लक्ष्मीनारायण साकोसको छैंटौं अधिवशेनबाट अध्यक्षमा कान्तादेवी सर्वसम्मत चयन

लक्ष्मीनारायण साकोसको छैंटौं अधिवशेनबाट अध्यक्षमा कान्तादेवी सर्वसम्मत चयन

सुधा डकाल/अनुष्का दियाली

@antaranganews

२०८२ मङ्सिर २८ गते आईतबार ०८:४१

चार जनालाई रोजगारी दिन सकेको उक्त साकोसमा जगेडा कोष ४१ लाख सात हजार ३७० रुपैयाँ रहेको, छ करोड ८४ लाख ५० हजार ७९२ रुपैयाँ बचत संकलन गर्न सक्षम रहेको उक्त संस्थाको ऋण लगानी १२ करोड ३२ लाख ४५ हजार ९५० रुपैयाँ कारोवार गरेको जानकारी अध्यक्ष घिमिरेले दिनुभएको थियो ।

उक्त साकोसले वित्तीय क्षेत्रमा बचत संकलन र ऋण प्रवाहको कार्य मात्र नगरी महिलाहरूलाई आर्थिक एवम् समाजिक रुपले सशक्त बनाउन विभिन्न आय आर्जन एवम् सीपमूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ ।

बेसीशहर– लमजुङको सदरमुकाम यहाँ स्थित महिलाहरूद्वारा सञ्चालित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ बार्षिक साधारण सभा छैटौं अधिवेशन विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । अधिवेशनले कान्तीदेवी घिमिरेको अध्यक्षतामा ७ सदस्यीय नयाँ सञ्चालक समिति मंसिर २८ गते चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मैयाकुमारी श्रेष्ठ, सचिवमा विमला पौडेल, कोषाध्यक्षमा विनिता बोहरा, सदस्यहरूमा, खातुन मिया, कला घिमिरे र सीता गौली रहनुुभएको छ ।
उक्त संस्थाको लेखा समितिको संयोजकमा अमृता घिमिरे ‘असीम’, सदस्यमा रमा न्यौपाने सर्वसम्मत रुपमा चयन हुनुभएको छ । त्यस्तै, ऋण समितिको सदस्यमा सविता बोहरालाई चयन गरिएको छ । बाँकी सदस्यहरू बैठकबाट चयन गरिने जानकारी दिइएको छ ।
लक्ष्मीनारायण नारायण सामुदायिक पुस्तकालयको सभाहलमा भएको सो कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष एवम् गण्डकी प्रदेश सभासदस्य पार्वती तामाङ प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले आफू समेत संस्थापक भएर सञ्चालनमा ल्याएको यो संस्थालाई आजको स्थानमा आएको देख्न पाउँदा खुशी व्यक्त गर्नु भयो । उहाँले यतिबेला सहकारीका वारेमा धेरै टिका टिप्पणी भए पनि लक्ष्मीनारायण सहकारी संस्था सहकारीको नीति नियम भित्र रहेर सञ्चालनमा रहेको आफूले पाइरहेको बताउनुभयो । उहाँले सस्था संचालनको क्रममा विभिन्न समस्या आइपर्न सक्छन् तर त्यसमा समयमै होसियारी अपनाएमा ती समस्यालाई क्रमिक रुपमा सुधार गर्न सकिन्छ, यसरी नै अघि बढ्न अनुरोध गर्दछु भन्नुभयो । आर्थिक पारदर्शिता र सहकारीका सिद्धान्तलाई आत्मसाथ गर्दै संस्थाप्रति सञ्चालक समिति, कर्मचारीहरू र सेयर सदस्यसमेत इमान्दार र कर्तव्यनिष्ट हुनुपर्छ उहाँले भन्नुभयो ।
साधारसभाको अध्यक्षता गर्नु भएकी साकोसका अध्यक्ष सृजना घिमिरेले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०८१÷८२ को कुल वासलत ५ करोड ४७ लाख ६७ हजार ३ सय ७५ रुपैया रहेको छ भन्नुभयो । उहाँले दुई लाख शेयर पूँजीबाट सुरु भएको साकोसको शेयर पुँजी हाल ८७ लाख १४ हजार ८ सय ९४ पैसा रहेको जानकारी दिदै २०६९ सालमा जम्मा ४० जना शेयर सदस्यबाट सुरु भएको लक्ष्मीनारायण सहकारीमा हाल १५ सय ५९ शेयर सदस्य पुगेको उल्लेख गर्नुभयो ।
चार जनालाई रोजगारी दिन सकेको उक्त साकोसमा जगेडा कोष ४१ लाख सात हजार ३७० रुपैयाँ रहेको, छ करोड ८४ लाख ५० हजार ७९२ रुपैयाँ बचत संकलन गर्न सक्षम रहेको उक्त संस्थाको ऋण लगानी १२ करोड ३२ लाख ४५ हजार ९५० रुपैयाँ कारोवार गरेको जानकारी अध्यक्ष घिमिरेले दिनुभएको थियो ।
सहकारीका सात सिद्धान्तमा समेत प्रष्ट्याउँदै अध्यक्ष घिमिरेले भावि कार्यक्रमका बारेमा समेत प्रकाश पार्नु भएको थियो । पछिल्लो समयमा केही सहकारीमा देखिएको समस्यालाई लिएर समग्र सहकारीलाई नै अविश्वास गर्न वातावरण बन्दै गएको त्यस्तो गर्न नहुने उहाँको भनाइ थियो ।
साकोसका उपाध्यक्ष ज्ञानुमाया नखोलाले स्वागत मन्तव्य र संस्थाका सचिव विमला पौडेलले सहजिकरण गर्नुभएको थियो । सो अवसरमा साधारण सभामा बार्षिक आय व्यय तथा लेखा परीक्षण प्रतिवेदन संस्थाका कोषाध्यक्ष कान्तादेवी घिमिरेले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उषा बराल, उषादेवी घिमिरे, संस्थाका सदस्य खातुन मियाले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाको संस्थापक अध्यक्ष रहनु भएकी शोभा थापाले धन्यवाद मन्तव्यका क्रममा यो संस्थाका लागि आफूले धेरै दुःख गरेको स्मरण गर्नुभएको थियो ।
लमजुङमा खोलिएका सहकारी संस्थामा केही बदनाम कमाई बन्द भएता पनि निरन्तर सञ्चालनमा दर्जनौं सहकारी संस्थाहरू छन् । तिनमा महिलाहरूले मात्र सञ्चालन गरेका सहकारी संस्था विरलै भेटिन्छन् । तीमध्येका सहकारी संस्थामा पनि उक्त साकोस् उदाहरीय रहेको छ ।
सो संस्थामा स्थापनाकालदेखि हालसम्म क्रमशः शोभा थापा, सीता न्यौपाने अधिकारी, पार्वती तामाङ, सृजना बराल(दुई कार्यकाल) अध्यक्ष रहनु भएको छ ।
उक्त साकोसले वित्तीय क्षेत्रमा बचत संकलन र ऋण प्रवाहको कार्य मात्र नगरी महिलाहरूलाई आर्थिक एवम् समाजिक रुपले सशक्त बनाउन विभिन्न आय आर्जन एवम् सीपमूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति २०८२ मंसिर २८, आईतवार ०८:४१ गते
हजुरको प्रतिक्रिया