फुटबल खेलको झगडामा दुराको हात भाच्ने व्यक्तिलाई छ महिना कैद फैसला

फुटबल खेलको झगडामा दुराको हात भाच्ने व्यक्तिलाई छ महिना कैद फैसला

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक १७ गते सोमबार ०७:५८

मुद्दाको फैसलामा प्रतिवादी रहेका सुवोध अधिकारीलाई छ महिना कैद, पाँच हजार जरिवाना र भोलिका दिनमा विशालको हातमा राखेको स्टिल पाता झिक्नका लागि लाग्ने उपचार खर्चको बिलको रकम तिर्नु पर्ने गरी फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदारबाट पुष्टि भएको छ ।

२०८० सालको मंसिर २० गते जिल्ला अदालतमा आफ्नोतर्फबाट मुद्दा दायर भएको पीडित विशाल दुराले जानकारी दिए ।

बेसीशहर– लमजुङमा फुटबल प्रतियोताको खेलका क्रममा उत्पन्न झगडाले आफ्नै टिमका साथीलाई कुटपिट गरी हात भाच्ने व्यक्तिलाई जिल्ला अदालतले छ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको छ । सो समाज पाउनेमा लमजुङको सुन्दरबजार नगरपालिका– ३ को दुराडाँडाका सुवोध अधिकारी विरुद्धको सरकारवादी मुद्दामा लमजुङ जिल्ला अदालतले त्यस्तो सजाय सुनाएको हो ।
सुन्दरबजार नगरपालिका– ३ को दुराडाँडा क्षेत्रकै पउँदी नदीको पिरिन्तिबेसीमा दुई वर्ष अघि सञ्चालन भएको फुटबल प्रतियोगितामा एउटै टिमबाट खेल्न गएका गाउँलेहरू सुबोध अधिकारी र विशाल दुराका बीचमा खेल जितेर पुरस्कार लिइसकेपछि विवाद उत्पन्न भएको थियो । मदिराको नसामा उनीहरूका बीचमा भएको झगडामा सुबोधले विशालको हात भाचिने गरी कुटपिट गरेका थिए । सो घट्नालाई गाउँमै मिलाउने भन्दै पटक पटक प्रयास गरेको देखाउँदै आफूलाई हल्लाउने र झन् पीडित बनाउने काम गरेपछि न्यायका लागि अदालत आएको विशाल दुराले बताएका छन् ।
२०८० सालको मंसिर २० गते जिल्ला अदालतमा आफ्नोतर्फबाट मुद्दा दायर भएको पीडित विशाल दुराले जानकारी दिए । उनका अनुसार उपचारका क्रममा भाचिएको हातमा स्टिलको पाता राख्नु परेको छ । उनले भने, ‘आफूलाई उपचार खर्च सुका पैसा नदिई उपचार खर्च पाएको भन्ने कागजमा जबरजस्त सही गर्न लगाएर छत्र्याउने काम समेत गरेर आफूलाई मुद्दा फिर्ता लिन दबाब दिएको भएता पनि लिइन ।’
जिल्ला अदालतले सो मुद्दाको फैसलामा प्रतिवादी रहेका सुवोध अधिकारीलाई छ महिना कैद, पाँच हजार जरिवाना र भोलिका दिनमा विशालको हातमा राखेको स्टिल पाता झिक्नका लागि लाग्ने उपचार खर्चको बिलको रकम तिर्नु पर्ने गरी फैसला गरेको पीडित विशालले जानकारी दिएका छन् । सो फैसलाको बारेमा जिल्ला अदालतमा सम्पर्क गर्दा अदालतका स्रेस्तेदार रामबाबु गौतमले सुवोधलाई उक्त सजाय भएको पुष्टि गर्नु भएको छ । स्रेस्तेदार गौतमका अनुसार सुवोध अधिकारी केही दिन प्रहरी हिरासतमा रहि यसअघि ४० हजार रुपैयाँ धरौटी राखेर तारेखमा छुटेका व्यक्ति हुन् ।

प्रकाशित मिति २०८२ कार्तिक १७, सोमबार १९:५८ गते
हजुरको प्रतिक्रिया