मर्स्याङ्दी कपमा पहिलो हुने विद्यालयले नगद २५ हजार, मर्स्याङ्दी कप र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः २० हजार र १५ हजार नगद र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् ।
मर्स्याङ्दी कपमा १७ वटा विद्यालयले भाग लिएका थिए भने खेल अवधीमा विभिन्न ३६ वटा विभिन्न विधामा अन्तर–विद्यालय खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिएको थियो ।
ङादी(लमजुङ)– लमजुङको मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको सातौं मस्र्याङ्दी कप २०८२ मा हिमचुली अवासिय मा.वि. पहिलो भएको छ । ङादी खेल मैदानमा सञ्चालन भएको मर्स्याङ्दी कप प्रतियोगिताको कार्तिक ३० गते घोषित नतिजा अनुसार १ सय ८ अंक प्राप्त गरी हिमचुली मा.वि. खुदी पहिलो हुन सफल भएको हो ।
महेन्द्र देव मा.वि. तराँचे दोस्रो भएको छ । सो माविले १ सय ५ अंक प्राप्त गरेको आयोजक मर्स्याङ्दी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख अर्जुन चपाईले बताउनु भयो । उहाँका अनुसार ८४ अंकसहित त्रिभुवन मावि घनपोखरा तेस्रो भयो ।
प्रतियोगिता सम्पन्न भएपछि समापन कार्यक्रमको आयोजना गरी मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको प्रमुख आतिथ्यतामा विजेता खेलाडी विद्यार्थीहरू तथा विद्यालयलाई पुरस्कार वितरण कार्यक्रम गरिएको थियो । अध्यक्ष गुरुङले प्रतियोगितामा सक्रिय रुपमा भाग लिएकोमा सम्पूर्ण विद्यालयहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्षहरूमा अझ सशक्त तयारीसहित मर्स्याङ्दी कपको उपाधि जित्ने ध्येयका साथ अघि बढ्न आग्रह गर्नुभयो । उहाँले कार्यक्रमलाई सफल र अनुकरणीय बनाउन अहम भूमिका निभाउनु हुने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
गाउँपालिकाको युवा तथा खेलकुद विकास समितिका अध्यक्ष खेम घलेको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम भएको गाउँपालिका अध्यक्ष गुरुङका स्वकीय सचिव प्रदीप गुरुङले बताउनु भयो । उहाँका अनुसार मस्र्याङ्दी कपमा पहिलो हुने विद्यालयले नगद २५ हजार, मस्र्याङ्दी कप र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः २० हजार र १५ हजार नगद र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् ।
‘खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको मर्स्याङ्दी कपमा १७ वटा विद्यालयले भाग लिएका थिए भने खेल अवधीमा विभिन्न ३६ वटा विभिन्न विधामा अन्तर–विद्यालय खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिएको थियो ।
मर्स्याङ्दी गाउँपालिकाको युवा तथा खेलकुद विकास समितिका अध्यक्ष खेम घलेको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम भएको गाउँपालिका अध्यक्ष गुरुङका स्वकीय सचिव प्रदीप गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार सो समितिका सह–सचिव पूर्णबहादुर गुरूङले समापन कार्यक्रमको सञ्चालन गर्नुभएको थियो !
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..