मर्स्याङ्दी बचाउन प्रशासन र नगरपालिकामा मर्स्याङ्दी नदी बचाउन अभियानद्वारा दोस्रो पटक ज्ञापन पत्र बुझाइयो

मर्स्याङ्दी बचाउन प्रशासन र नगरपालिकामा मर्स्याङ्दी नदी बचाउन अभियानद्वारा दोस्रो पटक ज्ञापन पत्र बुझाइयो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस ११ गते शुक्रबार ०८:४६

ज्ञापन पत्रमा ‘बेसीशहर नगरपालिका– १० अन्तर्गत रातोमाटा, चौर, सिरुबारी, भाचोक, कुप्लिङ लगायतका बासिन्दाहरू, मर्स्याङ्दी बचाऔँ अभियानको तर्फबाट एक्यबद्ध भई यस ज्ञापन–पत्र मार्फत निम्न गम्भीर तथ्यहरू ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ उल्लेख छ ।

अभियानका संयोजक राम थापाले मर्स्याङदी बचाउ अभियान गत मंसिर ४ गतेदेखि गठन गरी सुरु भएको हो । उहाँले भन्नुभयो, ‘पहिलो पटक मंसिर ७ गते प्रशासन कार्यालय र नगरपालिकामा ज्ञापन पत्र बुझाइएको हो ।’

