आम निर्वाचनमय बन्दै देश : माघ ६ गते प्रतिनिधि सभा सदस्यको मनोनयन

आम निर्वाचनमय बन्दै देश : माघ ६ गते प्रतिनिधि सभा सदस्यको मनोनयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर १ गते सोमबार ०९:३५

घोषित निर्वाचन कार्यक्रम अनुसार माघ ९ गते दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ र सोही दिन ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । सोही दिन साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

उक्त दिन बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

काठमाडौं– आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमय बन्दै गएको छ देशको वातावरण । आयोगले पहिलो हुने निर्वाचित हुन् निर्वाचन प्रणाली प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम कार्तिक ३० गते सार्वजनिक गरेसँगै त्यस्तो अनुभूति भएको हो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ६ गते उम्मेदवारी मनोनयनपत्र दर्ता रहेको छ । उक्त दिन बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गर्न सकिने आयोगले जनाएको छ ।
सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने छ । माघ ७ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । त्यसको भोलिपल्ट अर्थात माघ ८ गते साँझ ५ बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
घोषित निर्वाचन कार्यक्रम अनुसार माघ ९ गते दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ र सोही दिन ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । सोही दिन साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने यही २० गतेदेखि सञ्चालन हुनेछ । २१ मंसिर बिहान १० देखि २३ मंसिरको दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्न सक्ने छन् ।

मंसिर २४ गते निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने, १३ र १४ पुस बिहान १० देखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने र माघ २० गते साँझ ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गरिने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनु भएको छ । उहाँका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यक्रम छ ।
हालसम्म निर्वाचनमा आयोगमा १२२ राजनीतिक दल दर्ता भएका छन् आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार निर्वाचन घोषणाका दिन १२२ दल दर्ता थियो भने अहिले पनि सोही संख्या दल दर्ता भएका छन् । उहाँले भन्नुभयो, ‘यस अवधिमा ७ दल खारेज हुँदा ७ नयाँ दलले प्रमाणपत्र पाएका हुन् ।’
आयोगले निर्धारण गरेको दल दर्ताका लागि दरखास्त दिने अन्तिम दिन हिजो थियो ।
यो बीचमा निवेदन दिएका २८ दल दर्ता प्रक्रियामा रहेको भट्टराईको भनाइ छ । उहाँले भन्नुभयो, ‘ती दलका हकमा कानुनबमोजिम कागजपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया अघि बढेको छ ।’

प्रकाशित मिति २०८२ मंसिर १, सोमबार ०९:३५ गते
हजुरको प्रतिक्रिया