Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » पुसे पन्ध्रमा लमजुङको देवभूमि युवा क्लवद्वारा तेस्रो गोरु जुधाई प्रतियोगिता सञ्चालन, सुन्दरबजार नगरपालिका– ११ का राजु दुराको गोरु पहिलो बन्यो
चार पाँच दशक अघिसम्म पुस पन्ध्रको दिनलाई गाउँघरमा ऋण लेनदेनको विशेष दिन मानिन्थ्यो भने यस दिन घरघरमा लट्टे अर्थात चाम्रे खाने प्रचलन थियो । चाम्रे अनदीको चामललाई घिउ, खुदो, चिनी राखेर पकाइएको परिकारलाई भनिन्छ । पछिल्ला वर्षमा यी दुवै प्रचलन ओझेलमा पर्दैै गएका छन् । अहिलेका मानिस ग्यासटिक, सुगर आदिले ग्रस्त हुने हुँदा चाम्रे खाने प्रचलन घट्दै गएको पुरानापाका मानिसहरू बताउँछन् ।
यो गोरु जुधाई प्रतियोगिता परेवाडाँडाको संस्कृति भएकोले हरेक बर्ष यो प्रतियोगितालाई निरन्तरता दिइने कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका वडानं– २ का अध्यक्ष नवीनकुमार श्रेष्ठले बताउनु भयो ।
परेवाडाँडा(लमजुङ)– लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका– २ को आहाले चौरमा तेस्रो खुला गोरु जुधाई प्रतियोगिता सञ्चालन गरिएको छ । पुसे पन्ध्रका दिनको महत्व बढाउनका लागि सो प्रतियोगिताको स्थानीय सुन्दरबजार नगरपालिका– २ स्थित देवभूमि युवा क्लवले आयोजना गरेको हो ।
सुन्दरबजार नगरपालिका– २ का अध्यक्ष नविन कुमार श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै यो गोरु जुधाई प्रतियोगिता परेवाडाँडाको संस्कृति भएकोले हरेक बर्ष यो प्रतियोगितालाई निरन्तरता दिइने बताउनु भयो । गोरु जुधाउने विषयमा व्यक्तिहरूका फरक मत भए पनि यसलाई एउटा चाडमा रुपमा यो कार्यक्रमलाई लिन उहाँको आग्रह थियो ।
आयोजक क्लबले सोही वडाको आहाले चौरमा दुई वर्ष अघिदेखि सो क्लबले गोरु जुधाई प्रतियोगिता सञ्चालन गर्दै आएको छ । हरेक वर्ष यो प्रतियोगितामा दर्शक बढ्ने गरेका छन् । यस बर्ष पनि सो प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको आयोजकको भनाइ छ । सो प्रतियोगिताले यस वर्ष परेवाडाँडाको संस्कृति र गोरुपालक कृषकको उत्साहलाई जीवन्त बनाउन सफल भएको रुपमा लिएको गोरु जुधाउन आएका गोरु धनी किसानहरूले बताए । गोरु जुधाई हेर्न सुन्दरबजारसहित आसपासका पालिका र जिल्लाबाट आएका दर्शकको उल्लेख्य भिडले कार्यक्रम स्थल खचाखच भरिएको थियो ।
प्रतियोगितामा २१ जना कृषकले आफूले पालेका गोरुलाई भाग लिन लगाइएको थियो । अत्यन्तै रप्रतिस्पर्धात्मक र रोमाञ्चक प्रतियोगितामा सुन्दरबजार नगरपालिका– ११ का राजु दुराको गोरुले पहिलो स्थान हासिल गरेको छ । सुन्दरबजार नगरपालिका– २ का प्रकाश पन्तको गोरुले दोस्रो स्थान तथा मध्यनेपाल नगरपालिका– १ को जिताका श्याम केसीको गोरुले तेस्रो स्थान हासिल गरेको निर्णायक समितिका संयोजक रमेश राजभण्डारीले बताउनु भयो । सो प्रतियोगिताको निर्णायक समितिमा भानु– ११ का विष्णुप्रसाद सिलवाल र सुन्दरबजार नगरपालिका– ९ का श्रीराम थापा सदस्य हुनुहुन्थ्यो ।
विजेता गोरुका धनीहरूलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको क्लवका सल्लाहकार विष्णुबहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार प्रतियोगिता सम्पन्न गर्न विभिन्न व्यक्तिहरूले सहयोग प्रदान गरेका थिए । उहाँले भन्नुभयो, ‘पहिलो पुरस्कार सुन्दरबजार नगरपालिका– २ को वडा समितिले सहयोग गरेको थियो ।’ यसैगरी, दोस्रो पुरस्कार सुन्दरबजार नगरपालिका– ७ निवासी सन्तोष अधिकारी र तेस्रो पुरस्कार सुन्दरबजार नगरपालिका– २ निवासी अर्जुन तिवारीले प्रायोजन गरेको आयोजक देवभूमि युवा क्लवका अध्यक्ष महेश परियारले जानकारी दिनु भयो । उहाँकै अध्यक्षतामा सम्पन्न भएको सो प्रतियोगिताको उदघाटन सत्रमा क्लबका उपाध्यक्ष सन्तोष विकले स्वागत तथा कार्यक्रमको सञ्चालन सल्लाहकार विष्णुबहादुर खड्काले गर्नु भएको थियो ।
सो प्रतियोगितामा लमजुङको राइनास नगरपालिकाबाट र तनहुँको भानु नगरपालिकाबाट ४/४ वटा गोरु आएका थिए । भने मध्यनेपाल नगरपालिका र बेसीशहर नगरपालिकाबाट १/१ वटा गोरु प्रतियोगितामा ल्याइएका थिए । बाँकी ११ वटा गोरु सुन्दरबजार नगरपालिकाकै विभिन्न वडाका हुन् ।
गोरु जुध्नका लागि समय निर्धारण थिएन । जतिबेला जितहार हुन्छ । त्यसरी छोडिएको आयोजकको भनाइ छ ।
चार पाँच दशक अघिसम्म पुस पन्ध्रको दिनलाई गाउँघरमा ऋण लेनदेनको विशेष दिन मानिन्थ्यो भने यस दिन घरघरमा लट्टे अर्थात चाम्रे खाने प्रचलन थियो । चाम्रे अनदीको चामललाई घिउ, खुदो, चिनी राखेर पकाइएको परिकारलाई भनिन्छ । पछिल्ला वर्षमा यी दुवै प्रचलन ओझेलमा पर्दैै गएका छन् । अहिलेका मानिस ग्यासटिक, सुगर आदिले ग्रस्त हुने हुँदा चाम्रे खाने प्रचलन घट्दै गएको पुरानापाका मानिसहरू बताउँछन् ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..