
सुन्दरबजार(लमजुङ)– लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिकोत्सवको पावन अवसरमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि.ले कृषि हाटबजारमा जीवन विमा सचेतना एवम् किसानलाई तरिकारीको बीउ निःशुल्क बितरण कार्यक्रम गरिएको छ । सुन्दरबजारको आयोजनामा लमजुङको व्यावसायिक एवम् शैक्षिक केन्द्र सुन्दरबजारमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि.को आयोजनामा सो कार्यक्रम पुस १७ गते गरिएको हो ।
कार्यक्रममा सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले कार्यक्रममा सहभागी २७ जना किसानलाइ तरिकारीको बीउ वितरण गर्नु भएको थियोे । आफ्नो शुभकामना मन्तव्यमा वडाध्यक्ष रेग्मीले जोखिम बहनका साथै स–साना बचतका लागि बिमामा जोड दिदै लिबर्टी माइक्रो लाइफले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायीत्व अन्तरगत यसरी बीउ बिजन वितरण गरेकोले आफू र वडाकोतर्फबाट आभार प्रकट गर्नु भयो । कार्यक्रममा सहभागी किसानहरूलाई अकबरे खुर्सानी, मुला, लौका, काक्रो, घिरौला, फर्सी, बोडी, करेला, धनियाँ, रायो मार्फा, चम्सुर पालुङो लगायतका बीउ निःशुल्क वितरण गरिएको थियो । 
सो अवसरमा कार्यक्रममा सहभागी सुन्दरबजार नगरपालिका– ३ निवासी ध्रुब मिश्रले विमाको पहुँच हाम्रो जस्तो ग्रामीण क्षेत्रमा पुर्याउन यस्तो कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताउनु भयो । सुन्दरबजार नगरपालिका वडा नम्बर ४ का किसान अम्बिका बसेलले आफूले अहिलेसम्म बिमा नगरेको तर छिटोभन्दा छिटो गर्ने बताउनु भयो ।
किसान शिव पौडेलले जीवन बिमा हाम्रो लागि स्थापित भएकोले कृषि उपज बिक्रिबाट बचेको केही रकम बिमा गर्न छुट्याएको र सहभागीहरूलाई पनि त्यस्तो सल्लाह दिन चाहन्छु भन्नुभयो । किसान रामचन्द्र नेउपानेले विमा खर्च नभई लगानी हो भन्दै जीवन बिमा आफूले गरेको र अब सपरिवार गर्ने जानकारी दिनु भयो । जीवन बिमा शिक्षा फैलाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका सुन्दरबजार शाखा प्रमुख मेनुका श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा लघु जीवन विमाको महत्त्व, फाइदा, प्रकार आदि बिषयमा अन्तक्र्रीया तथा छलफल गरिएको थियोे । सो अवसरमा एभरेष्ट साकोसका अध्यक्ष रामबाबु श्रेष्ठ, सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, एभरेष्ट साकोसका सञ्चालक समितिका सदस्य अम्बिकाप्रसाद पण्डित, एभरेष्ट साकोसका प्रबन्धक ज्ञानबहादुर नेपाली लगायतको सहभागिता थियोे ।
कार्यक्रममा भाग लिन आउनु भएका ६२ बर्षीय किसान श्रीभद्र अधिकारीको अध्यक्षतामा भएको थियोे । सो कार्यक्रम लिबर्टी माइक्रो लाइफ इन्सोरेन्स सुन्दरबजार प्रमुख मेनुका श्रेष्ठले सञ्चालन गर्नु भएको थियोे ।
प्रकाशित मिति २०८२ पुष १७, बिहीबार १८:३० गते