
बेसीशहर– लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा तमु ल्होछार २०८२ को पावन अवसरमा झाँकी र्याली, रमोरञ्जनात्मकसहित विविध कार्यक्रम गरी मनाइएको छ । तमु ल्होछारको मुख्य दिन पुस १५ गते त्यस्तो कार्यक्रम गरिएको हो ।
तमु ह्योंला छोंज धिं गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति र बेसीशहर इकाईद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रम
मा त्यस्तो कार्यक्रम गरिएको हो । औपचारिक कार्यक्रम हुनु अघि बेसीशहरका विभिन्न टोलमा रहेका तमू बाबा तथा आमा समूहका संयुक्त टोलीले आफ्नो जातीय विविधता झल्कने पोशाक सहित नाच गान, बाजा, प्लेकार्ड, आआफ्नो टोलको पहिचान झल्कने व्यानर लगायतको सहभागितामा र्याली निकालिएको हो । प्लेकार्डहरूमा ल्होसारको शुभकामना, गुरुङ हुनुमा मलाई गर्व छ जस्ता नारा अंकित थिए ।
बेसीशहरमा तमूहरूको पाँच टोल समूहहरू रहेका छन् । र्याली तथा कार्यक्रममा ती सबै टोलको सहभागिता थियो । सो र्याली मनाङे चौताराबाट सुरु भई पुरानो बैंक चोक, भीमसेन स्थान चोक, नारायणस्थान चोक, सेरा चोक, अर््थ्ली चोक, प्रशासन चोक हुँदै क्याम्पस रोडबाट तमु छोंज धिं गुरुङ राष्ट्रिय परिषदको कार्यालय पुगेर औपचारिक कार्यक्रममा परिणत भएको छ । उक्त स्थानमा मनोरञ्जनात्मक कार्यक्रम सहित स्योकैं अर्थात सामुहिक भोजको समेत कार्यक्रम रहेको आयोजकको भनाइ छ । प्रस्तुत छ, उक्त र्यालीको फोटो फिचर :

प्रकाशित मिति २०८२ पुष १५, मंगलवार १३:१७ गते