नइद्वारा दुर्गमका चार छात्रालाई नइ कपिल विद्या पदक प्रदान

नइद्वारा दुर्गमका चार छात्रालाई नइ कपिल विद्या पदक प्रदान

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर ११ गते बिहिबार ०९:३०

नइ एकेडेमीले २०७९ सालदेखि सुप्रसिद्ध मनोचिकित्सक डा. कपिलदेव उपाध्यायका सम्मानमा बर्षेनी ‘नइ कपिल विद्यापदक’ समर्पण गर्दै आएको छ ।

चारै जना छात्रालाई अनलाइनबाट पुरस्कारका राशि प्रदान गरिएको हो । चार दुर्गम जिल्लाका छात्राहरू २०८२ सालका सर्वोत्कृष्ट घोषित भएका हुन् ।

काठमाडौं– नइ एकेडेमीद्वारा दुर्गमका चार जना छात्रालाई नइ कपिल विद्या पदक प्रदान गरिएको छ । ती चारै जना छात्रालाई अनलाइनबाट मंसिर ८ गते पुरस्कारका राशि प्रदान गरिएको हो । उनीहरूलाई चार दुर्गम जिल्लाका छात्राहरू २०८२ सालका सर्वोत्कृष्ट घोषित भएका हुन् ।
डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका सर्वश्री सुमित्रा बूढा, सौमती शाही, प्रतीक्षा विष्ट र इशारा कोट्टारीलाई जनही तीसतीस हजार रुपैयाँ राशि सहित ‘नइ कपिल विद्यापदक’ समर्पण गरिएको छ ।
चारै जना छात्रालाई अनलाइनबाट पुरस्कारका राशि प्रदान गरिएको हो । चार दुर्गम जिल्लाका छात्राहरू २०८२ सालका सर्वोत्कृष्ट घोषित भएका हुन् ।
चार जिल्लाका सरकारी स्कुलबाट कक्षा १२ का छात्रामध्ये सर्वोत्कृष्टलाई ‘नइ कपिल विद्या पदक’ प्रदान हुँदै आएको नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार सर्वोत्कृष्ट घोषित छात्राहरू डोल्पाको आदर्श स्कुल, हुम्लाको मानसरोवर स्कुल, बाजुराको जनप्रकाश स्कुल र दार्चुलाको लटीनाथ स्कुलका रहेका छन् ।
नइ एकेडेमीका सदस्यसचिव प्रसाईले भन्नुभयो, ‘नइ एकेडेमीले २०७९ सालदेखि सुप्रसिद्ध मनोचिकित्सक डा. कपिलदेव उपाध्यायका सम्मानमा बर्षेनी ‘नइ कपिल विद्यापदक’ समर्पण गर्दै आएको छ ।’

प्रकाशित मिति २०८२ मंसिर ११, बिहीबार २१:३० गते
हजुरको प्रतिक्रिया