ठाडोभाकाकाे पाेखरामा दाेस्राे नि:शुल्क प्रशिक्षण सुरु

ठाडोभाकाकाे पाेखरामा दाेस्राे नि:शुल्क प्रशिक्षण सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस ६ गते आईतबार ०६:०९

पाेखरा- लमजुङको पहिचान र गाैरवका रुपमा रहेको माैलिक ठाडोभाकाकाे दुई दिने प्रशिक्षण सुरु भएको छ । साे प्रशिक्षण पाेखरा महानगरपालिका- १५ काे लक्ष्मी टाेल स्थित लमजुङ समाजकाे सभा हलमा पुस ६ गते सुरु भएको हाे । लमजुङ समाजकाे व्यवस्थापन...

पाेखरा- लमजुङको पहिचान र गाैरवका रुपमा रहेको माैलिक ठाडोभाकाकाे दुई दिने प्रशिक्षण सुरु भएको छ । साे प्रशिक्षण पाेखरा महानगरपालिका- १५ काे लक्ष्मी टाेल स्थित लमजुङ समाजकाे सभा हलमा पुस ६ गते सुरु भएको हाे ।
लमजुङ समाजकाे व्यवस्थापन तथा ठाडोभाका लाेककला प्रतिष्ठान नेपाल, लमजुङको आयाेजनामा भएको साे प्रशिक्षणकाे साेही समाजका संस्थापक अध्यक्ष अ. क्याप्टेन वीरबहादुर गुरुङले उद्घाटन गर्नु भएको हाे ।
आफ्नो उद्घाटन मन्तव्यमा उहाँले आफ्नाे किशोरकालिन उमेरकाे स्मरण गर्दै तिनताका वनमा घाँस काट्न, दाउरा टिप्न जादा हाेस् या मेलापात, गाेठालाे हुन जादासमेत ठाडाेभाका गुञ्जने गर्दथ्याे भन्नु भयो । केही वर्ष अघिसम्म याे गीत बिर्सदै गरेको स्थितिमा पुगेको थियो । तर ठाडोभाका लाेककला प्रतिष्ठान खुलेर कनम गर्न थालेपछि ऐले याे गीत विदेशमा समेत सुन्न थालेको र माग बढ्दै गरेको छ, यस्तो हुनु जिल्लाकाे इज्जत बढ्नु हाे उहाँले भन्नु भयो । उहाँले आफू निवृत्त भएर आएपछि एक वर्ष लमजुङ बसेर पाेखरा आएर बस्न थालेको र आफ्नो गाउँठाउँको संस्कार संस्कृति बचाउनु पर्छ भनेर समाज स्थापना गरेको जानकारी दिनुभयो । उहाँले संस्था सञ्चालन गर्न कति कठिन छ भन्ने आफूले नजिकबाट अनुभव गरेको उल्लेख गर्नुभयाे । उहाँले ठाडोभाका भाेलिका दिनमा फैलिदै जाआेस् भन्ने कामना गर्नु भयो ।
कार्यक्रमका विशेष अतिथिहरु प्रशिक्षण व्यवस्थापनमा सहयोग गर्ने समाजका अध्यक्ष आशबहादुर गुरुङ, निवर्तमान अध्यक्ष एवम् सल्लाहकार सुवे बुद्धिबहादुर गुरुङ, समाजकाे आमा समूहका अध्यक्ष सुना गुरुङ, समाजसेवी चपत्रबहादुर दुरा, दुरा समाजका अध्यक्ष बाबुराम दुरालगायतले शुभकामना व्यक्त गर्नु भएको थियोे ।
आयोजक प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान लुरा धम्पुकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले गर्नु भएको थियोे । कार्यक्रमकाे उद्देश्यमा प्रकाश पार्दै उहाँले प्रतिष्ठानका गतिविधिमा प्रकाश पार्नु हुँदै प्रतिष्ठान यतिबेला सबैभन्दा धेरै पुरस्कार वितरण गर्ने संस्थाका रुपमा दर्ज भएको बताउनु भयाे ।
उक्त कार्यक्रमकाे सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष सीतादेवी दुराले गर्नु भएको थियोे । उक्त प्रशिक्षणमा ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु तथा उपाध्यक्ष सीतादेवी दुराले ठाडोभाकाकाे सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिनु भएको छ ।
साे प्रशिक्षणमा स्थापित दाेहाेरी गायिका सञ्जु थापा पाल्पाली तथा किशोरी पविता बास्तोलासहित २७ जनाले भाग लिई रहेका छन् ।

प्रकाशित मिति २०८२ पुष ६, आईतवार १८:०९ गते
हजुरको प्रतिक्रिया