३३ औं त्रिवेणीकप फुटबल प्रतियोगिता अन्तिम चरणतर्फ : साविक विजेता एपीएफ फाइनल प्रवेश

३३ औं त्रिवेणीकप फुटबल प्रतियोगिता अन्तिम चरणतर्फ : साविक विजेता एपीएफ फाइनल प्रवेश

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस २० गते आईतबार ०९:४१

सेमिफाइनलको दोस्रो खेल लाङदीदेवी युवा क्लव नाल्मा र चर्च ब्वाईज युनाईटेड विच आज दिउँसो १ बजे हुने आयोजकको भनाइ छ ।

उक्त प्रतियोगिताको फाइनल खेल भोलि पुस २१ गते हुने भएको छ ।

बसीशहर– लमजुङको जिल्ला सदरमुकाममा जारी ३३ औं त्रिवेणीकप फुटबल प्रतियोगिता अन्तिम चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको भोलि पुस २१ गते फाइनल खेल हुने भएको छ ।
त्रिवेणी युवा क्लबले आयोजना गरेको सो प्रतियोगिताको आज हुने दोस्रो सेमिफाइनल खेल हुने तयारी छ । आज लाङ्दीदेवी र काठमाडौंको चर्च व्वाइजका बीचमा सो खेल हुने भएको हो । आज जित्ने टिमले भोलि साविकको विजेता टिम एपिएफ फुटबल क्लव फाइनलमा भिड्ने छन् ।
हिजो भएको पहिलो सेमिफाइनलमा एपिएफले लमजुङ मस्र्याङदीलाई ट्राइब्रेकरमा ४– ३ गोल अन्तरले पराजित गरेको हो । यसप्रकार साविक विजेता एपिएफ फुटबल क्लवले लमजुङ मस्र्याङदी युवा क्लव बेसीशहरलाई ट्राइब्रेकरमा पराजित गर्दै ३३ औँ त्रिवेणी कपको फाइनलमा प्रवेश गरेको हो ।
सो प्रतियोगिता बेसीशहर– ७ सहजीस्थित त्रिवेणी रगंशालामा सञ्चालन भइरहेको छ । सो राष्ट्रव्यापी फुटबल प्रतियोगिता अन्तर्गत भएको निर्धारित खेल समयमा १– १ गोलको बरावरी भएपछि २० मिनेट समय थप गरिएको थियो । थप समयमा कुनै पनि पक्षबाट गोल हुन नसकेपछि ट्राइब्रेकरमा एपीएफले जित निकालेको हो ।
खेलको ४१ औं मिनेटमा गोल गरी मस्र्याङदीका ओलावले अफिजले सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको इन्जुरी समयमा एपीएफका मानवहादुर रानाले गोल गरेसँगै बरावरी भएको थियो । त्यसअघि १० जना खेलाडीमा मात्र सीमित रहेको एपीएफले मस्र्याङ्दीसीत १–१ गोलको बराबरी भएको थियो ।
ट्राइब्रेकरमा एपीएफका अनिश घर्ती, सन्तोष खत्री, युवराज खड्का र विश्वार उदासले गोल गरेका थिए भने दिपेश धिमाल र महेश लामाले गोल गर्न सकेनन् । मस्र्याङदीका अरोन थापा, विलियम एलेन र निग्मा मगरले गोल गरे भने पोषण थापा, अभिषेक महतो र अविनाश स्याङतानले गोल गर्न नसकेको आयोजकको भनाइ छ ।
उक्त प्रतियोगिताको एपीएफ क्लबका गोल कीपर एञ्जल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहोराले पुरस्कार स्वरुप एन्जल श्रेष्ठलाई नगद १० हजार रुपैयाँ र ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।
सेमिफाइनलको दोस्रो खेल लाङदीदेवी युवा क्लव नाल्मा र चर्च ब्वाईज युनाईटेड विच आज दिउँसो १ बजे हुने आयोजकको भनाइ छ ।
सेमीफाइनालको दोस्रो खेल आज दिउँसो १ः०० बजे लाङ्दीदेवी युवा क्लव नाल्मा र एपी पावर चर्ज बोइज काठमान्डौविच हुने आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष टेकजंग गुरुङले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ६ लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताउनुभयो । गत वर्षसम्म सेमिफाइनलमा पराजित दुई टोलीलाई प्रदान गरिँदै आएको २–२ लाख रुपैयाँको पुरस्कार भने यस वर्षदेखि हटाइएको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिताको फाइनल खेल भोलि पुस २१ गते हुने भएको छ ।

प्रकाशित मिति २०८२ पुष २०, आईतवार ०९:४१ गते
हजुरको प्रतिक्रिया