विपीन जोशी सबै नेपाली आमाको छोरा : प्रधानमन्त्री कार्की

विपीन जोशी सबै नेपाली आमाको छोरा : प्रधानमन्त्री कार्की

एजेन्सी

@antaranganews

२०८२ कार्तिक ४ गते मङ्गलबार ०६:३१

हमासको आक्रमणमा परी विपीनसँगै सुदूरपश्चिमका आठ विद्यार्थीले ज्यान गुमाएका थिए । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा उनीहरू दुई वर्षअघि इजरायल गएका थिए ।

असोज २८ गते भने इजरायली सेनाले विपिन जिवित नरहेको जनाएको थियो । सोही दिन राति हमास समूहले रेडक्रम मार्फत विपिनको शव इजरायललाई हस्तान्तरण गरेको थियो ।

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल–हमास युद्धका क्रममा नेपाली युवाहरूले भोग्नुपरेको दुःख र संघर्ष अनुभव गर्न नसकिने बताउनु भएको छ । प्रधानमन्त्री कार्कीले प्यालेस्टिन कट्टरपन्थी समूह हमासले बन्धक बनाउँदा मारिएका युवा विपीन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्दै कार्तिक ३ गते बताउनु भएको हो ।
प्रधानमन्त्री कार्कीले विपीन जोशी सबै नेपाली आमाहरूको छोरा भएको उल्लेख गर्दै उसलाई बिर्सिन नसकिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाली युवाहरूले त्यहाँ अपहरणमा पर्दा र युद्धमा पर्दा कति दुःख र कष्ट भोगे होलान् । त्यो कुरा हामी अनुभव गर्न सक्दैनौँ । एउटा नेपाली छोरा हामी सबै आमाहरूको छोरा हो । अब कसैले पनि विपीनलाई बिर्सिन सक्दैन ।’
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपीनलाई गत २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले इजरायली सेनालाई विपीनको शव हस्तान्तरण गरेको थियो ।
आज बिहान विपीनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो । हिजो साँझ भीमदत्त नगरपालिका– ३ स्थित निवासमा जोशीको शव पु¥याइएको थियो । विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।
महाकाली नदीको किनारमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपिनको शवमा नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए । सशस्त्र प्रहरीको टोलीले सलामी दिएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो ।
विपिनको पार्थिव शरीर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो, इजरायली राजदूत समुलिक एरी बास र स्थानीय सहभागी भए । शवयात्रामा स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक निकाय र सुरक्षा निकायका पदाधिकारीका साथै सयौँ स्थानीयवासी सहभागी थिए ।
अर्न एण्ड लर्न कार्यक्रमका दौरान विपिन जोशी सेप्टेम्बरमा २०२३ मा इजरायल गएका थिए । इजरायल पुगेको एक महिनामै २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमण गर्दा विपिन जोशी पनि बन्धक बनाइएका थिए ।
हमासले असोज २७ गते जीवित २० बन्धकहरू इजरायलललाई हस्तान्तरण गरेको थियो । हमासको नियन्त्रणमा ४८ बन्धक भएको ठानिएको थियो । तीमध्ये जीवित २० र मृत २६ जनाको सूची इजरायललाई उपलब्ध गराएको थियो ।
तर विपिन जोशी र अर्का एक इजरायलीको नाम दुइटै सूचीमा थिएन । त्यसपछि इजरेली सेनाले इजरेलस्थित नेपाली राजदूत र जोशीका आफन्तलाई ‘उनी जीवित रहेको कुनै प्रमाण फेला नपरेको र शव पनि नभेटिएको’ जानकारी दिएको थियो ।
असोज २८ गते भने इजरायली सेनाले विपिन जिवित नरहेको जनाएको थियो । सोही दिन राति हमास समूहले रेडक्रम मार्फत विपिनको शव इजरायललाई हस्तान्तरण गरेको थियो ।
दुईवर्षदेखि हमासको नियन्त्रणमा रहेका विपीनको सोही अवधिमा मृत्यु भएको थियो ।
हमासको आक्रमणमा परी विपीनसँगै सुदूरपश्चिमका आठ विद्यार्थीले ज्यान गुमाएका थिए । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा उनीहरू दुई वर्षअघि इजरायल गएका थिए ।
पुष्पाको साहस :
दाजुको खोजी गरिदिन र हमास समूहमाथि दवाव बढाउन उनकी बहिनी पुष्पा आमासंगै साउन २७ गते इजरायल पुगिन् । त्यहाँबाट फर्केर पुनः उनी अमेरिकासम्म पुगिन् । पुष्पा र उनकी आमा अमेरिकामै हुँदा इजरायरल र हमास समुहवीच युद्धविराम भएको थियो ।
गहभरी आँशु पोख्दै पुष्पाले भनिन्, ‘युद्धविरामपछि दाजु फर्कनेमा हामी ढुक्क थियौं, दाजुलाई देख्न पाइने खुशी अघिल्लो दिन राति निन्द्रनै परेन, तर दोश्रो दिन बिहानै अप्रत्यासित खबर सुन्नु पर्यो, हामीलाई सम्हालिनै गाह्रो भो ! आमा वेहोस नै हुनुभयो, आफै सम्हालिन नसक्ने अवस्थामा रहेकी म, जसो तसो मन थामेर आमालाई सम्हाल्दै भारी मन बनाएर नेपाल फर्कन बाध्य भयौं ।’
पुष्पा र उनकी आमा पद्मा जोशी असोज ३० गते मात्र अमेरिकाबाट नेपाल फर्कका हुन् ।
तिहारको मुखमा सबैका दाजु बहिनी घरमा जम्मा हुने क्रम बढेपछि आफूलाई सम्हाल्नै मुस्किल भइरहेको पुष्पा बताउँछिन् । ‘घरमा लगाएका मखमली फूलले मलाईनै जिस्काए जस्तो लाग्यो, पुष्पाले भनिन्, ‘ती फूलमा दाजुको अनुहार देख्न थाले, अनि घर वरिपरी लगाएका फूल उखेलेर फाले ।’
स्थानीयको अनुसार पुष्पा लक्ष्मीपूजाका दिन दाइको शव घरमा पुगेपछि उनी अचेत भएकी थिइन् । घरी–घरी वेहोस हुने पुष्पालाई सम्हाल्नै गाह्रो भएको स्थानीय सुनिता रोकायाले बताइन् । ‘तिहारको मुखमा हाम्रै अगाडी हुर्केको खेलेको छोराको शव देख्दा गाउँदै शोकाकुल छ ।’ गाउँलेहरू भन्छन् ।
आज मात्रै नेपाल ल्याइएको विपिनको शवमा अन्तरिम सरकारका प्रधानमन्त्री शुशीला कार्की लगायत मन्त्रीले माल्यार्पण गरेर त्रिभुवन पिमानस्थलमै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्रिभुवन मिानस्थलबाट नेपाली सेनाको स्काई ट्रक मार्फत धनगढी ल्याएइएको वश राति नै विपिनको घरमा पुर्याइएको थियो ।

प्रकाशित मिति २०८२ कार्तिक ४, मंगलवार १८:३१ गते
हजुरको प्रतिक्रिया