उक्त मुद्दामा कुल विगो करिब छ करोड ८५ लाख दावी गरिएको अभियोगल पत्रमा उल्लेख छ । तर पक्राउ परेका सञ्चालक समितिका अध्यक्ष समेत रहेका व्यक्तिहरूले भने लाख धरौटीमा रिहा हुने अवसर पाएका छन् ।
यसअघि जिल्ला प्रहरी कार्यालयमा ५० हजार धरौटी राखेर उन्मुक्ति पाएको बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवप्रसाद जोशीले थप ५० हजार धारौटी राख्नु पर्ने भएको छ ।
बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ८ मा मुख्य कार्यालय रहेको सुनौलो भविष्य सहकारी संस्था लि.को ठगी मुद्दाका अभियुक्त रहेका वडाध्यक्ष समेतका सात जना एक एक लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालतमा दर्ता भएको सो मुद्दाको थुनछेक बहस पछि उनीहरू पुस १३ गते धरौटीमा रिहा भएका हुन् ।
सो मुद्दामा जम्मा २११ जनालाई मात्र प्रतिवादी बनाइएको भएता पनि आज रिहा हुनेको संख्या सात मात्र रहेको छ । उक्त मुद्दामा कुल विगो करिब छ करोड ८५ लाख दावी गरिएको अभियोगल पत्रमा उल्लेख छ । तर पक्राउ परेका सञ्चालक समितिका अध्यक्ष समेत रहेका व्यक्तिहरूले भने लाख धरौटीमा रिहा हुने अवसर पाएका छन् । सबैभन्दा बढी सो सहकारीमा प्रवन्धक रहेर पछि अध्यक्ष समेत भएका पदम रावललाई सात लाख धरौटी माग गरिएको छ । जब की उनलाई वर्तमान सञ्चालक समितिका अध्यक्ष ऋषि अधिकारीले झण्डै चार करोड तिर्नु पर्ने देखिएको हुँदा सो रकम सहकारीमा बुझाउनु होला भन्दै पत्र लेख्ने कामसमेत गरेको करिब दुई वर्ष वितिसकेको छ ।
त्यसपछि चार महिनामात्र अध्यक्ष भई बुझाएको बताउनु कावा अध्यक्षसँग दुई खाल धारौटी माग भएको छ । अर्का अध्यक्ष हरिप्रसाद पौडेलसँग एकलाख धारौटी माग्ने काम जिल्ला अदालतबाट भएको छ । मलाई करैबल सदस्य राखिदिएका हुन् र बैठक हुदा पनि घरमा माइनुट ल्याएर सही गराउथे भन्ने व्यक्तिलाई समेत एक लाख धरौटी माग गर्ने काम भएको छ ।
त्यस्तै, यसअघि जिल्ला प्रहरी कार्यालयमा ५० हजार धरौटी राखेर उन्मुक्ति पाएको बेसीशहर नगरपालिका– ११ का वडाध्यक्ष शिवप्रसाद जोशीले थप ५० हजार धारौटी राख्नु पर्ने भएको छ । यसप्रकार एक लाख धरौटीमा निस्कनेहरूमा लेखमान खवास श्रेष्ठ राना र ऋषिराज दवाडी छन् ।
सो मुद्दा जिल्ला अदालतमा न्यायाधीश नभएको मौकामा दर्ता गरिएको हो । कानुन अनुसार गत कार्तिक २१ गते नै बुझाउने पर्ने अन्तिम म्याद रहेकोमा सो मुद्दा जिल्ला सरकारी वकिल कृष्ण पाण्डेले रमाना पत्र तयार गरी सो पत्र बुझ्नु अघि मात्र दर्ता गराउनुलाई आश्चर्यका रुपमा हेरिएको छ ।
पाण्डेले रमाना लिने दिन पुस ९ गते उक्त सहकारीका विभिन्न समयमा सञ्चालक रहेका ५३ जनामध्ये ४७ जनाउपर संगठित अपराध मुद्दा समेत लगाइएको छ । अन्य प्रतिवादीहरू सो सहकारीका ऋणीहरू रहेको बताइएको छ । यसअघि प्रहरीले कानुनी अधिकार विपरित उनीहरूसहित १४ जनालाई अनुसन्धानको क्रममा धरौटी लिएर छाडेको थियो ।
सो मुद्दामा मुछिएका अन्य सबै फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरी भनाइ छ । फरार हुनेमा यसअघि धरौटीमा छुट्नेहरूमा सो सहकारीमा हाल र लामो समयसम्म लेखा संयोजक रहेका भक्ति नमूना माविको प्रावि तहका शिक्षक थकित यात्रीसमेत रहेको प्रहरी भनाइ छ ।
स्मरणीय छ, उक्त ठगी मुद्दामा प्रतिवादी बनाइएका १५८ जना ऋणीहरू हुन् । उनीहरूका विरुद्धमा लेनदेन मुद्दा चलाउनु पर्नेमा सो नगरी सहकारी ठगीको मुद्दा चलाउनुमा पनि राजनीतिक एवम् आर्थिक चलखेलले काम गरेको भन्ने अडकल रहेको छ ।
स्मरणीय छ, यस जिल्लामा शेयर सदस्यहरूलाई ठगेर केही सहकारी संस्था बन्द भएपछि मुद्दा खेप्नेमा दुई सहकारीका सञ्चालक मात्र छन् । जसमा सुनौलो भविष्य सहकारी संस्था दोस्रो हो । त्यसको कर्मचारीका विरुद्धमा पनि दुई सहकारीले मुद्दा चलाएका छन् । एउटाको मुद्दा सर्वोच्च पुगेको छ भने अर्को मुद्दा जिल्ला अदालतमै विचाराधिन छ ।
यसअघि बेसीशहरमै रहेको कालिका साकोसको सहकारी ठगी काण्डमा त्यसका सञ्चालकहरूका विरुद्धमा पीडितहरूले सहकारी ठगी मुद्दा दर्ता गरेका थिए । तर त्यो ‘खोदा पहाड निक्ला चुहा’का रुपमा झिसमिस गरियो । त्यसरी झिसमिस बनाउने कार्यमा भूमिका खेल्नेमा यस जिल्लाका निवर्तमान सरकारी वकिल पाण्डेले राम्रो नायकत्वको निभाएको भन्ने पीडितहरूको गुनासो छ ।
ती वकिल पाण्डेले सहकारीलाई ‘बैंक ग्यारेन्टी’ दिने अधिकार नभएको जान्दा जान्दै र त्यो पनि सोही मुद्दा लागेको कालिका सहकारीले आफ्नो लेटर हेडको चिर्कटोमा ‘हामीसँग पैसा छ’ अर्थात भनेको पत्रलाई नै बैंक ग्यारेन्टीको आधार मानेर सो मुद्दा मिलापत्र गराउने काम गरेर मोटो रकम कुम्ल्याएका थिए भन्ने स्रोतको दावी छ । अन्यथा कानुन विपरितको काम कोही गर्छ ? स्रोतको प्रति प्रश्न छ ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..