लिबर्टी माइक्रो लाइफ लि.को सुन्दरबजार उप–शाखा उद्घाटन

लिबर्टी माइक्रो लाइफ लि.को सुन्दरबजार उप–शाखा उद्घाटन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ पुस २८ गते सोमबार ०५:२७

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुन्दरबजार नगरपालिका– ७ का वडाध्यक्ष जयराम रेग्मीले लिबर्टी माइक्रो सर्वसाधरण जनताको पहुँचमा भएको बिमा कम्पनी भएकोले आफूले पनि यसमा बिमा गरिसकेको र आफ्नो वडाले गत बर्ष नै वडाका सुकुम्बासी गरिब निमुखा ९७ जनालाई बिमा दायरामा संलग्न गरेर बिमा गराएको जानकारी दिनुभयो ।

कम्पनीका चिफ मार्केटिङ अफिसर अशोककुमार कुँवरले लघु बीमाको महत्व र लमजुङको आर्थिक केन्द्र सुन्दरबजारमा लिबर्टी माइक्रो लाइफको उपशाखा स्थापना गर्नुको औचित्यमा प्रकाश पार्नु भएको थियोे ।

सुन्दरबजार– लमजुङको व्यावसायिक एवम् शैक्षिक केन्द्र सुन्दरबजारमा लिबर्टी माइको लाइफ इन्स्योरेन्स लिमिटेडको उप–शाखा विस्तार गरिएको छ । नवस्थापित उप– शाखा कार्यालयको सुन्दरबजार नगरपालिका– ७ का वडाध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि जयराम रेग्मी र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि.का प्रमुख कार्यकारी अधिकृत एवम् कार्यक्रमका सभापति रामकुमार यादवले संयुक्त रुपमा रिबन काटेर पुस २८ गते उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रेग्मीले लिबर्टी माइक्रो सर्वसाधरण जनताको पहुँचमा भएको बिमा कम्पनी भएकोले आफूले पनि यसमा बिमा गरिसकेको र आफ्नो वडाले गत बर्ष नै वडाका सुकुम्बासी गरिब निमुखा ९७ जनालाई बिमा दायरामा संलग्न गरेर बिमा गराएको जानकारी दिनुभयो । कार्यक्रमका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवले लघु जीवन बीमा हाम्रो जस्तो मुलुकलाई अपरिहार्य भएको बताउँदै ग्रामीण क्षेत्रमा यसको सचेतना एवम् शिक्षा बढाउँदै गएको बताउनु भयो ।
कम्पनीका चिफ मार्केटिङ अफिसर अशोककुमार कुँवरले लघु बीमाको महत्व र लमजुङको आर्थिक केन्द्र सुन्दरबजारमा लिबर्टी माइक्रो लाइफको उपशाखा स्थापना गर्नुको औचित्यमा प्रकाश पार्नु भएको थियोे । कार्यक्रममा लमजुङ कृषि क्याम्पसका क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठ, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड गण्डकी लुम्बिनी प्रदेश प्रमुख शिव पौडेललगायतले शुभकामना दिनु भएको थियोे ।
सुन्दरबजारमा लिबर्टीको उप–शाखा विस्तारले यस क्षेत्र अर्थतन्त्रमा टेवा पुग्ने सहभागी सामाजिक व्यक्तित्व एवम् सुन्दरबजार अस्पताल व्यवस्थापन समितिका सदस्य बालाकुमारी गुरुङले बताउनु भयो ।
सो कार्यक्रममा कम्पनीका क्लेम हेड गोबिन्द रेग्मी, सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, एभरेष्ट साकोसका प्रबन्धक ज्ञानबहादुर नेपाली, सामाजिक व्यक्तित्व इस्लाम मिया, सुमित्रा श्रेष्ठ, चेतनशील साकोसका प्रबन्धक रुशी थापा, लिबर्टी बेसीशहरका प्रमुख निश्चल रेग्मी, चिफ एजेन्सी मेनेजर राजु मिश्र लगायतको उपस्थिति रहेको लिबर्टी सुन्दरबजारका प्रमुख मेनुका श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार मुलुकभर लिबर्टी माइक्रो लाइफका शाखा, उपशाखा २३ सञ्चालनमा रहेका छन् ।
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड पोखराका शाखा प्रबन्धक अर्जुन सिग्देलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सञ्चालन लिबर्टी सुन्दरबजारका प्रमुख मेनुका श्रेष्ठले गर्नु भएको थियोे ।

प्रकाशित मिति २०८२ पुष २८, सोमबार १७:२७ गते
हजुरको प्रतिक्रिया