बेसीशहर– मर्स्याङ्दी नदी बचाउ अभियानद्वारा थालिएको संघर्षको पछिल्लो चरणको कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय र बेसीशहर नगरपालिकामा दोस्रो पटक ज्ञापन पत्र बुझाउने काम भएको छ । मर्स्याङ्दी नदीलाई सुरुङ भित्र बन्द गरेर यसको महिमा र बेसीशहर क्षेत्रको सम्पदा विनास गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको मर्स्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणको काम सदाका लागि बन्द गर्नका लागि सो ज्ञापन पत्र पुस ११ गते भएको हो ।
लमजुङको करिब मध्यभाग भएर बहने मर्स्याङ्दी नदी बचाउन जिल्ला सदरमुकाम बेसीशहर क्षेत्रका बासिन्दाले गठन गरेको मर्स्याङ्दी नदी बचाउन अभियान समितिले आज दोस्रो पटक जिल्ला प्रशासन कार्यालय र बेसीशहर नगरपालिकामा ज्ञापन पत्र बुझाउने काम गरेको हो । ज्ञापन पत्रमा वन ऐन २०७६, दफा ४२ को उल्लङ्घन, कानुनी प्रक्रिया अपूरो अवस्थामा अघि बढाइएको आयोजनाविरुद्ध तथा सार्वजनिक सरोकारको महत्त्व बोकेको मर्स्याङ्दी ज्ञापन पत्र बुझाउन जाने स्थानीयले ती कार्यालय परिसरमा सरकारका विरुद्ध नाराबाजी समेत गरेका थिए । अभियानका संयोजक राम थापाको नेतृत्वमा गएको सरोकारवालाहरूले बुझाएको ज्ञापन पत्रमा ‘बेसीशहर नगरपालिका– १० अन्तर्गत रातोमाटा, चौर, सिरुबारी, भाचोक, कुप्लिङ लगायतका बासिन्दाहरू, मर्स्याङ्दी बचाऔँ अभियानको तर्फबाट एक्यबद्ध भई यस ज्ञापन–पत्र मार्फत निम्न गम्भीर तथ्यहरू ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ उल्लेख छ ।
चार बुँदा रहेका ज्ञापन पत्रमा जसमा भनिएको छ,
१) आयोजना वन ऐन २०७६ को दफा ४२ को स्पष्ट उल्लङ्घन गर्दै अघि बढाइएको देखिन्छ। प्रयोग हुने वन क्षेत्र कम देखाइएको, रुख कटानीको संख्या न्यून देखाइएको र यसबाट भविष्यमा सुक्खाग्रस्त नदी क्षेत्र, पानीको अभाव, वन फँडानी तथा बाढी–पहिरोको अत्यधिक जोखिम निम्तिने स्पष्ट देखिन्छ।
२) आयोजनाले वन स्वीकृति पत्र, नक्सा, च्याप्ने, सर्भे अनुमति, कित्ताकाट, जग्गा प्राप्ति ऐन अन्तर्गत आयोजना नाममा जग्गा अधिग्रहण गरिएको प्रमाण, पूर्ण क्ष्भ्भ्, भ्क्ष्ब् रिपोर्ट लगायत कानुन बमोजिम आवश्यक कुनै पनि कागजात उपलब्ध गराउन सकेको छैन ।
३) मास्र्याङ्दी नदी केवल जलस्रोत मात्र नभई सार्वजनिक सरोकारको महत्त्व बोकेको हाम्रो जीवनरेखा हो । यसले दीर्घकालीन रूपमा वातावरण, वन–जंगल, जमिन तथा हाम्रो मौलिक अधिकारमाथि प्रत्यक्ष असर पार्नेछ ।
४) आयोजना पक्षले २०७६ सालमा सार्वजनिक सुनुवाइ गरिएको मौखिक दाबी गरे तापनि हामी प्रभावित बासिन्दाहरूलाई कुनै पनि सार्वजनिक सुनुवाइमा समावेश नगरिएको तथ्य स्पष्ट छ । अतः माथि उल्लिखित आधारहरूका कारण हामी यो आयोजना कुनै पनि हालतमा सञ्चालन हुन नदिन दृढ संकल्पित छौँ । हाम्रो अभियानलाई स्थानीय समुदायको व्यापक समर्थन प्राप्त छ ।
तसर्थ, सम्बन्धित सबै निकायलाई तत्काल आयोजना रोक्का गर्न, कानुनी प्रक्रिया पूर्ण पारदर्शी रूपमा अघि बढाउन तथा प्रभावित समुदायको सहभागितामा नयाँ सार्वजनिक सुनुवाइको व्यवस्था गर्न जोडदार माग गर्दछौँ भनिएको छ । उक्त ञमपा पत्रमा १९५ जना स्थानीय बासिन्दाले हस्ताक्षर गरेका छन् ।
आज करिब १५० जनाको सहभागितासहित नारा–जुलुस सहित अभियानका सचिव सुरेश श्रेष्ठ, कोषाध्यक्ष तथा कानुनी सल्लाहकार सरोजचन्द्र रेग्मीलगायतको उपस्थिति थियो ।
सो टोलीले जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअ थमनसिंह गौतमलाई बुझाएको हो भने बेसीशहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्याललाई ज्ञापन पत्र बुझाएको अभियानका संयोजक राम थापाले बताउनु भयो । उहाँका अनुसार मर्स्याङदी बचाउ अभियान गत मंसिर ४ गतेदेखि गठन गरी सुरु भएको हो । उहाँले भन्नुभयो, ‘पहिलो पटक मंसिर ७ गते प्रशासन कार्यालय र नगरपालिकामा ज्ञापन पत्र बुझाइएको हो ।’
मस्र्याङदी बेसी जलविद्युत आयोजनाको क्षमता ५० मेघावाट रहेको छ । मर्स्याङ्दी नदीबाट बेसीशहर नगरपालिका– ६ को बेलौती विसौनीमा मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको बाध बनाई बेसीशहर नगरपालिका– १० को सालफेदीमा विद्युत गृह निर्माण गर्ने गरी निर्माण कार्य थालिएको थियो । त्यो आयोजना निर्माण भएपछि बेसीशहर बजोर क्षेत्रमा मर्स्याङ्दी बग्ने छैन । जसले जलवायुमा समेत प्रत्यक्ष प्रभाव पार्ने छ । मध्यमर्स्याङदी जल विद्युत आयोजना बनेका कारण उदीपुरमा बाधिएको बाँधका कारण यतिबेला आएर बेसीशहरबासीले पुस– माघको ठण्डीमा हुस्सुको सामना गर्नु परिरहेको छ । जुन कुरा मध्यमर्स्याङदी जल विद्युत आयोजना बन्नु अघि यस क्षेत्रमा हुस्सु लाग्छ भनेर कल्पनासम्म पनि गरिदैनथ्यो ।
सो आयोजनाको निर्माण कार्य प्रवर््द्धक दिव्यज्योति कम्पनीले निर्माण कार्य सुरु गरिएकोमा अभियानले काम रोक्ने, आयोजनाको कार्याललयमा ताला लगाउने कार्य गरिएको छ भने विभिन्न सरोकारवालासँग सम्पर्क गरी अभियानको पक्षमा जनमत सिर्जना गर्न अभियान कर्ताहरू लागि परेका छन् ।
अभियानका संयोजक थापाले यो आयोजना बन्द गर्नु एक सुत्रीय माग भएको पुनः दोहोर्याएका छन ।

प्रकाशित मिति २०८२ पुष ११, शुक्रबार २०:४६ गते
हजुरको प्रतिक्रिया