बेसीशहरमा दुई सार्वजनिक महत्वका भवनमा गए राती ढुंगा प्रहार

बेसीशहरमा दुई सार्वजनिक महत्वका भवनमा गए राती ढुंगा प्रहार

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक १४ गते शुक्रबार ०१:०७

प्रेस चौतारीका केन्द्रीय अध्यक्ष पाण्डेको घरमा र लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको भवनमा ढुंगा प्रहार भएको हो ।

यी रहस्यपूर्ण घट्नाले जिल्ला सदरमुकाममा सुरक्षा थ्रेट बढेको रुपमा हेरिएको छ ।

लमजुङ– दुर्ई सार्वजनिक महत्वका भवनमा गए राती ढुंगा प्रहार भएको छ । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा र लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको भवनमा कार्तिक १३ गते राती ढुंगा प्रहार भएको हो ।
ती दुवै घटना बेसीशहर नगरपालिका– ८ मा भएका हुन् । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष पाण्डेको लमजुङको जिल्ला सदरमुकाम बेशीसहरस्थित घरमा गएराति १२ बजेतिर ढुंगा प्रहार भएको प्रत्यक्षदर्शीले बताए । ढुंगा प्रहारबाट दुवै भवनका झ्यालमा लगाएका सिसाहरू फुटेका छन् ।
अध्यक्ष पाण्डेका ८२ बर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति भएको छ । सो घरमा पाण्डेका आमा र हजुरआमा बस्नुहुन्छ । पाण्डेको घरमा प्रहार गरिएका तीनवटा ढुंगा कोठा भित्रै पसेका छन् । लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको ग्राउण्ड फ्लोरमा रहेको लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थाको कार्यालय रहेको कोठामा लागएको ग्रिल समेत दोब्रिने गरी इटा प्रहार भएको छ । दोब्रिएको ग्रिलमा इटाको दागसमेत देखिन्छ । इटाको चोटले ग्रिलको तल्लोभागमा ठोकिएको किला समेत फुत्किएको छ ।
त्यो हेर्दा दुई पटक प्रहार गरेको जस्तो पनि देखिदैन । एकैपटकको प्रहारले झ्यालको ग्रिल समेत बाङ्गीनु त्यो अभ्यस्त मानिसको करामत हो भन्ने बुझ्न कठिन हुँदैन । लक्ष्मीनारायण पुस्तकालय भवन र जिल्ला प्रहरी कार्यालय मात्र ५० मिटरको दुरीमा रहेका छन् । यी घट्ना अत्यन्त निन्दनीय छन् ।
जेन जेड आन्दोलन भएको गत भदौ २३ र २४ गतेका दिनमा समेत, २४ गते तत्कालीन प्रधानमन्त्री केपि ओली र सञ्चारमन्त्री पृथ्वीसुब्बाको पुत्ला दहन मात्र गरी अन्त्य जिल्लाको तुलनामा धेरै शान्त रहेको लमजुङमा आज आएर यी घट्ना हुनुमा पक्कै पनि शोभनीय होइन ।
पुस्तकालय सूचना र शिक्षाको केन्द्र हो भने सामुदायिक पुस्तकालय समाजको साझा सम्पत्री हो । त्यस्तै, गणेश पाण्डे जो लमजुङजस्तो विकट जिल्लामा जन्मे हुर्केर यही जिल्लाबाट पत्रकारितामा चिल्लो विरुवाका रुपमा हुर्कदै पत्रकारको पहिचान बनाएर आज राष्ट्रिय व्यक्तित्व बन्न सफल हुनु जिल्लाको गौरवको विषय पनि हो । तर यी रहस्यपूर्ण घट्नाले जिल्ला सदरमुकाममा सुरक्षा थ्रेट बढेको रुपमा हेरिएको छ ।
त्यसो त बेसीशहरमा यसअघि पनि ६– ८ महिना वर्षदिनको फरकमा एकै दिन ५– ७ वटा पसलमा चोरी हुने र चोर पत्ता नलाग्ने घट्ना दोहोरिरहेका किन नहुन् ।
यस्तो आपराधकर्ममा संलग्नहरूलाई पक्राउ गरी कानूनी कठघरामा ल्याउन जरुरी छ । विगतको चोरीका घट्नाजस्तै प्रहरीबाट घटनास्थलको निरीक्षण हुने र गर्दैछौं भन्ने आश्वासमा सीमित नहोस् ।
प्रेसवालाहरूले आफ्नो मर्यादा भुले पनि समाज तथा सुरक्षा नियकाले प्रेसलाई गर्नु पर्ने सम्मान गर्न नचुकोस्, ताकी समाजमा थप अराजकता नमच्चियोस् ।

प्रकाशित मिति २०८२ कार्तिक १४, शुक्रबार १३:०७ गते
हजुरको प्रतिक्रिया