सुन्दरबजार(लमजुङ)– यहाँ स्थित सुन्दरबजार बहुउद्देस्यीय सहकारी संस्था लि.को १६ औ बार्षिक साधारण सभा तमु समाज भवनमा सम्पन्न भएको छ । साकोसका अध्यक्ष उत्तम गुरुङको अध्यक्षतामा भएको कार्यक्रम जेष्ठ शेयर सदस्य एबम् चन्द्रसिं घलेको प्रमुख आतिथ्यमा कार्तिक २९ गते सम्पन्न भएको हो । सो सभाले नयाँ कार्यसमितिको समेत चयन गरेको छ ।

जेष्ठ शेयर सदस्य घलेले सहकारीको केन्द्रीय कार्यलयबाट हालै मात्र प्रमुख अतिथिको जिम्मेवारी जेष्ठ शेयर सदस्य दिने निर्णय भएकोले आफूलाई भाग्यमानी ठानेको बताउनु भयो । उहाँले समयमै ब्याज र किस्ता तिर्न अनुरोध गर्नु भएको थियो ।

उक्त साकोसमा ६५ करोड ९२ लाख नौ हजार तीन सय रुपैयाँ शेयर पुँजी रहेको छ । ६० करोड ९१ लाख ७१ हजार ७ सय ९३ रुपैयाँ बचत सङ्कलन रहेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै ४८ करोड ७५ लाख ९२ हजार ७ सय ९५ रुपैयाँ कर्जा लगानी भएको छ भने ७२ करोड ६९ लाख ८६ हजार ६ सय ४९ रुपैयाँ कारोवार गरेको छ ।

कार्यक्रममा समाजसेवी विष्णुभक्त अधिकारी, वीरसुब्बा गुरुङ, निर्मल के.सी., शिवराज खनान लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसमरा बाल बचतबाट पुरस्कार सोजित के.सी, अमिरा खातुङ्मिया, विधान गुरुङ, युएन श्रेष्ठ, सिध्या श्रेष्ठ, सोबित श्रेष्ठ, अनुभव गुरुङ, साइमन गुरुङ, जेसिका कडेललाई बाल वचतकर्ताको रुपमा सम्मान गरिएको छ । त्यस्तै, गञ्जबगादुर गुरुङ, चन्द्रबहादुर गुरुङ उत्कृष्ट वचतकर्ताको रुपमा सम्मान गरिएको साकोसले जनाएको छ ।

उपाध्यक्ष खोजबहादुर गुरुङले स्वागत मन्तव्य गर्नु भएको कार्यक्रम संस्थाका प्रबन्धक नेत्र गुरुङले सञ्चालक गर्नु भयको थियो । उहाँका अनुसार उक्त सहकारी संस्थामा सात हजार तीन सय सेयर सदस्य रहेका छन् । आर्थिक प्रतिवेदान आ.व ०८१/८२ अनुसार सो संस्थाको शेयर रकम ः छ करोड ५९ लाख २९ हजार तीन सय रुपैयाँ रहेको छ ।

संस्थाका कोषाध्यक्ष क्या. जितबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै जगेडा कोषमा दुई करोड १४ लाख ३७ हजार २८४ रुपैयाँ रहेको तथा कुल कारोबार ७२ करोड ६९ लाख ८६ हजार ६४९ रुपैयाँ रहेको जानकारी दिनुभयो ।

त्यसैगरी, वचत संकलनतर्फ छ करोड ९१ लाख ७१ हजार ७९३ रुपैयाँ रहेको छ भने कर्जा लगानीमा ४८ करोड, ७५ लाख ९२ हजार ७९५ रुपैयाँ रहेको प्रबन्धक नेत्र बहादुर गुरुङले जानकारी दिनुभएको छ ।
कार्यक्रममा कर्मदा सिर्जना मञ्चका कार्यवाहक अध्यक्ष लक्ष्मीप्रसाद मिश्रद्वारा कविता वाचन गर्नु भएको थियो । रेड्क्रस सोसाइटी सुन्दरबजार उपसाखा सभापति निर्मल के.सी, दीप ज्योति साकोसका सचिव शिवराज खनाल, नाग भैरव बहुउदेश्य सहकारीका प्रबन्धक युवराज सोती, भुजेल समाजका अध्यक्ष नथबहादुर भुजेल, दुरा सेवा समाजका अध्यक्ष नयनसिंह दुराले शुभकामना व्यक्त गर्नु भएको थियो । अन्नपूर्ण टोलसुधारका अध्यक्ष देबेन्द्र पौडेल, पत्रकार महासंघका अध्यक्ष सन्देश पौडेल, साकोसका सल्लाकारहरू लगायतको आतिथ्यता रहेको थियो ।

नयाँ कार्य समिति सर्वसम्मत चयन :
सो अवसरमा संस्थाको सञ्चालन समितिको निर्वाचन सर्वसम्मत रुपमा गरिएको थियो । जसमा अध्यक्ष ः खोजबहादुर गरुङ, उपाध्यक्ष ः सुवे रनबहादुर घले, सचिव ः क्या जितबहादुर गुरुङ, कोषाध्यक्ष सीतामाया गुरुङ, सदस्यहरूमा क्या पूर्ण बहादुर गुरुङ, तिर्थमाया गुरुङ, इन्द्र बहादुर गुरुङ, चन्द्र कुमारी गुरुङ, विर सुव्वा गुरुङ हुनुहुन्छ ।

संयोजक सुवे मिमबहादुर गुरुङ, सदस्य द्वय सुवे जगतबहादुर घले र सुकमाया गुरुङ चयन हुनुभएको प्रवन्धक नेत्र गुरुङले जानकारी दिनुभएको छ ।

नगरपालिका रासायनिक मलको सेवाबाट बञ्चित गरेकोमा सदस्यद्वारा आक्रोश व्यक्त :
उक्त अवसरमा सेयर सदस्यलाई रासायनिक मल समेत विक्रि गर्दै आएकोमा सो सहकारीलाई पछिल्ला दुई वर्षदेखि भने सुन्दरबजार नगरपालिकाको त्यो सेवाबाट बञ्चित गरेकोमा केही सेयर सदस्यहरू आक्रोश तथा सञ्चालकहरूले गुनासो गरेका थिए ।

स्मणीय छ, सुन्दरबजार बहुउद्देस्यीय सहकारी संस्था लि. जिल्लामा आफ्नै कार्यालय भवन रहेका न्यून संस्थाहरूमा पर्दछ ।
प्रकाशित मिति २०८२ कार्तिक ३०, आईतवार १८:४६ गते