सिर्जनात्मक साकोसको २९ औं बार्षिकोत्सव एवम् २६औं बार्षिक साधारण सभामा विविध कार्यक्रम

सिर्जनात्मक साकोसको २९ औं बार्षिकोत्सव एवम् २६औं बार्षिक साधारण सभामा विविध कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर २१ गते आईतबार ०१:००

जगेडा कोष ९ करोड १३ लाख ९ हजार ३३९ रुपैयाँ, १४ करोड ३६ लाख ४८ हजार १९८ रुपैयाँ तरलता रहेको साकोसले बताएको छ । २ हजार ४०५ जना महिला सदस्य, १ हजार ९०२ जना पुरुष सदस्य र ८८५ जना बाल वचत सदस्य रहेको जानकारी दिइएको थियो ।

उक्त अवसरमा साकोसले १७ जना बाल सदस्य सम्मान गरिएको थियो ।

भोटेओडार(लमजुङ)– यहाँ स्थित सिर्जनात्मक साकोसको २९ औं बार्षिकोत्सव एवम् २६ औं बार्षिक साधारण सभा विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न भएको छ । लमजुङ जिल्ला सहकारी सघको विजय गुरुङको प्रमुख आतिथ्यतामा सो बार्षिकोत्सव तथा बार्षिक साधारण सभा मंसिर २० गते सम्पन्न भएको हो ।
प्रमुख अतिथि गुरुङले सो सभाको उदघाटन गर्नु हुँदै नेपाल सरकारको तीन खम्बे अर्थनीति अनुसार सहकारी एउटा खम्बा भएको हुँदा त्यसको दायित्व पूरा गर्न हामी सहकारीहरू सदैव तयार रहेका छौं र तयार रहनु पर्छ भन्नु भयो । उहाँले केही खराब नियत भएका सञ्चालकका कारणले सहकारी अभियान नै बदनाम हुने स्थितिमा पुगेको हुँदा हामी बढी सचेत हुन जरुरी छ भन्नुभयो ।
सो अवसरमा साकोसको १० करोड ४० लाख ५२ हजार १०० रुपैयाँ शेयर पूँजी रहेको, ४४ करोड, ६४ चौसठ्ठी लाख, ४१ हजार १७४ रुपैयाँ वचत, ५१ करोड ४३ लाख ८५ हजार १७४ रुपैयाँ ऋण लगानी भएको जानकारी दिइएको थियो ।
संस्थाको जगेडा कोष ९ करोड १३ लाख ९ हजार ३३९ रुपैयाँ, १४ करोड ३६ लाख ४८ हजार १९८ रुपैयाँ तरलता रहेको साकोसले बताएको छ । २ हजार ४०५ जना महिला सदस्य, १ हजार ९०२ जना पुरुष सदस्य र ८८५ जना बाल वचत सदस्य रहेको जानकारी दिइएको थियो ।
साकोसका अध्यक्ष रामजी कँडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा भोटेओडार क्षेत्र, सुन्दरबजार क्षेत्र, दोर्दी क्षेत्र अन्तरगत ५ वटा इकाइबाट छनौट हुनुभएका शेयर सदस्यहरूको उपस्थितिमा सो सधारणसमा भएको थियो । यसअघि ती ५ वटा इकाइमा छुट्टाछुट्टै साधारण सभा गरिएको थियो । साकोसले सेयर सदस्यहरूको हित एवम् सुविधालाई ध्यानमा राख्दै सामाजिक उत्तर दायित्वतर्फ संस्थाले पुष्पाञ्जली हस्पिटल भरतपुरसँग स्वास्थ्य उपचार गर्नका लागि सदस्यलाई विशेष छुट सहित सम्झौता गरिएको अध्यक्ष कँडेलले जानकारी दिनु भएको थियो ।
कार्यक्रममा संस्थापक एवम् पूर्वअध्यक्ष किर्तिनाथ सापकोटा, संस्थापक तथा रेडियो भोटेअ‍ोडारका अध्यक्ष हरि प्रसाद अधिकारी, भक्ति आदर्श क्याम्पसका अध्यक्ष डम्मरबहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गनुर्भएको थियो । उक्त कार्यक्रममा यसै क्षेत्रमा रहेको लालीगँुरास अंग्रेजी बोर्डिङ स्कुलका ससाना वाल सदस्यहरूले नाच प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा साकोसले १७ जना बाल सदस्य सम्मान गरिएको थियो । जसमा प्रज्वल अधिकारी, एञ्जल गुरुङ, आशीका अधिकारी, सोनिया गुरुङ, सुसान गुरुङ, एलिस वाग्ले, अर्थव थापा, प्रियन्स पोख्रेल, रावन अधिकारी, अखिल गुरुङ, विधान अधिकारी, शुबु कार्की, अंशु खनाल, अर्पण खनाल र दिव्यम ढकाललाई सम्मानित भएका हुन् । असल ऋणिको तर्फबाट रमा कुँवर र असल वचतकर्ताको तर्फबाट चिजा गुरुङ छन् ।
उक्त कार्यक्रमको विशेष अतिथिमा सल्लाहकार हरिप्रसाद अधिकारी, जिल्ला संघका उपाध्यक्ष राधादेवी श्रेष्ठ, वरिष्ठ साहित्यकार एवम् सल्लाहकार गोविन्दबहादुर कुँवर, सल्लाहकारहरू कीर्तिनाथ सापकोटा, ध्रुबबहादुर कुँवर, अतिथिहरू मिरा खनाल, डम्बरबहादुर काकी, ज्योतिचन्द्र सापकोटा, भैरवकान्त अधिकारी, हुमबहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।
संस्थाका उपाध्यक्ष चन्द्रमा घिमिरेले स्वागत गर्नुभएको सो कार्यक्रमको सञ्चालन सचिव मेनबहादुर घलेले गर्नुभएको थियो भने संस्थाको कोषाध्यक्ष महेन्द्र प्रसाद खनालले आर्थिक प्रतिवेदन बारे प्रष्ट पार्नुभएको थियो ।

प्रकाशित मिति २०८२ मंसिर २१, आईतवार १३:०० गते
हजुरको प्रतिक्रिया