युनाइटेड युवा क्लब बन्यो मर्स्याङ्दी गाउँपालिका च्याम्पियन

युनाइटेड युवा क्लब बन्यो मर्स्याङ्दी गाउँपालिका च्याम्पियन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक २३ गते आईतबार ०९:१७

विजयी टिम तथा खेलाडीहरूलाई मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, वडानं २ का अध्यक्ष शंकर गुरुङले संयुक्त रुपमा पुरस्कार र प्रमाण पत्र वितरण गर्नु भएको हो ।

फाइनल खेलमा खेलमा २– ० गोल अन्तरले युनाइटेड युवा क्लब घनपोखरा मर्स्याङदी गाउँपालिका– २ विजयी भई पालिकास्तरीय च्याम्पियन बनेको हो ।

खुदी(लमजुङ)– लमजुङको उत्तरी क्षेत्रमा रहेको मर्स्याङदी गाउँपालिका– ३ को खुदीमा ठूली एकादशी मेलाका अवसरमा सञ्चालन गरिएको पालिकाको वडास्तरीय फुटबल प्रतियोगिता युनाइटेड युवा क्लब मर्स्याङ्दी गाँउपालिका– २ घनपोखरा च्याम्पियन बनेको छ । सो क्रमको खेलमा २– ० गोल अन्तरले युनाइटेड युवा क्लब घनपोखरा मर्स्याङदी गाउँपालिका– २ विजयी भई पालिकास्तरीय च्याम्पियन बनेको हो ।
मर्स्याङदी गाउँपालिकाको वडास्तीय पहिलो सो प्रतियोगिताको फाइनल खेल कार्तिक २२ गते गरिएको हो । त्यस प्रतियोगिताको फाइनल खेल युनाइटेड युवा क्लब मर्स्याङ्दी गाँउपालिका– २ घनपोखरा वडा नं. ९ को भलाम चौर टिमका बीच भएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक रहेको सो खेलको खेल अवधिमा दुवै पक्षबाट गोल हुन सकेन । त्यसपछि खेल पेनाल्टी सुट आउटमा प्रवेश ग¥यो । सो क्रमको खेलमा २– ० गोल अन्तरले युनाइटेड युवा क्लब घनपोखरा मर्स्याङदी गाउँपालिका– २ विजयी भई पालिकास्तरीय च्याम्पियन बनेको हो आयोजक खुदी युथका सचिव अभिषेक भण्डारीले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा दोस्रो हुने भलामचौर टिमका सुविर गुरुङ उत्कृष्ठ खेलाडी छनौट भए भने विजेता टिमका सूर्य विकले सर्वाधिक गोलकर्ताको उपाधि जितेका छन् । विकले खेल अवधिभर तीन गोल गरेको भण्डारीले जानकारी दिनु भयो ।
सो प्रतियोगितामा पहिलो हुने टिमल ५० हजार नगद, बोका कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो हुने टिमलाई २५ हजार नगद, बोका कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको अयोजक समितिका सदस्य विशाल रावलले जानकारी दिनु भयो । उहाँका अनुसार उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई २/२ हजार नगद र प्रमाणपत्र प्रदान गरिने तयारी रहेको छ ।
प्रतियोगिताको फाइनल खेल हुनु अघि कार्यक्रम स्थल रहेको खुदी बजारको तल्लो टोल र माथिल्लो टोलका आमा समूहका बीचमा मैत्रीपूर्ण खेल सञ्चालन गरिएको थियो । सो खेलमा २– ० गोल अन्तरले तल्लो टोल आमा समूह विजयी भएको आयोजक खुदी युथका अध्यक्ष रवि थापाले बताउनु भयो । उहाँका अनुसार विजयी टिम तथा खेलाडीहरूलाई मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, वडानं २ का अध्यक्ष शंकर गुरुङले संयुक्त रुपमा पुरस्कार र प्रमाण पत्र वितरण गर्नु भएको हो ।
सेभेन ए साइडको सो प्रतियोगितामा २० टिमले भाग लिएको आयोजकको भनाइ छ । ठूली एकादशी मेलाका अवसरमा छेलो हान्ने, डोरी तान्ने लगायतका प्रतियोगिता पनि गरिएको थियो ।

प्रकाशित मिति २०८२ कार्तिक २३, आईतवार ०९:१७ गते
हजुरको प्रतिक्रिया