प्रजिअ डा. पाण्डेलाई लमजुङ उद्योग वाणिज्य संघद्वारा स्वागत

प्रजिअ डा. पाण्डेलाई लमजुङ उद्योग वाणिज्य संघद्वारा स्वागत

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ मङ्सिर २५ गते बिहिबार ०८:५२

यो वर्ष संघको स्वर्ण उत्सवको वर्ष रहेको जानकारी गर्दै स्थापन दिवस पुस २५ गते मनाउने गरेको संघका निवर्तमान अध्यक्ष गुणराज सिलवालले बताउनु भयो । उहाँले यो वर्ष आफूहरूले नवौं लमजुङ महोत्सव माघको पहिलो सातामा आयोजना गर्न योजना रहेको सुनाउनु भयो ।

प्रजिअ डा. पाण्डेले मन्तव्यका क्रममा लमजुङ मुलुकमै शान्त जिल्लाको सूचिमा पहिलो नंबरमा रहेको उल्लेख गर्नुभयो ।

बेसीशहर– लमजुङ जिल्लामा गत कार्तिक २३ गते प्रमुख जिल्ला अधिकारीको पद बहाली गर्नु भएका डा. टोकराज पाण्डेलाई लमजुङ उद्योग वाणिज्य संघले स्वागत गरेको छ । संघले आफ्नै सभाहलमा आयोजना गरेको एक औपचारिक कार्यक्रमका बीच मंसिर २५ गते उहाँलाई स्वागत गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका प्रजिअ डा. पाण्डेले आफ्नो मन्तव्यका क्रममा लमजुङ जिल्लाको प्राकृतिक बनोट तथा यहाँका बासिन्दाको शान्त शीलस्वभावको प्रशंसा गर्नु भयो । उहाँले लमजुङ मुलुकमै शान्त जिल्लाको सूचिमा पहिलो नंबरमा रहेको उल्लेख गर्नुभयो । ठूला उद्योगहरू नभएको यस जिल्लाको उद्योग वाणिज्यको क्षेत्र फरक प्रकृतिको रहेको भन्दै संगठन विस्तारका हिसावले बाँकी रहेको एक पालिकामा यहाँको संगठन छिटै विस्तार हुनेछ भन्ने समेत उहाँले आशा व्यक्त गर्नु भयो ।

आफूले कर कार्यालयमासमेत यहाँको वस्तुस्थिति बुझेको र अन्त्यन्त राम्रो पाएको बताउँदै उहाँले राज्यलाई गरेको सहयोग कदर योग्य छ भन्नुभयो । निजीक्षेत्रसँग मिलेर काम गर्न, समस्या भएमा त्यसको जनाकारी दिन र आफू सहजीकारणका लागि सदैव तयार रहेको उहाँले बताउनु भयो ।
उक्त कार्यक्रममा अध्यक्षता समेत गर्नु भएको लउपासंघका अध्यक्ष भरतकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्दै संघको स्थापनाकालीन इतिहास, जनप्रतिनिधि नभएको बेलामा फोहोरको व्यवस्थापन, जनप्रतिनिधि आएपछि त्यो कार्य नगरपालिकालाई हस्तान्तरण गरेको लगायतका कार्य गरेको स्मरण गर्नु भयो । संघका अध्यक्ष श्रेष्ठले डा. पाण्डेजस्तो जुझारु व्यक्तित्वलाई पाउँदा जिल्लाका व्यवसायीहरू उत्साहित भएको बताउनु भयो ।
यसैगरी, संघका निवर्तमान अध्यक्ष गुणराज सिलवालले संघको यो वर्ष स्वर्ण उत्सवको वर्ष रहेको जानकारी गर्दै स्थापन दिवस पुस २५ गते मनाउने गरेको बताउनु भयो । यो वर्ष आफूहरूले नवौं लमजुङ महोत्सवको समेत माघको पहिलो सातामा आयोजना गर्न लागेको उहाँले जानकारी दिनुभएको थियो ।
संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठले धन्यवाद मन्तव्यका साथ समापन गर्नु भएको कार्यक्रमको सञ्चालन संघका महासचिव विपिन श्रेष्ठले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ मंसिर २५, बिहीबार २०:५२ गते
हजुरको प्रतिक्रिया