रास्वपाका प्रवक्ता झा लमजुङ आउँदै

रास्वपाका प्रवक्ता झा लमजुङ आउँदै

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर ४ गते बिहिबार ०७:०४

उहाँ अघिल्लो दिनमा नै लमजुङ आउनु हुने रास्वपा जिल्ला समितिले जनाएको छ ।
सो अवसरमा बेसीशहर नगरपालिका वडा नं ३ र ९ को अधिवेशन तथा बृहत पार्टी प्रवेश कार्यक्रम राखिएको रास्वपाको जिल्ला समितिको भनाइ छ ।

बेसीशहर नगरका दुई वडाको मंसिर ६ गते हुने संयुक्त अधिवेशनलाई सम्बोधन गर्न यहाँ आउनु हुनु भएको हो ।

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय प्रवक्ता एवम् पूर्व सांसद मनिष झा लमजुङ आउने हुनु भएको छ । रास्वपाको जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरका दुई वडाको मंसिर ६ गते हुने संयुक्त अधिवेशनलाई सम्बोधन गर्न यहाँ आउनु हुनु भएको हो ।
नेता झा अघिल्लो दिनमा नै लमजुङ आउनु हुने रास्वपा जिल्ला समितिले जनाएको छ । रास्वपा स्रोतका अनुसार वडा अधिवेशन प्रगतिटोल तमु बाबा आमा समूहको भवन, हस्पिटल लाइनमा सो दिन विहान ११ बजे कार्यक्रम हुने जानकारी गराइएको छ । सो अवसरमा बेसीशहर नगरपालिका वडा नं ३ र ९ को अधिवेशन तथा बृहत पार्टी प्रवेश कार्यक्रम राखिएको रास्वपाको जिल्ला समितिको भनाइ छ ।

प्रकाशित मिति २०८२ मंसिर ४, बिहीबार ०७:०४ गते
हजुरको प्रतिक्रिया