्न अनुसारका पदाधिकारी तथा सदस्यहरू भएको पुनर्गठित जिल्ला कार्य समितिलाई मान्यता प्रदान गरी पूर्ववत रूपमा यस मन्चलाई त्यहाँबाट आवश्यक नीति निर्देशन दिन हुन र उपभोक्ता हितको कार्यमा सक्रिय सहभागी गराउनको लागि हार्दिक अनुरोध गर्दछौं ।’ भनिएको छ ।
पुनर्गठित जिल्ला समिति ११ सदस्यीय रहेको छ । जसमा अध्यक्ष नवराज पहाडी चयन हुुनुभएको छ । पहाडी यस अघिको समितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । उपाध्यक्ष सन्तोषी गौली सुन्दरबजार नगरपालिका– १, सचिव अनुज अधिकारी सुन्दरबजार नगरपालिका– ८, कोषाध्यक्ष चन्द्रकान्त पौडेल बेसीशहर नगरपालिका, सहसचिव प्रमिला रेग्मी दोर्दी गाउँपालिका– २ हुनुहुन्छ ।
यसैगरी, सदस्यमा सुरेन्द्रलाल श्रेष्ठ सुन्दरबजार नगरपालिका– ६, विजयरञ्जन पौडेल मध्यनेपाल नगरपालिका– ८, वासुदेव थापा मस्र्याङदी गाउँपालिका– ९, बेलबहादुर घिमिरे बेसीशहर नगरपालिका– १०, ईश्वर अधिकारी बेसीशहर नगरपालिका– २ र मिनबहादुर तामाङ दोर्दी गाउँपालिका– ६ रहनु भएको छ ।

प्रकाशित मिति २०८२ आश्विन २९, बुधबार १९:०० गते
हजुरको प्रतिक्रिया