ठूलो भाग खाने लोभले सन्तोष परियारले छाडे रास्वपा

ठूलो भाग खाने लोभले सन्तोष परियारले छाडे रास्वपा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक २८ गते शुक्रबार ०८:२३

सन्तोष परियारले पनि हैसियतभन्दा बढी पार्टीबाट पाएका थिए । र, उनले झनै बढी पाउने लोभमा रास्वपा छाडेका ह्न् भन्ने बुझन् कठिन हुँदैन । तर त्यो मनको लड्डुमा परिणत हुनेछ । उनले पार्टीलाई दिए के त्यसको जवाफ उनेले दिन सक्नु पर्छ ? 

परियारले समाहित हुने चाहना राखेको नयाँ शक्ति विगतका दुईवटा आम निर्वाचनमा टेष्ट भइसकेको पार्टी हो । यसबाट परियारको नयाँ अभियानको आंकलन गर्न सकिन्छ ।

काठमाडौँ– रास्वपाकाका सचिवालय सदस्य सन्तोष परियारले ठूलो भाग खानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् । दुईवटा आम निर्वाचनमा टेष्ट भइसकेको नयाँ शक्तिमा समाहित हुनका लागि उनले रास्वपाबाट कार्तिक २८ गते राजीनामा दिएको बुझिन आएको छ ।
उनले राजीनामा पत्रमा बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै जेनजी आन्दोलनपछिको परिस्थितिलाई राष्ट्र र जनताको जीवनसँग जोड्न फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने अवस्था आएकाले राजीनामा दिनुपरेको उल्लेख गरेका हुन् ।
हैसियतभन्दा बढी पार्टीबाट पाएका थिए र त्यस्तो सो पनि गर्थे :
सन्तोष परियारले पनि पूर्वमहामन्त्री मुकुल ढकालले झैं आफ्नो हैसियतको भन्दा बढी आफूलाई ‘सो’ गर्ने गरेको उनको लमजुङ भ्रमणका बेलामा उनीसँग नजिकबाट संगत गर्नेहरू धेरैले त्यो बेलामा अनुभूति गरेका थिए । तर केन्द्रको नेताको बढी टिकाटिप्पणी किन गर्नु भरेर मौन रहेको उनीहरूले बताएका थिए ।
सन्तोष परियारले पनि हैसियतभन्दा बढी पार्टीबाट पाएका थिए । र, उनले झनै बढी पाउने लोभमा रास्वपा छाडेका ह्न् भन्ने बुझन् कठिन हुँदैन । तर त्यो मनको लड्डुमा परिणत हुनेछ । समानुपातिकतर्फ निवर्तमान सांसद रहेका परियारलाई प्रतिनिधि सभा प्रमुख सचेतक बताएर उनको हैसियत उठाउने काम कस्ले गरेको थियो । त्यो बेलामा पार्टीबाट उनले त्यो भन्दा बढी पाउन सक्ने अवस्था पनि त देखिदैनथ्यो तर त्यो सबै पाएवापत उनले पार्टीलाई दिए के त्यसको जवाफ उनेले दिन सक्नु पर्छ ?
उनले चलाउने भनेको कथित ‘नयाँ अभियान’ मनको लड्डु घिउसँग खाने भन्या जस्तै हुनेछ । किनकि, परियारले समाहित हुने चाहना राखेको नयाँ शक्ति विगतका दुईवटा आम निर्वाचनमा टेष्ट भइसकेको पार्टी हो । भक्तपुर जिल्लामा स्थायी बसोबार भएका, प्रत्यक्षतर्फबाट चुनाव जित्ने हैसियत राख्न नसक्ने परियारले रास्वपाले दोस्रो पटक समानुपातिकको टिकट नदिने भन्दासाथ पार्टीबाट हात धुने निर्णयमा पुगेका हुन् भन्ने बुझ्न कठिन छैन । उनले पार्टीलाई दिए के त्यसको जवाफ उनेले दिन सक्नु पर्छ ?
राजिनामा पत्रको विवरण :
श्री महामन्त्रीज्यू,
राष्ट्रिय स्वतन्त्र पार्टी, बनस्थली, काठमाडौं
विषय : राजीनामा सम्बन्धमा ।
आदरणीय महामन्त्रीज्यू, सर्वप्रथम त राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य भएर वैकल्पिक राजनीतिक अभियानको एउटा सदस्य हुन पाएकोमा र रास्वपाको जिम्मेवार सदस्य भएर नेपाली समाजको रूपान्तरणमा थोरै भए पनि राजनीतिक योगदान गर्न पाएकोमा वैकल्पिक राजनीतिक अभियानका सुरूवातकर्ता सबैप्रति हार्दिक नमन ।
रास्वपाको सदस्य भइरहँदा मैले पार्टी र देशको हितमा इमान्दार प्रयत्न गरेको छु । निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु । नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुःखी छु ।
यसै सन्दर्भमा गएको भदौ २३ र २४ गते नेपालको राजनीतिक इतिहासमा भएको पछिल्लो पुस्ता (Gen–G) को विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ । यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ । जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलिरहेको छ भन्ने मेरो बुझाइ हो । यसका लागि हरेक राजनीतिक पार्टी र व्यक्तिले पनि आगामी नेपाली राजनीतिलाई अझ फराकिलो हिसाबमा सोच्नुपर्ने अवस्था आएको छ ।
नेपाली राजनीतिक आन्दोलनको पुनर्संचना, अवधारणाहरूको पुनः परिभाषा र संगठनहरूको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो पुस्ताको काँधमा आएको छ ।
तसर्थ, बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति कार्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा र पार्टीको साधरण सदस्यसम्म नरहने निवेदन गर्दछु ।
रास्वपामा रहेर विभिन्न भूमिकामा काम गरिरहँदा मलाई साथ र सहयोग गर्ने सबै रास्वपाका प्रिय साथीहरूप्रति आभारी छु । यो देश निर्माणको क्रममा, समाज रूपान्तरणको क्रममा अनि आम नेपाली नगरिकको जीवनलाई गुणस्तरीय, सुरक्षित र समृद्ध बनाउने राजनीतिक यात्रामा फेरि भेटियो भने, मिठो सहकार्य हुनेछ ।
सन्तोष परियार,
सचिवालय सदस्य, रास्वपा

प्रकाशित मिति २०८२ कार्तिक २८, शुक्रबार २०:२३ गते
हजुरको प्रतिक्रिया