सातौं मर्स्याङ्दी कप– २०८२ उदघाटन : १७ विद्यालय सहभागी

सातौं मर्स्याङ्दी कप– २०८२ उदघाटन : १७ विद्यालय सहभागी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक २८ गते शुक्रबार ०७:२७

मर्स्याङ्दी कपमा पहिलो हुने विद्यालयले नगद २५ हजार, मर्स्याङ्दी कप र प्रमाणपत्र पाउने छ भने दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः २० हजार र १५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनुका साथै प्रत्येक खेलका विजेतालाई पनि पुरस्कारको प्रवन्ध गरिएको आयोजक पालिकाले जानकारी दिएको छ ।

यो अवसरमा एथलेटिक्सका सबै खेल हुने र ती छात्र र छात्राका लागि भलिबल पनि छुट्टाछुट्टै प्रतिस्पर्धा सुरु भएको छ । ती खेल १७ वटा छन्, छात्र र छात्राको अलग अलग गर्दा ३४ हुन्छ, नृत्य प्रतियोगिता र छात्र फुटबल गरी ३६ खेल सञ्चालन गर्ने थालिएको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो ।

ङादी(लमजुङ)– लमजुङको मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा सातौं मर्स्याङ्दी कप– २०८२ उदघाटन गरिएको छ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सोही पालिका– ८ को यशहाँ स्थित खेल मैदानमा आयोजित औपचारिक कार्यक्रममा सो कपको उदघाटन कार्तिक २७ गते गर्नु भएको हो ।
सो गाउँपालिकाले तय गरेको नारा ‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधार — कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ तथा ‘खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नाराका साथ सातौं मर्स्याङ्दी कप– २०८२ सुरु गरिएको हो ।
सो प्रतियोगितामा पालिका भित्रका १७ विद्यालयले भाग लिएका छन् भने सो अवधिमा कुल ३६ खेलको प्रतिस्पर्धा गरिने भएको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार एथलेटिक्सका सबै खेल हुनेछन् छात्र र छात्राका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा सुरु भएको छ । उहाँले भन्नुभयो, ‘साथमा भलिबल ती खेल १७, छात्र र छात्राको गर्दा ३४ हुन्छ । नृत्य प्रतियोगिता र छात्र फुटबल गरी ३६ खेल सञ्चालन गर्ने तयारी छ ।’
गणित दौड लगायतका केही खेलको पहिलो दिन मै नतिजा आएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रतियोगिता चार दिनमा सक्ने योजना छ ।
सो प्रतिस्पर्धामा पहिलो हुने विद्यालयले ५ अंक, दोस्रो हुनेले ४ अंक, तेस्रो हुनेले ३ अंक र सहभागिताको १ अंक दिइने र अन्त्यमा सबै विद्यायको अंक जोड गरी पुरस्कृत हुने विद्यालयलाई छनौट गर्ने नीति तय गरिएको मस्र्याङ्दी गाउँपालिकाका शिक्षा शाखा प्रमुख अर्जुन चपाईले बताउनु भयो । उहाँका अनुसार मर्स्याङ्दी कपमा पहिलो हुने विद्यालयले नगद २५ हजार, मर््स्याङदी कप र प्रमाणपत्र पाउने छ भने दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः २० हजार र १५ हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ । उहाँले भन्नुभयो, ‘प्रत्येक खेलका विजेतालाई पनि पुरस्कारको प्रवन्ध गरिएको छ ।’

प्रकाशित मिति २०८२ कार्तिक २८, शुक्रबार ०७:२७ गते
हजुरको प्रतिक्रिया