पूर्वडिएसपि बस्नेत रास्वपामा प्रवेश : सम्हाल्दै वडा समितिको नेतृत्व

पूर्वडिएसपि बस्नेत रास्वपामा प्रवेश : सम्हाल्दै वडा समितिको नेतृत्व

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर २३ गते मङ्गलबार ११:१०

बस्नेतले भन्नुभयो, ‘देशको यस्तो अवस्था देख्दा पनि आफ्नो अनुभव, सीप र समय अबका दिनमा रास्वपाले अंगीकार गरेको सुशासन, सामाजिक न्यायलगायतका विषयलाई पक्षपोषण गर्न खर्चने सोचले पार्टी प्रवेश गरेको हुँ ।’

२०५२ सालमा नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य बनेर समाजसेवामा सक्रिय हुन थाल्नु भएका उहाँ मूलतः सांस्कृतिक र खेलकुदको क्षेत्रमा विशेष रुचि राख्नु हुन्छ ।

लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संगठन विस्तारको क्रमले लमजुङमा गति लिइरहेको छ । यो क्रममा सशस्त्र प्रहरी बलबाट हालै निवृत्त हुनु भएका प्रहरी नायव उपरीक्षक लालबहादुर बस्नेत रास्वपामा प्रवेश गर्नु भएको छ । उहाँको त्यस कार्यले सो पार्टीको संगठन विस्तारमा थप उभार आउने विश्वास गरिएको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका– ३ सूर्यपालमा स्थायी बसोबास गरिआउनु भएका बस्नेत गत भदौ महिनाको अन्तिम सातामा निवृत्त हुनु भएको हो । उहाँले ‘देशमा बढ्दो भ्रष्टाचार, पुराना पार्टीहरूको खराव गतिविधिहरू, गल्ती महसुस नगर्ने आनी बानी, रास्वपाका सभापति रविप्रति पुरानो सरकारले गरेको राजनीतिक प्रतिशोध पूर्ण व्यवहार, सुरक्षा व्यवस्थालाई चुनौति दिने गरी गुण्डाहरूको संरक्षण, गैरजिम्मेवारपन आदिका कारणले आफू रास्वपामा प्रवेश गरेको बताउनु भयो । उहाँका अनुसार रविको भन्दा ठूला ठूला भ्रष्टाचारका मुद्दामा मुछिएका अन्य सबैले धरौटीमा निस्कन पाउने, रविले नपाउने ? न त दोषी नै करार गर्न सकेको स्थिति छ । उहाँले भन्नुभयो, ‘देशको यस्तो अवस्था देख्दा पनि आफ्नो अनुभव, सीप र समय अबका दिनमा रास्वपाले अंगीकार गरेको सुशासन, सामाजिक न्यायलगायतका विषयलाई पक्षपोषण गर्न खर्चने सोचले पार्टी प्रवेश गरेको हुँ ।’
२०५२ सालमा नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य बनेर समाजसेवामा सक्रिय हुन थाल्नु भएका उहाँ मूलतः सांस्कृतिक र खेलकुदको क्षेत्रमा विशेष रुचि राख्नु हुन्छ । सशस्त्रको सेवाका क्रममा उहाँले मध्य सशस्त्र प्रहरी बल नेपाल मातहत कास्की र हेटौंडामा गुल्मपतिका रुपमा सशस्त्र प्रहरी बल नेपाल मद्दति तथा सेवा गुल्म कास्की र मकवानपुरमा २०७७ देखि ०७९ र ०७९ देखि ०८१ सम्म २/२ बर्ष गुल्मपति भएर उत्कृष्ट कार्य गरेको विशेष अनुभव हासिल गर्नु भएको छ । नागर्जुन न.पा. वडा न. ३ गैरीगाउँ स्वयम्भु काठमाडौंको सल्लाहकार रहेर २०७२ सालमा विशेष रक्तदान युनिटको सदस्य रहेर समाजसेवामा जुट्नु भएका बस्नेतले आफ्ना नेत्र दान गरिसक्नु भएको छ । उहाँ तीनधारा सांस्कृतिक समुह, नागर्जुन नगरपालिका– ३ स्वयम्भु काठमाडौं स्थापना गरेर हाल सल्लाहकार हुनुका साथै ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङको आजीवन सदस्य समेत हुनुहुन्छ ।
रास्वपाको यही मंसिर २० गते मध्यनेपाल नगरपालिकाको दुई पिप्लेमा आयोजना गरिएको वडानं– ३ र ४ को भेलाबाट वडानं– ३ को संयोजक (वडासभापति) पदमा बस्नेत चयन हुनुभएको छ ।

प्रकाशित मिति २०८२ मंसिर २३, मंगलवार ११:१० गते
हजुरको प्रतिक्रिया