खुदीमा ठूली एकादशीको उपलक्ष्यमा आयोजित वडास्तरीय फुटबल प्रतियोगिताको पहिलो चरणका खेल आज सकिदै

खुदीमा ठूली एकादशीको उपलक्ष्यमा आयोजित वडास्तरीय फुटबल प्रतियोगिताको पहिलो चरणका खेल आज सकिदै

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक १९ गते बुधबार ०८:०८

खुदी(लमजुङ)– लमजुङको उत्तरी क्षेत्रमा रहेको मर्स्याङदी गाउँपालिका– ३ को खुदीमा आयोजना गरिएको एकादशी मेलाका अवसरमा सञ्चालन गरिएको पालिकाको वडास्तरीय फुटबल प्रतियोगिताका ६ खेल कार्तिक १८ गते सम्पन्न भएका छन् । सोही गाउँपालिकाका...

प्रत्योक दिन ३/३ खेलका दरले खेलाउने गरिएको आयोजकको भनाइ छ । २० टिम सहभागी भएको सो प्रतियोगिताको पहिलो चरणका खेल आज सक्ने कार्यतालिका छ ।

खुदी(लमजुङ)– लमजुङको उत्तरी क्षेत्रमा रहेको मर्स्याङदी गाउँपालिका– ३ को खुदीमा आयोजना गरिएको एकादशी मेलाका अवसरमा सञ्चालन गरिएको पालिकाको वडास्तरीय फुटबल प्रतियोगिताका ६ खेल कार्तिक १८ गते सम्पन्न भएका छन् । सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले प्रतियोगिताको १७ गते उदघाटन गर्नु भएको हो ।
सो गाउँपालिका– ३ को खुदी बजार स्थित अमर माविको हातामा सञ्चालन गरिएको सेभेन ए साइट फुलबल प्रतियोगितामा २० टिमले भाग लिएको आयोजक खुदी युथका सचिव अभिषेक भण्डारीले बताउनु भयो । उहाँका अनुसार पहिलो खेल वडानं– १ को लामागाउँ र वडानं– ६ का बीचमा भएकोमा १– ० गोल अन्तरले लामागाउँ टिम अघि बढेको छ ।
त्यस्तै, वडानं– ७ को र वडानं– ३ को भलामचौर टिम बीचभएको प्रतिस्पर्धामा खेल अवधिमा कुनै गोल हुन सकेन । पेनाल्टीमा ३– २ गोल अन्तरले वडानं– ७ को विजयी भएको छ । वडानं– ६ को ठूलीबेसी र वडानं– ३ सिउरुङ बीच भएको प्रतिस्पर्धामा १– ० गोल अन्तरले ठूलीबेसी टिम विजयी भएको उहाँको भनाइ छ ।
त्यसैगरी, आयोजक खुदी युथ वि र सूर्यज्योति क्लबका बीच भएको प्रतिस्पर्धामा खेल अवधिमा कुनै गोल भएन । त्यसपछिको पेनाल्टी सुट आउटमा २– ० गोल अन्तरले आयोजक टिम अघि बढेकोछ सचिव भण्डारीले जानकारी दिनु भएको छ । उहाँका अनुसार वडानं– ३ को अमर युवा क्लब टारीकुना र वडानं– ९ को टिमका बीच भएको खेलामा पनि खेल अवधिमा दुवै पक्षबाट खेल हुन सकेन । त्यसपछि पेनाल्टीसुट आउटमा ३– २ गोल अन्तरले अमर युवा क्लब विजयी भएको छ ।
सो प्रतियोगितामा पहिलो हुने टिमलाई ५० हजार नगद, बोका कप, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई २५ हजार नगद, बोका कप, मेडल र प्रमाणपत्र रहेको आयोजक खुदी युथका अध्यक्ष रवि थापाले जानकारी दिनु भएको छ । उहाँका अनुसार उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई २/२ हजार नगद र प्रमाणपत्र प्रदान गरिने तयारी रहेको छ । प्रत्योक दिन ३/३ खेलका दरले खेलाउने गरिएको आयोजकको भनाइ छ । उहाँले भन्नुभयो, ‘२० टिम सहभागी भएको सो प्रतियोगिताको पहिलो चरणका खेल आज सक्ने कार्यतालिका छ ।’
आज पहिलो चरणका अन्तिम खेल हुने :
सो प्रतियोगिताको पहिलो चरणका खेल आज कार्तिक १९ गते सम्पन्न हुँदैछन् । भोलिबाट क्वाटर फाइनल खेल हुने कार्यतालिका रहेको आयोजक खुदी युथका सदस्य खेल सम्पर्क व्यक्ति सुनिल मोक्तानले बताउनु भयो । उहाँका अनुसार आजको पहिलो खेल वडानं २ को युनाइटेड विट घनपोखरा र वडानं ३ को मनासलु युवा क्लब ढगैंका बीचमा हुने भएको छ ।
त्यस्तै, दोस्रो खेल आयोजक टिम र युनाइटेड क्लबका बीचमा हुनेछ । यसैगरी, पहिलो चरणको अन्तिम खेल वडानं ६ र मर्स्याङदी गाउँपालिका– १ को अन्नपूर्ण आदर्श क्लबका बीचमा हुने सुनिल मोक्तानको भनाइ छ ।

प्रकाशित मिति २०८२ कार्तिक १९, बुधबार ०८:०८ गते
हजुरको प्रतिक्रिया