लघु जीवन विमाको महत्त्व, फाइदा, प्रकार बिषयक अन्तरक्रिया

लघु जीवन विमाको महत्त्व, फाइदा, प्रकार बिषयक अन्तरक्रिया

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस ५ गते शनिवार ०३:३०

विमा खर्च नभई लगानी हो भन्दै जीवन बिमा आफूले गरेको र अब सपरिवार गर्ने किसान रामचन्द्र नेउपानेले जानकारी दिनु भएको कार्यक्रममा जीवन बिमा शिक्षा फैलाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको अयोजक संस्थाका बीमा प्रमुख मेनुका श्रेष्ठले बताउनु भयो ।

विमाको पहुँच हाम्रो जस्तो ग्रामीण क्षेत्रमा पुर्याउन यस्तो कार्यक्रम गरिएको आयोजक संस्थाका चिफ एजेन्सी मेनेजर राजु मिश्रले बताउनु भयो ।

सुन्दरबजार(लमजुङ)– लमजुङको व्यावसायिक एबम शैक्षिक केन्द्र सुन्दरबजारको कृषि हाटबजारमा लघु जीवन विमा छलफल एवम् अन्तरक्रिया कार्यक्रम गरिएको छ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड सुन्दरबजारको आयोजनामा पुस ५ गते  उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
अन्तक्रिया कार्यक्रममा सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले जोखिम बहनका साथै स–साना बचतका लागि माइक्रो बिमामा जोड दिनु पर्ने बताउनु भयो । कार्यक्रममा चिफ एजेन्सी मेनेजर राजु मिश्रले विमाको पहुँच हाम्रो जस्तो ग्रामीण क्षेत्रमा पुर्याउन यस्तो कार्यक्रम गरिएको बताउनु भयो ।

सुन्दरबजार नगरपालिका– ३ का किसान सुर्यभक्त नेउपानेले बिमा आफूले गरी सकेको र अन्यलाई पनि गर्न उत्प्रेरित गर्नु भयो । त्यस्तै भानु नगरपालिका– ११ तनहँुका ६२ बर्षिय किसान भद्र अधिकारीले लघु जीवन बिमा हाम्रो लागि स्थापित भएको हो, त्यसैले कृषि उपज बिक्रिबाट बचेको केही रकम बिमा गर्नका लागि आफूले छुट्याउनु गरेको बताउनुभयो । विमा खर्च नभई लगानी हो भन्दै जीवन बिमा आफूले गरेको र अब सपरिवार गर्ने किसान रामचन्द्र नेउपानेले जानकारी दिनु भयो । जीवन बिमा शिक्षा फैलाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको प्रमुख मेनुका श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा लघु जीवन विमाको महत्त्व, फाइदा, प्रकार आदि बिषयमा अन्तक्र्रीया तथा छलफल गरिएको थियोे । कार्यक्रममा सुन्दरबजार नगरपालिका– ७ का वडा सचिब सिताराम प्रसाद शाह, सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ, एभरेष्ट साकोसका प्रबन्धक ज्ञानबहादुर नेपाली लगायतको सहभागिता थियो ।
७३ जना किसानको उपस्थिति रहेको सो कार्यक्रम लिबर्टी माइक्रो लाइफ इन्सोरेन्स सुन्दरबजार प्रमुख मेनुका श्रेष्ठले सन्चालन गर्नु भएको थियोे ।

प्रकाशित मिति २०८२ पुष ५, शनिबार १५:३० गते
हजुरको प्रतिक्रिया